Newyork Time 03:20 pm
May 4, 2024, Saturday
२०८१ बैशाख २३

अमेरिकी विश्वविधालयका विधार्थीले सभाजुलुसमा सहभागी हुँदा डिर्पोट

२०८१ बैशाख ८
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

330

 

अमेरिकी कलेजहरुमा पढ्ने कुनै पनि अन्र्तराष्ट्रिय विधार्थीहरुले अमेरिकामा विरोध प्रर्दशन वा बिरोध सभामा सहभागी हुनुलाई अमेरिकी कानुनले रोक लगाएको छ । त्यसमा पनि अमेरिकी नीतिको विरोध गर्नु भनेको उसले सिधै डिर्पोटमा पर्नु हो । केहि दिन अघि न्युयोर्कको कोलम्बिया युनिभर्सिटीले क्याम्पसको मर्निङसाइडमा प्रदर्शनमा उत्रिएका प्यालेष्टाइन समर्थक विद्यार्थीहरुलाई युनिभर्सिटीबाट निलम्बन गरेको घोषणा गरेको छ । प्रदर्शनमा उत्रिएका कम्तिमा तीन विद्यार्थीहरुलाई निलम्बन गरिएको छ भने अन्य विधार्थीहरुको खोजी भई रहेको जनाइएको छ । जसमध्ये मिनिसोटाका सांसद इल्हान ओमारकी छोरी इसरा हिर्सीसमेत रहेको अन्तराष्ट्र्रिय सन्चार माध्यमले जानएको छ ।

अनधिकृत प्रदर्शनहरुमा भाग लिने विद्यार्थीहरूलाई निलम्बन गरिएको कोलम्बिया युनिभर्सिटीले जनाएको हो । त्यस्ता विद्यार्थीहरुको पहिचान जारी राख्ने र आगामी दिनमा पनि निलम्बनका औपचारिक सुचनाहरु पठाउने युनिभर्सिटीले तयारी गरिरहेको जानएको छ । केहि दिन अघि न्यूयोर्कमा श्रृखलाबद्ध आन्दालन भईरहेका छन । जहाँ अमेरिकी झण्डासमेत जलाएका थिए । अमेरिकामा अन्तराष्ट्र्रिय विधार्थीहरुले ध्यान दिनुपर्ने एउटा मुख्य कुरा के हो भने अमेरिकी भुमिमा अमेरिकी नीतिको विरोध गर्दा ध्यान पुर्याउनु जरुरी छ अन्यथा कुनै पनि बेला डिपोर्ट हुन सक्नेछ । यस अघि पनि यस्ता विभिन्न घटनामा संलग्न भएका विधार्थीहरुलाई डिर्पोट गरिएका छन ।