Newyork Time 08:23 am
May 8, 2024, Wednesday
२०८१ बैशाख २६

गैरआवासीय नेपाली संघ केवल संस्था मात्र नभई नेपालीको भरोसाको केन्द्र हो

२०८० चैत्र २७
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

425

गैरआवासीय नेपाली संघ केवल एउटा संस्था मात्र नभई गैरआवासीय नेपालीको आड अनि भरोसाको केन्द्र हो । स्थापनाकाल देखिनैं आम गैरआवासीय नेपालीका तमाम मुद्दालाई नेपाल सरकार मार्फत संघले सम्बोधन गराउन सक्रिय भूमिका खेल्दैं आएको यहाहरु सबैलाई अवगतनै छ । हामी सबैको चाहना ‘एक पटकको नेपाली सधैंको नेपाली’ अनि नेपाली नागरिकताको निरन्तरता नै हो । यसका निम्ति खण्डित एनआरएनए अनि निश्चित स्वार्थ सहितको एनआरएन नभई सबैं समेटिएको एनआरएनए अनि निस्वार्थ भावले सहयोग गर्न सक्ने र चाहने एनआरएनको आवश्यकता रहेको छ । अहिले हामीले उठाउँदैं आएको नागरिकताको बिषय गैरआवासीय नेपाली नागरिकताको व्यवस्थासँगै त्यसले आंशिक सम्बोधन पक्कै भएको छ । यसमा पनि हामी एकताबद्द हुन नसक्दा कमजोर आवाजका कारण धेरै बिषयहरूलाई सम्बोधन गराउन सकेका छैनौं ।
स्थापनाकाल देखिनैं एउटा विशिष्टिकृत पहिचान बनाएर सरकारसँग दरिलो ढंगवाट आफ्नो कुरा राख्न सक्ने सामर्थ्यको एनआरएनए रहेको थियो । तर सिमित स्वार्थका खातिर संघको नवौं विश्व सम्मेलनले संघको गतिमा अवरोध मात्र सिर्जना गरेन एनआरएनलाई विभाजित समेत बनायो । बाटो त्यहि नेर बिग्रिएपछि समाधान खोजी सहि ट्राकमा ल्याउने भन्दा पनि सबै पक्षबाट बल मिच्याईनै गर्न खोजियो, दशौं विश्व सम्मेलनमा
त्यसमा झन् बढि मलजल हुने काम भयो, एघारौं विश्व सम्मेलन सम्म आईपुग्दा, हामीले निर्वाचनमा अवलम्बन गरेको परिपाठी, त्यसवाट देखिएको परिदृश्य र उत्पन्न परिणामले हाम्रो प्रतिष्ठा धुमिल भैसकेको थियो, यसर्थ हामीले कसैको फाईदा वा बेफाईदा, कसैको हार वा जीतको रुपमा नलिई नेपालको सम्मानित सर्बोच्च अदालतले गरेको यो फैसलालाई एकतावद्व एनआरएनए बनाउने एउटा अवसरको रुपमा लिनुपर्दछ । अदालतको निर्णय स्वागत योग्य छ ।
फैसलालाई विभिन्न कोणवाट परिभाषित गर्ने र फेरि आ-आफ्नो अनुकुल ब्याख्या गर्ने चेष्टा कसैले नगरौ । बरु यसलाई हामी सबै एनआरएनहरु सहमति, सहकार्य र सह-अस्तित्वका साथ अघि बढ्दै एकताबद्द एनआरएनए बनाउने अवशरका रुपमा उपयोग गरौं।
बिगतका ती बिवादित समयमा पनि म सदैव सहमति र सहकार्यतालाई अगाडि राखी एकताबद्द एनआरएनए बनाउन लागेको थिए । एघारौं सम्मेलनबाट उत्पन्न परिस्थिति प्रति पनि मैले आफ्नो धारणा राख्दैं सबैलाई अतिवादिता छाडी मिलेर जाने वातावरण निर्माणमा जुट्न अपिल समेत गरेको समेत यहॉहरुमा बिदितै छ ।
व्यक्तिगत रूपबाट भन्दा पनि संस्थागत रूपमा हेर्दा सर्वोच्चको यो निर्णयले संस्थाले जितेको छ । व्यक्तिगत पद गौण बिषय हो संस्थाको प्रतिष्ठा र एकता अहं हो । यो निर्णयले मेरो वा अरु कसैको पद रह्यो या रहेन यसलाई हामीले महत्व दिने भन्दा पनि पद भन्दा ठूलो हाम्रो सक्रियता, योगदान अनि एनआरएनएको भविष्य हो भन्ने तर्फ सचेत रहँदैं अगाडि बढ्न सबैमा अपिल पनि गर्न चाहन्छु । एउटै उद्देश्य भएका धेरै कमजोर संस्था भन्दा एकिकृत र सवल एनआरएनए बनाउन हामी सबैं लागौं ।
डा पौडेलद्धारा जारी विज्ञप्तिमा आधारित