भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाका लागि नेपाली मुलका अष्ट्रेलियन अर्वपति शेष घले दम्पतीले ५८ करोड बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेका छन । बाढीको पानी घट्दैमा असर समाप्त हुँदैन केही बालबालिकाको जीवनमा यस्तो परिवर्तन आएको छ, जुन कुनै पनि बालबालिकाले भोग्न नपरोस् भन्ने हेतुले दीघकालिन रुपमा सहयोग पुग्ने गरी घोषणा गरिएको घलेले बताए ।

बाढी प्रभावित बालबालिकाका लागि उनीहरूले आफ्नो शिक्षा निरन्तरता दिन सकून्, आधारभूत आवश्यकता पूरा गर्न सकून् र आशाका साथ भविष्यतर्फ अघि बढ्न सकून् भन्ने उदेश्यले सो रकमबाट १८ बर्ष मुनिका बालबालिकाको १२ कक्षा सम्मको पढाई खाना, आवास तथा स्वस्थ्य उपचारसमेतको गरिने उल्लेख छ । घलेको एमआईटि फाउण्डेसन र राष्ट्रिय बाल अधिकार परिषद्सँग गरिएको समझदारीपत्रमार्फत सस्थाले बाढीबाट प्रभावित १८ वर्षमुनिका योग्य बालबालिकालाई कक्षा १२ सम्म सहयोग गर्ने दीर्घकालीन परियोजनाका लागि अधिकतम ५७ करोड ८५ लाख रुपैयाँ बजेट प्रतिबद्धता व्यत्तः गरेको छ । जसमा बाढी प्रभावित प्रत्येक बालबालिकाको अवस्था र आवश्यकताअनुसार यस सहयोगबाट शिक्षा, खाना, आवास, लत्ताकपडा, स्वास्थ्योपचार तथा अन्य अत्यावश्यक आवश्यकताहरू पूरा गर्न सहयोग गरिने उल्लेख छ ।

सहयोग संझौतापछि घलेले हाम्रा लागि यो केवल आर्थिक सहयोगको विषय होइन, यी बालबालिका हुर्किंदै जाँदा उनीहरूलाई निरन्तर साथ दिने दीर्घकालीन प्रतिबद्धताको विषय हो, उनीहरूले भोगेको कठिनाइले उनीहरूको जीवनमा प्राप्त हुने अवसरहरू निर्धारण नगरोस् भन्ने सुनिश्चित गर्नु हाम्रो उद्देश्य हो भनेका छन । यसबाट आफ्नो परिवार गुमाएका बालबालिकाको लागि निकै ठुलो राहात हुने देखिन्छ ।





