• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

कुटनीतिक सेवामा १ सचिवसहित एक सय ११ नयाँ दरबन्दीः टेक्सास र क्यालिफोनियामा उपसचिवको नेतृत्वका वाणिज्यदुतावास

  •  
  • २०८१ कार्तिक १, बिहीबार ०७:१३ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

     

    खस्किदो कुटनीतिक अवस्थालाई लिकमा ल्याउन नेपाल सरकारले परराष्ट्र मन्त्रालयअन्तर्गत कम्तीमा १ सय ११ दरबन्दी थप गरिएको छ । थपिन लागेको पदमा सरकारले सचिवमा १, सहसचिवमा ११, उपसचिवमा ३३, शाखा अधिकृतमा ६२ र नायव सुब्बामा ४ दरबन्दी स्वीकृत गरेको हो । परराष्ट्र मन्त्रालयका साथै विदेशी मुलुकमा रहेको दूतावास, वाणिज्यदूतको कार्यालय, कन्सुलर कार्यालयलगायतका निकायमा पठाउने गरी तोकेरै परराष्ट्र, प्रशासन, न्याय, लेखा सेवाअन्तर्गत राजपत्रांकित प्रथम र द्वितीय श्रेणीसहितको दरबन्दी सिर्जना गरेको छ । दरबन्दी थपपछि यसअघिको रिक्तमा समेत गरेर आयोगले परराष्ट्र सेवाअन्तर्गत सहसचिव १४ र उपसचिव ४१ जनाका लागि बुधबार विज्ञापन निकालेको छ । शाखा अधिकृतमा थपिएका ६२ र नायब सुब्बाका नयाँ ४ दरबन्दीमा मंसिरको अन्तिम सातादेखि आयोगको कार्यसूचीअनुसार विज्ञापन सार्वजनिक हुनेछ । परराष्ट्र सेवाका १३ र लेखा समूहका दुई गरी नायब सुब्बाका १५ दरबन्दी भने कटौती गरिएको छ ।

    टेक्सास र क्यालिफोनियामा उपसचिवको नेतृत्वका वाणिज्यदुतावास

    सरकारले पोर्चुगलको राजदूत बनाउने गरी राजपत्रांकित विशिष्ट श्रेणीमा १ दरबन्दी सिर्जना गरेको छ । परराष्ट्र सेवाअन्तर्गत थपिएको सहसचिवको दरबन्दीमध्ये ५ वटा परराष्ट्र मन्त्रालयमै रहनेछ । पदपूर्तिपछि मन्त्रालयमा सहसचिवको संख्या १७ हुनेछ । यसबाहेक नेपाली दूतावास जेनेभा, महावाणिज्य दूतावास जेद्दा र न्युयोर्कका लागि ३ सहसचिवको दरबन्दी सिर्जना गरिएको छ । स्थापना हुन लागेको महावाणिज्य दूतावास लसएन्जलस, टेक्सास र दुबईका लागि १र१ सहसचिवको दरबन्दी सिर्जना गरिएको छ ।

    उपसचिवतर्फ परराष्ट्र मन्त्रालय, कन्सुलर विभाग, राहदानी विभागमा दरबन्दी थप गरिएको छ । यस्तै, नयाँदिल्ली, वासिङ्टन डीसी, कोलम्बो, बेइजिङ, लिस्बन, तेल अविव, कायरो, मस्कोमा रहेका दूतावासका लागि उपसचिवको दरबन्दी सिर्जना गरिएको छ । टेक्सास, लस एन्जलस र दुबईको महावाणिज्य दूतावासका लागि पनि १र१ उपसचिव थप गरिएको छ । स्थायी नियोग न्युयोर्कमा कानुनतर्फ १ उपसचिव थपिएको छ ।

    परराष्ट्र मन्त्रालयमा रहने गरी ४७ र कन्सुलर विभागका लागि ३ शाखा अधिकृतको दरबन्दी थप गरिएको छ । यस्तै, नेपाली दूतावासहरू दोहा, टोकियो, पेरिस, बर्लिन, क्यानबेरा, न्युयोर्क, ओटावा, लिस्बन, ढाका, दुबई, टेक्सास र लस एन्जलसमा १र१ जना रहने गरी १२ शाखा अधिकृत थप गरिएको छ । नेपाली दूतावास रियादका लागि एक जना लेखा अधिकृत थपिएको छ । महावणिज्य दूतावास लस एन्जलस, टेक्सास र दुबई तथा लिस्बनमा १र१ जना गरी ४ नायव सुब्बाको दरबन्दी थप गरिएको छ ।

    Post Views: 211
    प्रकाशित मिति: २०८१ कार्तिक १, बिहीबार ०७:१३
    Advertisement
    संबन्धित शिर्षकहरु
    अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण
    आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै
    ६० हजार अघि अफ्रिकाबाट बसाइँसराइको शुरुवात :आधुनिक मानव अफ्रिकाबाट निस्किएपछि कहाँ पुगे?
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण

    • २. आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै

    • ३. ६० हजार अघि अफ्रिकाबाट बसाइँसराइको शुरुवात :आधुनिक मानव अफ्रिकाबाट निस्किएपछि कहाँ पुगे?

    • ४. मेटाले क्यानडा १० बिलियन डलरको नयाँ डाटा सेन्टर बनाउने

    • ५. इरानद्धारा स्टेट अफ होर्मुज जलमार्ग बन्द गरेपछि अमेरिकासँगको तनाव चुलियो

    चर्चित
    • १. अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण

    • २. अमेरिकाबाट नेपालका थप दुई ऐतिहासिक मूर्ति स्वदेश फिर्ता, हालसम्म १२७ पुरातात्त्विक सम्पदा फिर्ता

    • ३. कम्बोडियामा नेपाली नागरिकको शोषण रोक्न नेपाल–कम्बोडिया सहकार्य

    • ४. ६० हजार अघि अफ्रिकाबाट बसाइँसराइको शुरुवात :आधुनिक मानव अफ्रिकाबाट निस्किएपछि कहाँ पुगे?

    • ५. नेपाल–एडिबीबीच १६ करोड ५० लाख डलर ऋण सम्झौता, ९.३ अर्ब अमेरिकी डलरभन्दा बढी सहायता

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.