• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

इजरेललाई प्रत्याक्रमण नगर्न अमेरिकी राष्ट्रपतिको सन्देश , ईजरेलमा नेपालीको अवस्था सामान्य

  •  
  • २०८१ बैशाख ३, सोमबार ०५:३० प्रकाशित
    • अ-
    • अ
    • अ+

    इरानद्धारा इजरेलमा आक्रमणपछि नेपालीहरुमा त्रास देखिएको छ । हमासबाट आक्रमण भएपछि केहि नेपालीहरु नेपाल फर्केका थिए तर फेरी त्यहि त्रास उब्जिएको छ । नेपाली दुतावासले नेपाली नागरिकका सूचना जारी गर्दै सतर्कता अपनाउन आग्रह गर्दै आलसम्म सबै सुरक्षित रहेको जनाएको छ ।
    आक्रमणपछि सरकारले आगामी सोमवार राति ११ बजेसम्म लागु हुने गरी शैक्षिक क्रियाकलाप बन्द गर्ने र ठूलो स्तरको सभा÷भेला नगर्न भनी निर्देशन जारी भएको हुँदा आवश्यक सुरक्षाका लागि नेपाली लाई स्थानीय सुरक्षा प्रोटोकलहरूको पालना गर्न, आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचना बारेमा जानकार रहन र आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन, अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन तथा सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थलको आसपासमै रहन समेत हार्दिक अनुरोध गर्दछौँ भनिएको छ ।
    रोजगारीका लागि वर्षौँदेखि इजरेलमा बस्दै आएका केही नेपालीहरूले शनिवार इरानी ड्रोन तथा क्षेप्यास्त्र प्रहार हुँदाको अवस्थाबारे बीबीसी नेपाली वासंग कुरा गर्दै दोश्रो विश्वयुद्ध हुन लागेको होकी भनेर डराएको बताएका छन । उनिहरुका अनुसार रातभरी आकासमा आवाजहरु आईरहेको र साईरन बजेको बताइएको छ ।
    इरानले प्रहार गरेका लगभग सबै ड्रोन र क्षेप्यास्त्र नष्ट गरिएको इजरेलको दाबी छ । नेपालीहरु साईरन बज्नेवित्तिकै बंकरमा गएर बसेको बताएका छन । कतिपय नेपालीहरु नेपाल फर्किन चाहेको तर धेरै पैसा सापटी मागेर आएकोले फर्किन पनि नसकिने बताएका छन । यदि युद्ध लम्बियो भने नेपालीहरु केहि फर्किने तयारीमा पनि पुगेका छन ।
    इजरेलमा प्रायः सबै घर र भवनहरूमा बङ्कर हुने गर्छ । अब सीमाक्षेत्रमा छ भने र गाजाबाट हमला भएको छ भने साइरन बजेको ३० सेकेन्डभित्र बङ्करमा गइसक्नुपर्छ । गाजाबाट आक्रमण भएमा पनि तेल अभिभमा साइरन बजेको तीन मिनेटभित्र बङ्करमा गइसक्नुपर्छ । फेरि इजरेलको ’आइरन डोम’ भन्ने आफ्नै हवाई रक्षा प्रणाली पनि छ, त्यसले गर्दा ठूलो खतरा छैन । शनिवारको आक्रमणलाई पनि इजरेलले ९९ प्रतिशत विफल पारिदिएको बताइएको छ । ईजरेलमा कति नेपाली छन भन्ने यकिन तथ्यांक नभए पनि २५ हजार भन्दा बढी रहेको अनुमान गरिएको छ ।

    यता अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलले इरानमाथि प्रत्याक्रमण गरे अमेरिकाले साथ नदिने प्रष्ट पारेका छन् । शनिबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई फोन गरेर अमेरिकाले इरान विरुद्ध कुनै पनि इजरायली जवाफी हमलालाई समर्थन नगर्ने बाइडेनले बताएका हुन् ।

    बाइडेन र उनका वरिष्ठ सल्लाहकारहरू इजरायलमा इरानको आक्रमणपछि इजरायली प्रतिक्रियाले विनाशकारी नतिजासहितको क्षेत्रीय युद्ध निम्त्याउनेमा सचेत रहेका अमेरिकी अधिकारीहरूले बताएका छन् । इजरायलले सिरियामा गरेको हवाई आक्रमणमा आफ्ना शीर्ष इरानी जनरल मारिएको बदलास्वरूप इरानले स्थानीय समयअनुसार शनिबार राति इजरायलविरुद्ध ड्रोन र मिसाइल आक्रमण गरेको थियो ।

    इरानबाट २०० भन्दा बढी ड्रोन, क्रुज मिसाइल र ब्यालिस्टिक मिसाइलहरू प्रहार गरिएको छ । धेरै जसो आक्रमणहरु इजरायली हवाई क्षेत्र बाहिर रोकिएका थिए । यस क्षेत्रमा इजरायललाई निशाना बनाउँदै हानिएका इरानी प्रक्षेपण ड्रोनहरू अमेरिकी सेनाले खसालेको थियो। बाईडेनको यो भनाईले लडाई धेरै ठुलो नबन्ने संभावना देखाउँछ । तर पनि यो युद्धले आम विश्वमा तेश्रो विश्वयुद्धको संकेतका रुपमा हेरेका छन ।

    Post Views: 208
    प्रकाशित मिति: २०८१ बैशाख ३, सोमबार ०५:३०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    क्यानडा विदेशी विद्यार्थीका लागि आकर्षक गन्तव्य बन्दैः पढाई पुरा गरेपछि सजिलै पिआर पाउने
    भारतको अर्थतन्त्र खस्किएर बेलायतभन्दा पछाडि छैटौँ स्थानमा पुग्यो : आइएमएफ
    प्रवासमा एक हप्तामा दुई नेपालीको हृदयविदारक निधनः जसले नेपाली प्रवासीलाई झस्काईरहने छ !
    Advertisement
    ताजा अपडेट
    • १. क्यानडा विदेशी विद्यार्थीका लागि आकर्षक गन्तव्य बन्दैः पढाई पुरा गरेपछि सजिलै पिआर पाउने

    • २. भारतको अर्थतन्त्र खस्किएर बेलायतभन्दा पछाडि छैटौँ स्थानमा पुग्यो : आइएमएफ

    • ३. प्रवासमा एक हप्तामा दुई नेपालीको हृदयविदारक निधनः जसले नेपाली प्रवासीलाई झस्काईरहने छ !

    • ४. स्पेनमा पाँच लाख अबैध आप्रवासीलाई वैधता दिने !

    • ५. मानव अधिकार आयोगले भदौ २३ र २४ को आन्दोलनको प्रतिवेदन १६ बैशाखमा सरकारलाई बुझाउँदै

    चर्चित
    • १. अमेरिकी सहायक विदेशमन्त्रि कपुर सोमबारबाट नेपाल भ्रमणमा

    • २. टर्कीद्धारा नेपालमा दूतावास खोल्ने विषय भारतका लागि किन समस्या ?

    • ३. संयुक्त राष्ट्रसङ्घ महासचिवको दौडमा को को हुन प्रतिस्पर्धी चारजना ?

    • ४. नेपाल-अमेरिका सम्बन्धमा भूकम्पीय धक्का

    • ५. क्यानडा विदेशी विद्यार्थीका लागि आकर्षक गन्तव्य बन्दैः पढाई पुरा गरेपछि सजिलै पिआर पाउने

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.