• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

संविधान दिवसमा अमेरिकी विदेशमन्त्री रुबियोको शुभकामना

  •  खबरमाला संवाददाता
  • २०८३ आश्विन ३, शनिबार ०९:५२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिकी विदेशमन्त्री मार्को रुबियोले नेपालको संविधान दिवसका अवसरमा अमेरिकी सरकार र जनताका तर्फबाट नेपाली जनतालाई शुभकामना व्यक्त गर्नुभएको छ।अमेरिकी विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा विदेशमन्त्री रुबियोले नेपालमा हालै आएको विनाशकारी आकस्मिक बाढीबाट ज्यान गुमाएकाहरूप्रति दुःख व्यक्त गर्दै घाइते तथा प्रभावित परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ।

    बाढीमा प्रभावित अमेरिकी नागरिकको अवस्थाप्रति पनि रुबियोले चिन्ता व्यक्त गर्नुभएको छ। विपद्को करिब तीन सातापछि पनि नेपाल–चीन सीमा क्षेत्रमा करिब ७० जना अमेरिकी नागरिक सम्पर्कविहीन रहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार १८ जना अमेरिकी नागरिक भने सुरक्षित स्थानमा पुगिसकेका छन्।

    नेपालमा जारी उद्धार तथा राहत कार्यमा अमेरिकाले पूर्ण सहयोग र समर्थन जारी राख्ने प्रतिबद्धता पनि वक्तव्यमा व्यक्त गरिएको छ।

    नेपाल र अमेरिकाबीच करिब ८० वर्षदेखि कायम रहेको द्विपक्षीय सम्बन्धलाई स्मरण गर्दै विदेशमन्त्री रुबियोले आगामी दिनमा व्यापार, नवप्रवर्तन र लगानीका क्षेत्रमा सहकार्य विस्तार गर्न अमेरिका इच्छुक रहेको बताउनुभएको छ। दुवै देशका जनताको हितका लागि नेपाल–अमेरिका साझेदारीलाई अझ सुदृढ बनाउन अमेरिका प्रतिबद्ध रहेको पनि वक्तव्यमा उल्लेख गरिएको छ।

    Post Views: 9
    प्रकाशित मिति: २०८३ आश्विन ३, शनिबार ०९:५२
    Advertisement
    संबन्धित शिर्षकहरु
    आप्रवासीलाई तेस्रो देशमा निर्वासन गर्ने ट्रम्प प्रशासनको योजना अदालतद्धारा रोक्न आदेश
    अमेरिकामा २०२८ को राष्ट्रपति निार्वचनको चर्चा शुरु
    २ खर्ब १५ अर्ब ५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिए, २१.२ प्रतिशतले वृद्धि !
    Advertisement
    ताजा अपडेट
    • १. आप्रवासीलाई तेस्रो देशमा निर्वासन गर्ने ट्रम्प प्रशासनको योजना अदालतद्धारा रोक्न आदेश

    • २. संविधान दिवसमा अमेरिकी विदेशमन्त्री रुबियोको शुभकामना

    • ३. अमेरिकामा २०२८ को राष्ट्रपति निार्वचनको चर्चा शुरु

    • ४. २ खर्ब १५ अर्ब ५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिए, २१.२ प्रतिशतले वृद्धि !

    • ५. प्रधानमन्त्रीको सल्लाहकार बताउँदै इजरायल पठाइदिने भन्दै १५६ जनाबाट अढाइ करोड ठगी !

    चर्चित
    • १. पद्मश्री साहित्य, साधना र गौरव पुरस्कार मुकारुङ, धारावासी र आचार्यलाई

    • २. मन्त्रिपरिषदद्धारा १३ रिक्त राजदुतमा सिफारिस, को को भए राजदुत ?

    • ३. छिमेकमा ब्रिक्स सम्मेलन, नेपाल बेखबर ! भारतले नेपाललाई किन बोलाएन कूटनीतिक प्रश्न ?

    • ४. अमेरिकी राजदुतमा सिफारिस चिरनजंग थापा को हुन ?

    • ५. भोटेकोशी बाढीपीडित बालबालिकाका लागि शेष घलेद्धारा ५७ करोड सहयोग घोषणा

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.