• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

इजरेललाई प्रत्याक्रमण नगर्न अमेरिकी राष्ट्रपतिको सन्देश , ईजरेलमा नेपालीको अवस्था सामान्य

  •  
  • २०८१ बैशाख ३, सोमबार ०५:३० प्रकाशित
    • अ-
    • अ
    • अ+

    इरानद्धारा इजरेलमा आक्रमणपछि नेपालीहरुमा त्रास देखिएको छ । हमासबाट आक्रमण भएपछि केहि नेपालीहरु नेपाल फर्केका थिए तर फेरी त्यहि त्रास उब्जिएको छ । नेपाली दुतावासले नेपाली नागरिकका सूचना जारी गर्दै सतर्कता अपनाउन आग्रह गर्दै आलसम्म सबै सुरक्षित रहेको जनाएको छ ।
    आक्रमणपछि सरकारले आगामी सोमवार राति ११ बजेसम्म लागु हुने गरी शैक्षिक क्रियाकलाप बन्द गर्ने र ठूलो स्तरको सभा÷भेला नगर्न भनी निर्देशन जारी भएको हुँदा आवश्यक सुरक्षाका लागि नेपाली लाई स्थानीय सुरक्षा प्रोटोकलहरूको पालना गर्न, आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचना बारेमा जानकार रहन र आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन, अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन तथा सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थलको आसपासमै रहन समेत हार्दिक अनुरोध गर्दछौँ भनिएको छ ।
    रोजगारीका लागि वर्षौँदेखि इजरेलमा बस्दै आएका केही नेपालीहरूले शनिवार इरानी ड्रोन तथा क्षेप्यास्त्र प्रहार हुँदाको अवस्थाबारे बीबीसी नेपाली वासंग कुरा गर्दै दोश्रो विश्वयुद्ध हुन लागेको होकी भनेर डराएको बताएका छन । उनिहरुका अनुसार रातभरी आकासमा आवाजहरु आईरहेको र साईरन बजेको बताइएको छ ।
    इरानले प्रहार गरेका लगभग सबै ड्रोन र क्षेप्यास्त्र नष्ट गरिएको इजरेलको दाबी छ । नेपालीहरु साईरन बज्नेवित्तिकै बंकरमा गएर बसेको बताएका छन । कतिपय नेपालीहरु नेपाल फर्किन चाहेको तर धेरै पैसा सापटी मागेर आएकोले फर्किन पनि नसकिने बताएका छन । यदि युद्ध लम्बियो भने नेपालीहरु केहि फर्किने तयारीमा पनि पुगेका छन ।
    इजरेलमा प्रायः सबै घर र भवनहरूमा बङ्कर हुने गर्छ । अब सीमाक्षेत्रमा छ भने र गाजाबाट हमला भएको छ भने साइरन बजेको ३० सेकेन्डभित्र बङ्करमा गइसक्नुपर्छ । गाजाबाट आक्रमण भएमा पनि तेल अभिभमा साइरन बजेको तीन मिनेटभित्र बङ्करमा गइसक्नुपर्छ । फेरि इजरेलको ’आइरन डोम’ भन्ने आफ्नै हवाई रक्षा प्रणाली पनि छ, त्यसले गर्दा ठूलो खतरा छैन । शनिवारको आक्रमणलाई पनि इजरेलले ९९ प्रतिशत विफल पारिदिएको बताइएको छ । ईजरेलमा कति नेपाली छन भन्ने यकिन तथ्यांक नभए पनि २५ हजार भन्दा बढी रहेको अनुमान गरिएको छ ।

    यता अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलले इरानमाथि प्रत्याक्रमण गरे अमेरिकाले साथ नदिने प्रष्ट पारेका छन् । शनिबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई फोन गरेर अमेरिकाले इरान विरुद्ध कुनै पनि इजरायली जवाफी हमलालाई समर्थन नगर्ने बाइडेनले बताएका हुन् ।

    बाइडेन र उनका वरिष्ठ सल्लाहकारहरू इजरायलमा इरानको आक्रमणपछि इजरायली प्रतिक्रियाले विनाशकारी नतिजासहितको क्षेत्रीय युद्ध निम्त्याउनेमा सचेत रहेका अमेरिकी अधिकारीहरूले बताएका छन् । इजरायलले सिरियामा गरेको हवाई आक्रमणमा आफ्ना शीर्ष इरानी जनरल मारिएको बदलास्वरूप इरानले स्थानीय समयअनुसार शनिबार राति इजरायलविरुद्ध ड्रोन र मिसाइल आक्रमण गरेको थियो ।

    इरानबाट २०० भन्दा बढी ड्रोन, क्रुज मिसाइल र ब्यालिस्टिक मिसाइलहरू प्रहार गरिएको छ । धेरै जसो आक्रमणहरु इजरायली हवाई क्षेत्र बाहिर रोकिएका थिए । यस क्षेत्रमा इजरायललाई निशाना बनाउँदै हानिएका इरानी प्रक्षेपण ड्रोनहरू अमेरिकी सेनाले खसालेको थियो। बाईडेनको यो भनाईले लडाई धेरै ठुलो नबन्ने संभावना देखाउँछ । तर पनि यो युद्धले आम विश्वमा तेश्रो विश्वयुद्धको संकेतका रुपमा हेरेका छन ।

    Post Views: 156
    प्रकाशित मिति: २०८१ बैशाख ३, सोमबार ०५:३०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप फुटबल हेर्न अमेरिका जाने भए “फिफा पास” लिनुहोसः अमेरिकी भिषा लिन सजिलो हुन्छ ! के हो फिफा पास ?
    यस्तो छ निर्वाचन कार्यतालिका ?
    पार्टीमा क्रमश छा्ड्ने क्रम बढेपछि संकटतर्फ रास्वपा
    Advertisement
    ताजा अपडेट
    • १. विश्वकप फुटबल हेर्न अमेरिका जाने भए “फिफा पास” लिनुहोसः अमेरिकी भिषा लिन सजिलो हुन्छ ! के हो फिफा पास ?

    • २. यस्तो छ निर्वाचन कार्यतालिका ?

    • ३. पार्टीमा क्रमश छा्ड्ने क्रम बढेपछि संकटतर्फ रास्वपा

    • ४. विधार्थी, भिजिटर र पत्रकार भिषामा कडाई, कामदार भिषामा नरम नीतिको संकेत !

    • ५. नर्थ क्यारोलिनामा आईसको छापा, सार्लोटबाट शुरु

    चर्चित
    • १. नर्थ क्यारोलिनामा आईसको छापा, सार्लोटबाट शुरु

    • २. विधार्थी, भिजिटर र पत्रकार भिषामा कडाई, कामदार भिषामा नरम नीतिको संकेत !

    • ३. अमेरिकी सरकार ४२ दिन लामो सटडाउन खुल्ने, सिनेटबाट पारित, संसदमा मतदान हुँदै

    • ४. फिर्ता भएका ११ राजदूतमध्ये चारजनाले दिए राजीनामा

    • ५. विदेशमा रहेका नेपालीले सम्बन्धित देशको दुतावासमा मतदान गर्ने व्यवस्था !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.