Newyork Time 09:38 pm
April 27, 2024, Saturday
२०८१ बैशाख १६

वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको प्रदेश १ बैठक सम्पन्न

२०७८ भाद्र १२
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

3K

इटहरी । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालको प्रदेश १ समितको बैठक सम्पन्न भएको छ । पार्टीका संयोजक आहुतीको उपस्थितिमा भेला सम्मपन्न भएको हो । बैठकले समानान्तर अर्थव्यवस्थाको इकाई निर्माणका निम्ति प्रदेश १ को इटहरीमा सार्वभौम समिति निर्माणको तयारी थाल्ने भएको छ ।

त्यसैगरी कार्तिक २८ ,२९ र ३० मा हुनगइरहेको पार्टिको राष्ट्रिय भेला अगाडि पार्टिको सम्पूर्ण जिल्ला समिती निर्माण गर्ने, जनवर्गीय संगठनहरु निर्माण तथा असोज ३० गतेसम्म सबै जिल्ला भेला सम्पन्न गर्ने निर्णय गरेको छ । बैठकले तत्कालिन कार्य विभाजनसहीत विषयगत विभागहरुको समेत संयोजक तोकेको छ ।

ताप्लेजुङको संयोजकमा राकेश दाहाल, पाँचथरको संयोजकमा मोहन लकान्द्री, इमालको संयोजकमा राजु दास, झापाको संयोजकमा नयन नेयोङ, मोरङको संयोजकमा प्रह्लाद राउत, सुनसरीको संयोजकमा कुमार खाती, धनकुटाको संयोजकमा लम्मी याक्खा, तह्रथुमको संयोजकमा अनिल लिम्बु, संखुवासभाको संयोजकमा आशिष लिम्बु, भोजपुरको संयोजकमा सकल लिम्बु, सोलु र ओखलढुंगाको संयोजकमा वुद्धिराम ठटाल र उदयपुरको संयाेजकमा मुकेश राईलाई जिम्मेवारी दिइएकाे  छ ।