• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

रुसले चार लाख २७ हजार रुसी सेना युक्रेन युद्धमा मारिए ?

  •  
  • २०८१ पुष २९, सोमबार ०६:०७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    रुसले कति सैनिक गुमायो, युक्रेनको के भनाइ छ ?
    युक्रेनका कमान्डर–इन–चिफ कर्णेल जनरल ओलेक्सान्डर सिस्र्कीका अनुसार सन् २०२४ को डिसेम्बर ३० सम्म चार लाख २७ हजार रुसी सेना युक्रेन युद्धमा मारिए वा घाइते भए । जनवरी २ मा प्रकाशित एक विज्ञप्तिमा युक्रेनको रक्षा मन्त्रालयले रुसतर्फ गत वर्ष ४ लाख ३० हजार ७९० सैनिकलाई क्षति भएको उल्लेख छ ।

    हालैको संख्यामा गणना गर्दा सन् २०२४ मा रुसी क्षति प्रतिदिन औसतमा ११ सय ८० हो र प्रति वर्गकिलोमिटर क्षेत्र कब्जा गर्दा झन्डै १०३ जनामा क्षति हुन आउँछ । युक्रेनका अनुसार रुसको घाटा वर्षको अन्त्यतिर बढेको छ । रक्षा मन्त्रालयले नोभेम्बरमा ४५ हजार ७२० र डिसेम्बरमा ४८ हजार ६७० नोक्सानी भएको जनाएको छ । यो प्रस्ट छैन कि यीमध्ये कति रुसी सेना मारिए र कति घाइते भए वा युद्ध मैदानबाट हटे ।

    मृत्युको संख्या पुष्टि गर्न किन गाह्रो ?
    मृत्युको संख्या पुष्टि गर्न कठिनाइ छ, किनभने ती संख्याले दुवै पक्षका लागि अपार प्रचार मूल्य राख्छन् । ‘दुवै पक्षबाट युद्धबारे विविध विवरण आएका छन् । दुवै पक्षले आफ्नो सफलतालाई मैदानमा देखाउन र अर्को पक्षलाई कमजोर पार्न संख्या प्रयोग गर्छन् । यी विवरण युद्धका हिस्सा हुन्,’ इग्नाटोभले अल जजिरालाई भने ।

    २०२२ को फेब्रुअरीमा युद्ध सुरु भएदेखि ४३ हजार युक्रेनी सैनिकको युद्धभूमिमा मृत्यु भएको डिसेम्बर ८ मा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले एक टेलिग्राम पोस्टमा घोषणा गरे । अन्तिमपटक फेब्रुअरीमा उनले युद्धमा मारिने युक्रेनीको मृत्युको संख्या घोषणा गरेका थिए । उनले ३१ हजार युक्रेनी सेना मारिएको बताए । यसको मतलब सन् २०२४ मा लगभग १० महिनाको अवधिमा १२ हजार युक्रेनी सेनाको युद्धभूमिमा मृत्यु भएको थियो ।

    रुस र युक्रेन दुवैले युद्धमा हराएका सेनाको संख्याबारे नियमित रूपमा तथ्यांक प्रकाशित गरेका छन् । ‘तर, उनीहरू अर्को पक्षलाई आफ्नो सैन्य कारबाही कत्तिको प्रभावकारी छन् भन्ने जानाकारी दिन हिच्किचाउँछन्,’ किंग्स कलेज लन्डनको युद्ध अध्ययन विभागकी अनुसन्धानकर्ता मारिना मिरोनल भन्छिन् । उनका अनुसार यदि सरकारले आधिकारिक रूपमा सेनालाई मृतकको रूपमा स्वीकार नगरेको अवस्थामा मृतकका परिवारलाई क्षतिपूर्ति तिर्न पर्दैन ।

    १० वर्षसम्म चलेको सोभियत–अफगान युद्धमा सोभियत सेनातर्फ लगभग १५ हजार हताहत भएका थिए । २० वर्षसम्म चलेको भियतनाम युद्धका क्रममा अमेरिकी सेनाले ५८ हजार २२० सैनिक गुमाएको थियो ।

