• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

नेपालमा किन बढ्दै छन् आत्मदाहा ? दैनिक १८ जनाले आत्महत्या गर्ने गरेको तथ्य !

"किन बढ्दैछ मानसिक स्वास्थ्य ? "
  •  खबरमाला संवाददाता
  • २०८३ असार २८, आईतवार ०८:३६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    निकै आशाका बीच जनताको अपार समर्थनप्राप्त सरकारका पछिल्ला गतिविधिले आम जनतामा आशा भन्दा बढी निराशा उत्पन्न गराएको छ । नयाँ सरकार नयाँ तरिका र नयाँ गर्ने हुटहुटीले भएका राम्रा संरचनागत प्रणाली पनि तहस नहस बन्दै गएको छ भने आम जनता सरकारको पहुँचमा छैन । यसैबेला नेपालमा पछिल्ला दिनहरुमा आगो लगाएर आत्म दाह गर्ने घटनाले पुनः राष्ट्रिय बहसको विषय बनेको छ।

    काठमाडौंमा २५ वर्षीय गणेश नेपालीले आफूलाई पेट्रोल छर्केर आगो लगाएपछि उपचारका क्रममा ज्यान गुमाएको घटनाले देशभर गहिरो चिन्ता र आक्रोश फैलाएको छ। पछिल्लो दिन बुद्धनगरका अर्का व्यापारी ४५ वर्षीय अश्विन राउत को पनि आत्म दाहगरेपछि निधन भएको छ ।

    गत तीन दिनमा यस्ता घटनापछि पिडितको पक्षमा प्रदर्शनहरु भएका छन । विश्लेषकहरूका अनुसार यस्ता घटनालाई केवल व्यक्तिगत निर्णयका रूपमा मात्र बुझ्न मिल्दैन। यसमा आर्थिक संकट, बेरोजगारी, प्रशासनिक असन्तुष्टि, सामाजिक निराशा र मानसिक स्वास्थ्य सेवामा पहुँचको अभावजस्ता धेरै पक्ष जोडिएका हुन्छन्।

    नेपालमा २०२३ मा उद्यमी प्रेमप्रसाद आचार्यले संसद् भवनअगाडि आत्मदाह गरेका थिए। त्यस घटनाले पनि राज्यको सेवा प्रवाह, उद्यमशीलता र आर्थिक अवसरबारे व्यापक बहस जन्माएको थियो। अहिले राज्य संचालकहरुले त्यस बेला निकै आक्रोसित आवाज उठाए पनि यतिखेर अनेक बहानामा घटनालाई ओझेलमा पार्ने कोसिस गरिरहेका छन । अहिलेको घटनाले फेरि त्यही प्रश्नहरू दोहोरिएको देखाएको छ। केही टिप्पणीकारहरूले यी घटनाहरूलाई व्यक्तिगत पीडासँगै प्रणालीप्रतिको गहिरो निराशाको संकेतका रूपमा व्याख्या गरेका छन्।

    मनोस्वास्थ्य विज्ञहरूका अनुसार आत्महत्याको एउटै कारण हुँदैन। आर्थिक तनाव, पारिवारिक समस्या, मानसिक स्वास्थ्यसम्बन्धी चुनौती, सामाजिक एक्लोपन, भविष्यप्रतिको निराशा र तत्काल सहयोग नपाउनुजस्ता धेरै कारण एकसाथ जोडिन सक्छन्। त्यसैले प्रत्येक घटनाको निष्कर्ष बिना अनुसन्धान निकाल्न उचित हुँदैन।

    नेपालमा आत्महत्याको समग्र प्रवृत्ति पनि सार्वजनिक स्वास्थ्यका लागि चिन्ताको विषय मानिन्छ। विभिन्न अध्ययनहरूले आत्महत्याका घटनामा वृद्धि देखाएका छन् भने मानसिक स्वास्थ्य सेवामा पहुँच, जनचेतना र समयमै परामर्श उपलब्ध गराउने प्रणाली अझै कमजोर रहेको औंल्याएका छन्। विशेषज्ञहरूका अनुसार यस्ता घटनाको दीर्घकालीन समाधानका लागि रोजगारी सिर्जना, प्रभावकारी सार्वजनिक सेवा, नागरिकको गुनासो सुन्ने संयन्त्र, मानसिक स्वास्थ्य सेवा विस्तार तथा संकटमा परेका व्यक्तिलाई समयमै सहयोग गर्ने प्रणालीलाई सुदृढ बनाउन आवश्यक छ।

    आत्मदाहका घटनाहरूले केवल एउटा व्यक्तिको दुःखद अन्त्य मात्र होइन, समाजमा बढ्दो निराशा र राज्यप्रति नागरिकको विश्वास कमजोर हुँदै गएको संकेत पनि हो । त्यसैले यस्ता घटनालाई सनसनीका रूपमा होइन, रोकथाम र सुधारका उपाय खोज्ने अवसरका रूपमा लिनुपर्ने आवश्यकता छ। नेपालमा आत्महत्या सार्वजनिक स्वास्थ्यको गम्भीर समस्याका रूपमा देखिएको छ। नेपाल प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१ र ८२ मा मात्रै देशभर ६ हजार ८६६ जनाले आत्महत्या गरेका छन्। यो तथ्यांकले नेपालमा दैनिक औसत करिब १८ जनाले आफ्नो आत्महत्या गर्ने गरेको देखाउँछ।

