• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

म दोषी देखिन्छु भने फाँसीमा चढाइयोस् ८ बर्षले पुग्दैनः सन्दिप लामीछाने, क्रिकेटर

  •  
  • २०८१ बैशाख २६, बुधबार ०६:३१ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    संसारले नेपाली भनेर चिन्ने नाम बनेका एक जना क्रिकेटर सन्दीप लामीछाने यतिखेर न्यायको भिख मागिरहेका छन । उनको मुद्दा अदालतमा विचराधिन छ । उनि आफु दोषी नभएको भन्दै भन्दैछन । उनिमाथी केही सामाजिक सस्थाका मानिहरु निकै पछि लागेका छन त्यो साँचो हो । माईति नेपालले पीडित भनिएकी केटीलाई संरक्षण मात्रै दिएको छैन उसको पक्षमा मुद्दा लडी रहेको छ । माईति नेपा यस्तो सस्था हो जसको पहाँच यस्तो छ की यी र यस्ता कयौ घटनाहरुमा नेतृत्व गरेका थिए । उनिहरुको पहँच नभएको नेपालको कुनै सरकारी निकाय छैन । सायद यसैलेलाई सन्दीपले भन्न खोजेका होलान । कुनै सार्वजनिक महत्व नभएका मुद्दामा छिटो पालो आउँछ तर सन्दिपको मुद्दामा किन पालो आउँदैन अदालतमा भन्दै प्रश्नहरु उठेका छन । यतिखेर विश्वकप क्रिकेट खेल्ने मौकामा नेपालले एक विश्वस्तरका खेलाडीलाई खेल बाहिर राख्न परेको छ जुन दुर्भाग्य हो । यदि उनि दोशी हो भने पनि नभए पनि उनको फैसला भाँडो हुनु पर्ने माग सर्वत्र उठि रहेको छ । उनले जव विश्वकपको बेलासम्म आफ्नो मुद्दा छिनोफानो भएर विश्वकप खेल्ने अपेक्षा राखेका थिए तर पाएनन । सायदै उनले त्यसैको आक्रोस पोखेको हुनसक्दछ । उनले फेसबुक स्टाटसमा लेखेको आक्रोस जस्ताको तस्तै ।

    धेरै समय मौनतामा बसी रहें, आफूलाई अन्धकारमा राखी रहे अनि प्रतीक्षामा पल पल बाँचि रहे। मलाई थाहा छ कि जिल्ला अदालतले गरेको फैसलामा गम्भीर त्रुटी छ, तर पनि धेरै चुप लागेर बसें। कानून व्ययवसायीले भन्नु हुन्छ तिमीलाई नगरेको अपराधको दोषी बनाइएको छ, न तथ्यले न प्रमाणले न अनुसन्धानको कुनै सारभूत निचोडले पुस्टि गर्छ। तर मैले कति सहनु म न्याय माग्दा माग्दा सिथिल भई सके।

    सामाजिक संस्था र सामाजिक संजालमा अनि झुटका न्यायका लागि लड्ने एकथरी गज्जबका आमा, दिदिहरु रहेछन । अनि केही प्रभाव पार्ने पत्रपत्रिका। ति तथाकथित र भनौंदा सामाजिक अभियेंता हरूलाई मेरो यो खुल्ला चुनौती हो वहांहरुलाई मेरो र गौशाला २६ बीच जुनसुकै सम्बन्ध चाहे जबर्जस्ती वा अनुचित प्रभावबाट भएको, तथ्य र प्रमाणले अझै साबित गर्नुहोस, यदि म दोषी देखिन्छु भने मलाई फासीमा चढाइयोस् मलाई ८ बर्ष ले पुग्दै पुग्दैन। तपाईं हरुको पूर्वाग्रही दबाब र योजना मैले मात्र होइन दुनियाले बुझेको छ। म कानुन ले होइन अनुमान र एकतर्फी भनाइ ले दोषी भएको छू, त्यो अनुमान मेरो लागि मात्र होइन, भोलि तपाईंहरूका लागि अनि सारा संसारको लागि गम्धिर दुर्घटना हुनेछ लेखी राख्नु भगवान ले हेरिरहेका छन् व्यक्ति भन्दा माथि। ति तथाकथित महिला सामाजिक अभियेंता भन्नेहरु त्यती स्वार्थी र अपराधि रहेछन कि जो बास्तबिक पिडितहरु हुन् तिनका लागि न बोलेको देख्छु न लेखेको, न लडेको। धिक्कार छ ति तथाकथित अभियेंताहरु जसले एउटा खोल ओडेर अर्को ब्यबसाय गर्छन। मैले एती लेखिरहदा अब केहिले मलाई पिडितको नाटकीय त्रूप फाल्यो भनेर लेख्लान। तर झुटा आरोप जब लाग्छ नि अनि बल्ल सदबुद्धि आउला।

    म सानैदेखि धर्ममा विश्वास गर्ने व्यक्ति हु ्र जो जो यो बनावटी अभियोगको अभियानमा खटिरहनु भएको छ, कानुनले नहोला धर्मको अग्निपरिक्षामा तपाईहरुले आफ्नो कर्मको फल भोग्नु हुनेछ। यो किन भन्दै छु भने म यो घटनाको निर्दोष पात्र हुँ र मलाई यो घटना कसले कसरि घटाउन लगाएको राम्रै थाहा छ त्यसमा तपाईंहरूको पनि सहभागिता छ। धेरै खोल्न बाकि छ। फेरि भन्छु यो घटना घटेको होइन, घटाइएको हो। बास्तबिक अनुहार आफै निस्केला म चाहि विश्वस्त छु।अन्तमा म निर्दोष छु र मेरो निर्दोशितामा विश्वास र सहानुभूति राख्नेहरूसंग म जीवन भर ऋणी रहने छु। फेरी पनि मेरो यो खुल्ला चुनौती हो ति तथाकथित अभियेंता हरुलाई, सक्नु हुन्छ भने प्रमाणित गर्नुहोस मेरो र गौशाला २६ बीच जुनसुकै सम्बन्ध चाहे जबर्जस्ती वा अनुचित प्रभावबाट सम्बन्ध भएको होस्। यदि म दोषी देखिन्छु भने मलाई फासी होस् मेरो लागि ८ बर्ष ले पुग्दैन फासी नै सही हुनेछ। म त फसे, बोलेकै भरमा अब अरु कोही नफसोस। बिन्ती छ।🙏
    सन्दिप लामिछाने

    Post Views: 169
    प्रकाशित मिति: २०८१ बैशाख २६, बुधबार ०६:३१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि
    स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने
    इजरायल सहित ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    • २. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ३. इजरायल सहित ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति

    • ४. नेपालका प्रधानमन्त्रि बालेन्द्र शाह टाइम म्यागजिनको विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा

    • ५. कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको नेतृत्वमा पहिलो फुलकोर्ट

    चर्चित
    • १. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • २. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ३. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ४. राजनीतिक दृष्टिले निकै उथलपुथल वर्ष २०८२: आशा नयाँ बर्षको !

    • ५. हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले १६ वर्षपछि सत्ता गुमाए

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.