• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकी राजदुतमा सिफारिस चिरनजंग थापा को हुन ?

  •  खबरमाला संवाददाता
  • २०८३ आश्विन ३, शनिबार ०४:०३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सरकारले संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूतमा चिरनजंग थापाको नाम सिफारिस गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले १३ देशका लागि राजदूत सिफारिस गर्ने क्रममा अमेरिकाका लागि थापाको नाम अघि सारेको हो।

    सुरक्षा नीति, संकट व्यवस्थापन तथा अन्तर्राष्ट्रिय कूटनीतिमा दुई दशकभन्दा बढी अनुभव भएका थापा सुरक्षा मामिलाका जानकारका रूपमा परिचित छन्। उनको व्यावसायिक अनुभव सरकारी निकाय, नेपाली सुरक्षा संयन्त्र, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था तथा कूटनीतिक क्षेत्रमा परिचित छ । कोलम्बिया विश्वविद्यालयदेखि हार्वर्डसम्म थापाले अमेरिकाको प्रतिष्ठित कोलम्बिया विश्वविद्यालयअन्तर्गत स्कुल अफ इन्टरनेसनल एन्ड पब्लिक अफेयर्सबाट पूर्ण छात्रवृत्तिमा अन्तर्राष्ट्रिय मामिलामा स्नातकोत्तर गरेका छन्।

    त्यसअघि उनले क्ग्ल्थ् न्भलभकभय बाट अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातक गरेका थिए। उनले अमेरिकाको हार्वर्ड केनेडी स्कुलको ‘लिडरशिप इन होमल्याण्ड सेक्युरिटी’ कार्यक्रम पनि पूरा गरेका छन्। उक्त कार्यक्रम पूरा गर्ने उनी पहिलो गैरसैनिक नेपाली भएको विवरणमा उल्लेख छ। एसियाका १५ देशमा सुरक्षा तथा संकट व्यवस्थापन थापा सन् २०१७ देखि अन्तर्राष्ट्रिय गैरसरकारी संस्था अक्सफाममा एसियाका लागि क्षेत्रीय सुरक्षा सल्लाहकारका रूपमा कार्यरत छन्। उक्त भूमिकामा उनले एसियाका १५ देशमा जोखिम तथा संकट व्यवस्थापनसम्बन्धी कामको नेतृत्व गरेको विवरणमा उल्लेख छ।

    यसअघि उनले २०१३ देखि २०१६ सम्म सेफरवर्ल्डमा एसियाका लागि क्षेत्रीय सुरक्षा तथा न्याय सल्लाहकारका रूपमा काम गरेका थिए। त्यस्तै, सन् २०१० देखि २०१३ सम्म द एसिया फाउन्डेसनमा सुरक्षा क्षेत्र तथा नागरिक–सैन्य सम्बन्ध सल्लाहकारका रूपमा कार्यरत थिए। उनको कूटनीतिक अनुभव भने करियरको सुरुवाती चरणदेखि नै जोडिएको छ। उनले न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपाल र सिंगापुरका स्थायी नियोगमा रहेर समेत काम गरेको विवरणमा उल्लेख छ।

    नेपाली सुरक्षा निकायसँग पनि सहकार्य थापाले नेपालका रक्षा मन्त्रालय, राष्ट्रिय सुरक्षा परिषद्, नेपाली सेना र नेपाल प्रहरीलाई रणनीतिक परामर्श दिँदै आएका छन्। विशेषगरी नेपाली सेनाका लागि पहिलो ‘नागरिक–सैन्य सम्बन्ध’ पाठ्यक्रम तयार पार्न उनले भूमिका खेलेको बताइएको छ। सुरक्षा क्षेत्रसम्बन्धी उनको योगदानका लागि उनले दुई पटक प्रधानसेनापति प्रशंसापत्र प्राप्त गरिसकेका छन्। दुई पटक उक्त सम्मान पाउने उनी पहिलो व्यक्ति भएको विवरणमा उल्लेख छ। सन् २०२३ मा भारतीय सेनाले आयोजना गरेको पहिलो ‘चाणक्य डिफेन्स डाइलग’मा नेपालका तर्फबाट मुख्य वक्ताका रूपमा समेत थापा सहभागी भएका थिए।

    सरकारले अमेरिकाका लागि राजदूतमा नाम सिफारिस गरेसँगै थापाको सुरक्षा नीति, संकट व्यवस्थापन, नागरिक–सैन्य सम्बन्ध र अन्तर्राष्ट्रिय मामिलासम्बन्धी अनुभव कूटनीतिक भूमिकासँग जोडिने भएको छ। तर मन्त्रिपरिषद्को सिफारिसपछि संसदीय सुनुवाइ र सम्बन्धित मुलुकबाट एग्रिमो प्राप्त गर्ने प्रक्रिया पूरा हुन बाँकी छ। यी प्रक्रिया पूरा भएपछि राष्ट्रपतिले राजदूत नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

    Post Views: 59
    प्रकाशित मिति: २०८३ आश्विन ३, शनिबार ०४:०३
    Advertisement
    संबन्धित शिर्षकहरु
    अमेरिकामा २०२८ को राष्ट्रपति निार्वचनको चर्चा शुरु
    २ खर्ब १५ अर्ब ५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिए, २१.२ प्रतिशतले वृद्धि !
    प्रधानमन्त्रीको सल्लाहकार बताउँदै इजरायल पठाइदिने भन्दै १५६ जनाबाट अढाइ करोड ठगी !
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकामा २०२८ को राष्ट्रपति निार्वचनको चर्चा शुरु

    • २. २ खर्ब १५ अर्ब ५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिए, २१.२ प्रतिशतले वृद्धि !

    • ३. प्रधानमन्त्रीको सल्लाहकार बताउँदै इजरायल पठाइदिने भन्दै १५६ जनाबाट अढाइ करोड ठगी !

    • ४. अमेरिकी राजदुतमा सिफारिस चिरनजंग थापा को हुन ?

    • ५. भोटेकोशी बाढीपीडित बालबालिकाका लागि शेष घलेद्धारा ५७ करोड सहयोग घोषणा

    चर्चित
    • १. पद्मश्री साहित्य, साधना र गौरव पुरस्कार मुकारुङ, धारावासी र आचार्यलाई

    • २. मन्त्रिपरिषदद्धारा १३ रिक्त राजदुतमा सिफारिस, को को भए राजदुत ?

    • ३. छिमेकमा ब्रिक्स सम्मेलन, नेपाल बेखबर ! भारतले नेपाललाई किन बोलाएन कूटनीतिक प्रश्न ?

    • ४. अमेरिकी राजदुतमा सिफारिस चिरनजंग थापा को हुन ?

    • ५. अस्ट्रेलियाको अध्यागमन नीतिमा ठूलो फेरबदल: विधार्थीले डिपेन्डेन्टमा आफन्त लैजान नपाउने !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.