Newyork Time 11:26 am
May 11, 2024, Saturday
२०८१ बैशाख ३०

कुटनीतिक सम्बन्धको ७० बर्ष :जापानी विदेशमन्त्रि नेपाल भ्रमणमा आउने

२०८१ बैशाख १६
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

120

 

जापानका परराष्ट्र मन्त्री कामिकावा योकोले नेपालको औपचारिक भ्रमण गर्ने भएकी छन् । आगामी मे महिनाको ५ तारिकमा कामिकावाले नेपालको औपचारिक भ्रमण गर्ने जापानको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणको सिलसिलामा उनले आफ्नो समकक्षी नेपाल सरकारका उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठसँग दुईपक्षीय हितका विषयहरूमा वार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ । भेटमा सन् २०२६ मा नेपाल र जापानको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्ष पुग्ने विषयमा कुराकानी गरिने जापानको परराष्ट्र मन्त्रालयले उल्लेख गरेको छ ।

यस्तै नेपाल अति कम विकसित मुलुकबाट माथि उक्लिनका लागि पनि जापानसँगको सम्बन्ध र सहयोगका विषयहरूमा कुराकानी हुने जनाइएको छ ।
जापानस्थित नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले सन् २०२२ मा जापानमा राजदूत नियुक्ति हुनासाथ जापानबाट नेपाल र नेपालबाट जापानमा उच्च स्तरीय भ्रमण गराउन पहल गरिरहेका थिए ।