अमेरिकाले शुरु गर्न लागेको प्रस्तावित गोल्डन डोम मिसायल रक्षा प्रणालीमा क्यानाडाली सरकारले सहभागीता जनाउने ईच्छा जाहेर गरेको छ । यो प्रणाली ‘आगामी पुस्ताका’हवाई खतराहरूको सामना गर्नका लागि निर्माण गर्न लागिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बताएका छन । प्रधानमन्त्री मार्क कार्नीको कार्यालयका अनुसार, अमेरिका र क्यानाडाबीच सुरक्षा सम्बन्धी हालको तथा नयाँ कार्यक्रम गोल्डेन डोम मा सहभागिताका लागि सक्रिय छलफलहरू भइरहेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार २५ बिलियन डलरको प्रारम्भिक लागतसहित नयाँ मिसाइल रक्षा प्रणाली सार्वजनिक गरेका थिए। उनले क्यानाडा उक्त परियोजनामा सहभागी हुन इच्छुक रहेको बताएका थिए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गोल्डन डोम” नामक बिलियन डलरको मिसाइल रक्षा प्रणाली विकास गर्ने प्रक्रिया अघि बढाउने घोषणा गरेका छन । जसलाई उनले अमेरिकालाई जमिन र अन्तरिक्षबाट गरिन सक्ने सम्भावित विदेशी आक्रमणबाट जोगाउने उपायको रूपमा देखेका छन् । ओभल अफिसमा अमेरिकी रक्षा सचिव पिट हेगसेथको साथमा ट्रम्पले यो परियोजना आफू राष्ट्रपति भएकै बेला सञ्चालनमा ल्याउन चाहेको पनि बताएका छन । उनले प्रारम्भिक रूपमा २५ अर्ब डलरको बजेट रिपब्लिकनहरूले स्वीकृत गरिसकेको छ