    रुसले कति सैनिक गुमायो, अरूले के भने ?
    स्वतन्त्र रुसी वेबसाइट मिडियाजोनाका अनुसार जनवरी १, २०२४ र डिसेम्बर १७, २०२४ को बिचमा कम्तीमा ३१ हजार ४८१ रुसी सैनिकको मृत्यु भएको पुष्टि भएको छ । मिडियाजोनाले मृत्यु भएका रुसी सैनिकको नाम संकलन गर्न मृत्युको विवरण प्रमाणित गर्दै खुला स्रोत अनुसन्धानको प्रयोग, आफन्तले प्रेषित गरेका विवरण, स्थानीय अधिकारीको बयान र अन्य सार्वजनिक रिपोर्ट पनि समावेश गर्छ ।

    मिडियाजोना वेबसाइटका अनुसार सन् २०२४ युद्धको सबैभन्दा घातक वर्ष थियो । यद्यपि यसलाई आधिकारिक रूपमा प्रमाणित गर्न सकिँदैन, किनकि हताहतको तथ्यांक ढिलो आउँछ । ‘यस्तो देखिन्छ कि मृत्यु हुने रुसीको संख्या एक लाखभन्दा बढी छ,’ लन्डनस्थित थिंक ट्यांक चथम हाउसका टिमोथी ऐसले भने । यद्यपि, डिसेम्बर १७ मा प्रकाशित फ्रान्सेली समाचार आउटलेटले मोन्डेसँगको एक अन्तर्वार्तामा युक्रेनी कमान्डर सिर्सकीले युक्रेनमा मृत्यु हुने रुसी सेनाको संख्या निरन्तर बढिरहेको बताए । सिस्र्कीजस्ता व्यक्तिको टिप्पणीले प्रश्न खडा गरेको क्राइसिस ग्रुपका वरिष्ठ विश्लेषक ओलेग इग्नाटोभ बताउँछन् । यदि मस्कोले यस्तो विनाशकारी नोक्सान भोगिरहेको छ भने युक्रेनमा रुसी सेनाको संख्या कसरी बढ्दै छ ? उनले अगाडि भने, ‘हामीलाई थाहा छैन कि रुसी भर्ती मोडेल राम्रो छ, अथवा त्यहाँ धेरै रुसीे हताहत दाबी गरिएझैँ छैनन् ।’

    Post Views: 192
    प्रकाशित मिति: २०८१ पुष २९, सोमबार ०६:०७
    Advertisement
    संबन्धित शिर्षकहरु
    कन्सल्टेन्सीले २५ लाख रुपैयाँ धरौटी बुझाउनुपर्ने नयाँ नियम, विधार्थी अलपत्र परे कन्सल्टेन्सी जिम्मेवार
    अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण
    आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै
    Advertisement
    ताजा अपडेट
    • १. कन्सल्टेन्सीले २५ लाख रुपैयाँ धरौटी बुझाउनुपर्ने नयाँ नियम, विधार्थी अलपत्र परे कन्सल्टेन्सी जिम्मेवार

    • २. अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण

    • ३. आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै

    • ४. ६० हजार अघि अफ्रिकाबाट बसाइँसराइको शुरुवात :आधुनिक मानव अफ्रिकाबाट निस्किएपछि कहाँ पुगे?

    • ५. मेटाले क्यानडा १० बिलियन डलरको नयाँ डाटा सेन्टर बनाउने

    चर्चित
    • १. अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण

    • २. ६० हजार अघि अफ्रिकाबाट बसाइँसराइको शुरुवात :आधुनिक मानव अफ्रिकाबाट निस्किएपछि कहाँ पुगे?

    • ३. बेल्जियमलाई २–१ ले पराजित गर्दै स्पेन सेमिफाइनलमा

    • ४. कन्सल्टेन्सीले २५ लाख रुपैयाँ धरौटी बुझाउनुपर्ने नयाँ नियम, विधार्थी अलपत्र परे कन्सल्टेन्सी जिम्मेवार

    • ५. आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.