    पछिल्ला वर्षहरूमा आत्महत्याका घटनाले निरन्तर चिन्ता बढाइरहेका छन्। आर्थिक वर्ष २०८०र८१ मा ७ हजार २२३ जनाले आत्महत्या गरेका थिए भने त्यसपछिको वर्ष संख्या केही घटे पनि अवस्था अझै गम्भीर रहेको विज्ञहरूले बताएका छन्। मनोस्वास्थ्य विज्ञहरूका अनुसार आत्महत्या कुनै एक कारणबाट मात्र हुने घटना होइन। आर्थिक समस्या, बेरोजगारी, पारिवारिक तनाव, सम्बन्धमा समस्या, सामाजिक दबाब, मानसिक स्वास्थ्य समस्या र भविष्यप्रतिको निराशा जस्ता धेरै कारणले मानिसलाई यस्तो अवस्थासम्म पुर्‍याउन सक्छ।

    नेपालमा पछिल्ला वर्षहरूमा आर्थिक असुरक्षा, रोजगारीको अभाव, वैदेशिक रोजगारीसँग जोडिएका तनाव तथा सामाजिक एक्लोपन पनि मानसिक स्वास्थ्यका प्रमुख चुनौती बनेका छन्। अध्ययनहरूले युवा उमेर समूह आत्महत्याको जोखिममा रहेको देखाएका छन्। पाँच वर्षको प्रहरी अभिलेखमा आधारित एक अध्ययनले १९ देखि ३५ वर्ष उमेर समूहका मानिसहरू आत्महत्या गर्नेहरूको ठूलो हिस्सा रहेको देखाएको थियो।

    विद्यार्थीहरूमा शैक्षिक दबाब, असफलताको डर, विदेश अध्ययनसँग जोडिएका चुनौती र परिवारको अपेक्षाले पनि मानसिक तनाव बढाउने गरेको विज्ञहरूको भनाइ छ। नेपालमा झुन्डिएर आत्महत्या गर्ने घटना सबैभन्दा धेरै देखिएको छ। विभिन्न अध्ययनहरूले पनि झुन्डिनु आत्महत्याको प्रमुख माध्यम रहेको देखाएका छन्।तर पछिल्लो समय सार्वजनिक स्थानमा आगो लगाएर आत्महत्या गर्ने जस्ता अत्यन्त पीडादायी घटनाले समाजमा नयाँ चिन्ता थपेको छ। यस्ता घटनाले व्यक्तिको व्यक्तिगत पीडासँगै राज्य प्रणाली, न्याय प्राप्तिको अवस्था र सामाजिक असन्तुष्टिबारे पनि प्रश्न उठाएका छन्। विश्व स्वास्थ्य संगठनका अनुसार आत्महत्या सामाजिक, मनोवैज्ञानिक, आर्थिक र वातावरणीय कारणसँग जोडिएको बहुआयामिक समस्या हो।

     

    Post Views: 28
    प्रकाशित मिति: २०८३ असार २८, आईतवार ०८:३६
    Advertisement
    संबन्धित शिर्षकहरु
    पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति विवरण बुझाउन बाध्य नपार्न सर्वोच्चको अन्तरिम आदेश !
    बेल्जियमलाई २–१ ले पराजित गर्दै स्पेन सेमिफाइनलमा
    पोल्यान्डमा ‘नेपाल फेस्टिबल–२०२६’ सञ्चालन हुँदै
    Advertisement
    ताजा अपडेट
    • १. नेपालमा किन बढ्दै छन् आत्मदाहा ? दैनिक १८ जनाले आत्महत्या गर्ने गरेको तथ्य !

    • २. पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति विवरण बुझाउन बाध्य नपार्न सर्वोच्चको अन्तरिम आदेश !

    • ३. बेल्जियमलाई २–१ ले पराजित गर्दै स्पेन सेमिफाइनलमा

    • ४. पोल्यान्डमा ‘नेपाल फेस्टिबल–२०२६’ सञ्चालन हुँदै

    • ५. साउथ अस्ट्रेलियामा नोभेम्बर अन्तिम साता नेपाल फेस्टिभल हुने

    चर्चित
    • १. अमेरिकाबाट नेपालका थप दुई ऐतिहासिक मूर्ति स्वदेश फिर्ता, हालसम्म १२७ पुरातात्त्विक सम्पदा फिर्ता

    • २. कम्बोडियामा नेपाली नागरिकको शोषण रोक्न नेपाल–कम्बोडिया सहकार्य

    • ३. नेपाल–एडिबीबीच १६ करोड ५० लाख डलर ऋण सम्झौता, ९.३ अर्ब अमेरिकी डलरभन्दा बढी सहायता

    • ४. नार्कबाट १८ जना निलम्बन, २५ वैज्ञानिकलाई निलम्बनको तयारी !

    • ५. बेल्जियमलाई २–१ ले पराजित गर्दै स्पेन सेमिफाइनलमा

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.