Newyork Time 11:15 pm
April 26, 2024, Friday
२०८१ बैशाख १५

जीवी राई कहाँ छ थाहा छः आईजीवी कुँवर

२०८० चैत्र १५
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

330

 

पोखराको सूर्यदर्शन सहकारीबाट अर्बौं रुपैयाँ ठगेर फरार भएका ग्यालेक्सी टेलिभिजनका सञ्चालक जीबी राई अहिले कहाँ होलान् प्रहरी महानिरीक्षक आइजीपी बसन्तबहादुर कुँवर यसबारे जानकार रहेको तर मलेसियन सरकारको सहयोग नभएकोले पक्राउ हुन नसकेको खुलासा गरेका छन । आईजीपी कुँवर आफैंले बुधबार जीबी राई रहेको थात ठेगानाको खुलासा गर्दै भने तर, उनलाई नेपाल ल्याउन नसकिएको कुँवरले सुनाए । राज्य व्यवस्था समितिको बैठकबाट बोलाइएका आइजीपी कुँवरले जीवी राई मलेसियामा रहेको खुलासा गर्दै सबै थाहा भएपनि पक्राउ गर्न केहि प्राविधिक समस्यामा परेकोदावी गरेका छन ।

राज्य व्यवस्था समितिमा आईजिपी कुँवरले भनेका कुरा जस्ताको तस्तै । जहाँसम्म सूर्यदर्शन सहकारीको कुरा छ, यसमा अहिले पाँचजना मान्छे पुर्पक्षका लागि थुनामा हुनुहुन्छ भने १५ जना मान्छे फरार छन् । त्यसमध्ये जीबी राईको ईस्यु अलि उठेको छ । जीबी राईको इस्युको सन्दर्भमा हामी पनि सम्वेदनशील छौं । किनकि यो सबै ईस्युको मुख्य जड त्यही हो भन्ने लाग्छ । यस सन्दर्भमा हामीले डिफ्युजन नोटिस जारी ग¥यौं । रेडकर्नर नोटिस जारी ग¥यौं । सम्बन्धित पक्ष, काउन्टर पार्ट, अहिले मलेसियामा छ नै भन्छु । हामीसँग मलेसियासँग सुपुर्दर्गी सन्धी छैन । त्यो कन्डिसन छ । अहिलेको समस्या भनेको मुलुकी फौजदारी संहिताले सुपुर्दर्गी गर भन्छ । जबकि त्यो वैदेशिक अधिकार प्रयोग गर्नेदेखि मान्छे डिपोट गर्ने काम गर्छ । तर, त्यो नहुँदा नहुँदै पनि मलेसियन सरकारले सुपुर्दर्गी, डिपोटको हकमा एउटा ड्राफ्ट पठाऊ भन्यो । हामीले अनौपचारिक रुपमा परराष्ट्र मन्त्रालयमार्फत त्यहाँ पठायौं । तर, त्यो अहिले मन्त्रालयमा गएर बसेको छ ।

तर, यति हुुँदाहुँदै पनि मलेसियन सरकार अहिले बाध्य भएको छैन । रेडकर्नर नोटिस, सुपुर्दर्गी सन्धी सबै कुरा डिप्लोम्याटिक रुपमा हामीले प्रयोग गरेका छौं । त्यति गर्दा गर्दै पनि मलेसियन सरकार सहमत भएन भने ऊ बाध्य हुँदैन । इन्टरपोलले ब्रिजिङ मात्रै गर्ने हो, फिर्ता पठाउन सक्दैन । त्यसकारण यो जघन्यखालको फाइनान्सिलय अपराध भएको कारणले ऊ बाध्य नभएको होला भन्ने छ । अझै पनि हामी साइड बाई साईड मेरो तहबाट काम गर्दैछु । त्यहाँ सहकर्मी साथीहरु हुनुहुन्छ, त्यहाँ एम्बेसीले पनि लबिङ गरिराखेको छ । माननीय उपप्रधानमन्त्रीज्यू र पूर्वगृहमन्त्रीज्यूले पनि यसमा प्रयास गरिरहेको हामीलाई आभाष भएको छ ।