Newyork Time 11:42 am
May 8, 2024, Wednesday
२०८१ बैशाख २७
माओ त्से तुङको 'कविता'

चिङकाङ सानमा फेरि पुग्दा (भिडियो सहित)

२०७८ पुष ११
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

855

मैले धेरै समयदेखि आकांक्षा सँगालेको छु
बादलहरुलाई छुने
फेरि म आएको छु टाढाबाट
चढ्न भनेर चिङकाङ सान,
त्यो हाम्रो पुरानो आश्रय थलो
विगत दृश्यहरु फेरिइसकेका छन्
ओरियल चराहरु गाउँछन्
भीर–गौंथलीहरु कावा खाँदै उड्छन्
कलकल गरेर बग्छन् चारैतिर सोतोहरु
र बाटो अक्कासिँदै माथितिर लाग्छ
एकपल्ट ह्वाङ याङ चेलाई पार गरेपछि
अरु कुनै पनि भयंकर ठाउँले आँखा तान्दैन
बतास र चट्याङ चलायमान भइरहेछन्

मैले धेरै समयदेखि आकांक्षा सँगालेको छु
बादलहरुलाई छुने

ध्वजा र पताकाहरु उडिरहेछन्
जहाँ जहाँ मानिसहरु बस्दछन्
अठ्तीस वर्षहरु सडेर गइसके
यसो आँखा झिमिक्क गर्दैमा
हामी नवौं लोकमा चन्द्रमालाई अँगालो हाल्न सक्छौं
र पञ्चसिन्धुहरुमा गोता खाएर कछुवाहरु समात्न सक्छौं
हामी विजयका गीत र खित्काहरुका माझ फर्कने छौं
यो संसारमा गाह्रो भनेको कुनै कुरो छैन
चुलीहरुलाई नाप्ने आँट तिमी गर्दछौ भने ।

अनुवाद : सत्यमोहन जोशी