• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

राष्ट्रपति ट्रम्पद्धारा जमिन र अन्तरिक्ष दुवैबाट अमेरिका रक्षा गर्न “गोल्डन डोम” मिसायल रक्षा प्रणाली बनाउने घोषणा

  •  खबरमाला संवाददाता
  • २०८२ जेष्ठ ६, सोमबार ०४:५१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गोल्डन डोम” नामक बिलियन डलरको मिसाइल रक्षा प्रणाली विकास गर्ने प्रक्रिया अघि बढाउने घोषणा गरेका छन । जसलाई उनले अमेरिकालाई जमिन र अन्तरिक्षबाट गरिन सक्ने सम्भावित विदेशी आक्रमणबाट जोगाउने उपायको रूपमा देखेका छन् । ओभल अफिसमा अमेरिकी रक्षा सचिव पिट हेगसेथको साथमा ट्रम्पले यो परियोजना आफू राष्ट्रपति भएकै बेला सञ्चालनमा ल्याउन चाहेको पनि बताएका छन । उनले प्रारम्भिक रूपमा २५ अर्ब डलरको बजेट रिपब्लिकनहरूले स्वीकृत गरिसकेको छ र क्यानडाले पनि यस परियोजनामा सहभागी हुने चासो देखाएको बताइएको छ ।

    गोल्डन डोम पूर्ण रूपमा निर्माण भइसकेपछि, यसले विश्वका जुनसुकै कुनाबाट प्रक्षेपण गरिएका मिसाइलहरू अन्तरिक्षबाट प्रक्षेपित भए पनि अवरुद्ध गर्न सक्नेछ,” ट्रम्पले भने । “यसले अमेरिकामा मिसाइल आक्रमणको खतरा सधैंका लागि अन्त्य गर्नेछ ।” ट्रम्पले रक्षा मन्त्रालयले प्रस्ताव गरेको तीन विकल्पमध्ये कुन विकल्पमा जान निर्णय गरिसकेका छैनन् । पेन्टागनले हालै तीनवटा प्रस्ताव तयार पारेको छ सानो, मध्यम र ठूलो — जुन ट्रम्पको विचाराधीनमा छन् । यी सबै प्रस्तावहरूमा वर्तमान अमेरिकी सेनाले प्रयोग गर्दै आएको जमिन–आधारित मिसाइल अवरोधक प्रणालीलाई अझ महत्वाकांक्षी र अत्याधुनिक प्रविधि प्रयोग गरी अन्तरिक्ष–आधारित सुरक्षा प्रणाली निर्माण गर्न मिलाएर तयार पारिएको छ ।

    तर ट्रम्पले कुन विकल्प रोज्छन् भन्ने कुराले यस परियोजनाको समयसीमा र लागत दुबै निर्धारण गर्नेछ । रिपब्लिकनहरूले स्वीकृत गरेको २५ अर्ब डलरको बजेट बिलले प्रारम्भिक विकास खर्च मात्र धान्नेछ । अमेरिकी कांग्रेसको बजेट कार्यालयका अनुसार, अन्तिम लागत आगामी दुई दशकमा ५४० अर्ब डलरभन्दा बढी हुन सक्नेछ ।
    मंगलबार साँझ ट्रम्पले उक्त परियोजनाको ढाँचा तय गरिएको बताएका छन् र यो प्रणालीलाई सञ्चालनमा ल्याउन कुल लागत लगभग १७५ अर्ब डलर पुग्ने आँकलन गरेका छन् । तर उनले थप विवरण सार्वजनिक गरेका छैनन् । यस परियोजनाको कार्यान्वयनको जिम्मेवारी अमेरिकी स्पेस फोर्सका जनरल माइकल गेटलाइनले सम्हाल्ने राष्ट्रपति ट्रम्पले बताएका छन ।

    स्पेस फोर्सका उप–प्रमुख जनरल माइकल गेटलाइनलाई “गोल्डन डोम” परियोजनाको नेतृत्व गर्न चयन गरिनुले यसको रणनीतिक महत्व झल्काउँछ । पेन्टागनमा व्यापक रूपमा सक्षम र मिसाइल रक्षा प्रणाली तथा खरीद प्रक्रियामा गहिरो अनुभव भएको चार–तारे जनरलको रूपमा चिनिएका गेटलाइनको नियुक्तिले परियोजनालाई उच्च स्तरको बनाउने अपेक्षा गरिएको छ । यो परियोजना अन्ततः प्रमुख रक्षा ठेकेदारहरूसँगको सहकार्यमा आधारित हुने अनुमान गरिएको छ, जसमा एलन मस्कको स्पेसएक्स पनि पर्छ । स्पेसएक्ससँग सैन्य उपग्रहहरू कक्षमा प्रक्षेपण गर्ने क्षमतायुक्त रकेट तथा अर्को पुस्ताको निगरानी र लक्षित आक्रमण प्रणाली विकास गर्न सक्ने पूर्वाधार रहेकोले उसलाई साझेदार बनाउने सम्भावना बलियो देखिएको छ । यस प्रणालीमा अमेरिकी सेनाले हाल प्रयोग गरिरहेको बारुद र मिसाइल प्रणाली उत्पादन गर्ने कम्पनीहरूमा पनि निर्भर गरिनेछ । यसको आधारभूत संरचना अहिलेको प्रणालीहरूमै आधारित हुने जनाइएको छ । जसमा सतह–देखि–आकाश मिसाइल प्रणाली समावेश रहेको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन ।

    जनवरीमा फेरि कार्यभार सम्हालेपछि ट्रम्पले कार्यकारी आदेश जारी गर्दै पेन्टागनलाई “अर्को पुस्ताको मिसाइल रक्षा कवच” को प्रस्ताव विकास गर्न निर्देशन दिएका थिए, उनले भने अनुसार अमेरिकाको मिसाइल रक्षा क्षमतामा विगत ४० वर्षमा खासै परिवर्तन आएको छैन । यो आदेश रक्षा विभागको चासो बढ्दै गएको पृष्ठभूमिमा आएको हो, विशेषतः लामो दूरीका क्षेप्यास्त्रहरूको खतरा बढेको विश्वासमा । गत साता रक्षा गुप्तचर एजेन्सीले सार्वजनिक गरेको मूल्याङ्कनअनुसार, चीनसँग लगभग ४०० अन्तरमहाद्वीपीय ब्यालिस्टिक मिसाइलहरू छन्, रूससँग ३५०, र उत्तर कोरियासँग थोरै भए पनि केही यस्ता मिसाइलहरू छन् ।

     

    Post Views: 438
    प्रकाशित मिति: २०८२ जेष्ठ ६, सोमबार ०४:५१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन
    एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी
    ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई
    Advertisement
    ताजा अपडेट
    • १. राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन

    • २. एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी

    • ३. ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई

    • ४. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    • ५. अख्तियारमा उजुरीः स्थानीय तहमा भ्रष्ट्राचार बढेको की जनता सचेत भएका ?

    चर्चित
    • १. चुनाव बिथोलिने डरले जाँचबुझ आयोगको म्याद फागुन २४ (२५ दिन) सम्मलाई थपियो

    • २. यूरोपेली मुलुक ग्रीसमा अमेरिकी नागरिकका लागि गोल्डन कार्ड प्रणाली लागु

    • ३. ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

    • ४. अमेरिकामा टीपीएस खारेजलाई अदालतद्धारा सदर गरेपछि साँढे ७ हजार नेपाली प्रभावित

    • ५. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.