• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकी उपविदेशमन्त्री एलिसन हुकर र परराष्टमन्त्रि खनालबीच न्यूयोर्कमा भेटवार्ता

"भोटकोशी बाढी पुर्नस्थापनाका लागि अमेरिकाद्धारा थप ३ करोड १० लाख डलर सहयोग घोषणा "
  •  खबरमाला संवाददाता
  • २०८३ आश्विन ७, बुधबार ०७:१५ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    अमेरिकी विदेश मन्त्रालयकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरले न्यूयोर्कमा नेपालका परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गर्नुभएको छ।

    भेटका क्रममा उपविदेशमन्त्री हुकरले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित सबैप्रति संयुक्त राज्य अमेरिकाको हार्दिक सहानुभूति व्यक्त गर्दै उहाँले बाढीपछि अझै सम्पर्कविहीन रहेका करिब ७० जना अमेरिकी नागरिकका परिवारप्रति समेत समवेदना व्यक्त गर्नुभयो।

    भेटवार्ताका क्रममा उपविदेशमन्त्री हुकरले नेपालमा स्थायी तथा आवश्यकताअनुसार निर्माण गरिने पुलहरूका लागि १ करोड अमेरिकी डलर सहयोग गर्ने योजना घोषणा गर्नुभयो। यी पुलहरू एक अमेरिकी कम्पनीबाट खरिद गरिनेछन्।

    यी पुलहरूले बाढी प्रभावित क्षेत्रमा क्षतिग्रस्त महत्वपूर्ण यातायात पूर्वाधार पुनःस्थापना गर्नुका साथै क्षेत्रीय सम्पर्क र आवागमनलाई थप मजबुत बनाउने अपेक्षा गरिएको अमेरिकी दुतावासद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    उपविदेशमन्त्री हुकरले प्रभावित समुदायका लागि खानेपानी, सरसफाइ तथा स्वच्छता, साथै आश्रय, संरक्षण, जीविकोपार्जन र जाडोयामका लागि आवश्यक सहयोग उपलब्ध गराउन थप ८० लाख अमेरिकी डलर सहायता प्रदान गर्ने योजना पनि घोषणा गर्नुभयो।

    त्यस्तै, अमेरिकी विदेश मन्त्रालयले विपद् प्रतिकार्यमा सहयोग पुर्‍याउने उद्देश्यले अमेरिकामा निर्मित ड्रोन खरिदका लागि १ करोड ३० लाख अमेरिकी डलर उपलब्ध गराउने योजना बनाएको छ।

    यस घोषणासँगै नेपालमा बाढीको प्रतिकार्य तथा पुनःस्थापनाका लागि संयुक्त राज्य अमेरिकाले प्रदान गर्ने कुल सहायता ३ करोड ६० लाख अमेरिकी डलरभन्दा बढी पुगेको छ।

    संयुक्त राज्य अमेरिकाले नेपाल सरकारसँग नजिकबाट सहकार्य गर्दै सबैभन्दा बढी आवश्यकता रहेका क्षेत्रमा थप सहायता पहिचान तथा उपलब्ध गराउने कार्यलाई निरन्तरता दिने जनाएको छ।

    Post Views: 34
    प्रकाशित मिति: २०८३ आश्विन ७, बुधबार ०७:१५
    Advertisement
    संबन्धित शिर्षकहरु
    चितवनको रोयल टुलिपले पायो पाँचतारे डिलक्स मान्यता
    अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा इरानलाई आणविक र आतंकवादको समर्थन नत्यागे ‘समाप्त’ गरिदिने चेतावनी
    अर्थमन्त्रि वाग्लेले प्रधानमन्त्रि शाहलाई पढ्न दिएको पुस्तक ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’को सांकेतिक अर्थ र पुस्तकको सारंश
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकी उपविदेशमन्त्री एलिसन हुकर र परराष्टमन्त्रि खनालबीच न्यूयोर्कमा भेटवार्ता

    • २. चितवनको रोयल टुलिपले पायो पाँचतारे डिलक्स मान्यता

    • ३. अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा इरानलाई आणविक र आतंकवादको समर्थन नत्यागे ‘समाप्त’ गरिदिने चेतावनी

    • ४. अर्थमन्त्रि वाग्लेले प्रधानमन्त्रि शाहलाई पढ्न दिएको पुस्तक ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’को सांकेतिक अर्थ र पुस्तकको सारंश

    • ५. प्रधानमन्त्री शाह आज मंगलबार न्युयोर्क जाँदै

    चर्चित
    • १. पद्मश्री साहित्य, साधना र गौरव पुरस्कार मुकारुङ, धारावासी र आचार्यलाई

    • २. मन्त्रिपरिषदद्धारा १३ रिक्त राजदुतमा सिफारिस, को को भए राजदुत ?

    • ३. अमेरिकी राजदुतमा सिफारिस चिरनजंग थापा को हुन ?

    • ४. अमेरिकी भिषाका लागि विदेशी पत्रकारले आफ्नो सामाजिक सन्जाल खुल्ला राख्नुपर्ने

    • ५. भोटेकोशी बाढीपीडित बालबालिकाका लागि शेष घलेद्धारा ५७ करोड सहयोग घोषणा

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.