अमेरिकी राष्ट्रपतिका लागि कतारद्धारा दिइएको ४ सय मिलियन डलरको बोईड अमेरिकी सरकारले स्वीकार गर्ने भएको छ । रक्षा सचिव पिट हेगसेथेले कतारबाट उपहारस्वरुप आएको बोइङ ७४७ विमानलाई सबै संघीय नियम तथा कानुन अनुसार स्वीकृति दिएका छन् । पेन्टागनका प्रमुख प्रवक्ता सीन पार्नेलले एक विज्ञप्तिमा बताएका छन । “संयुक्त राज्य अमेरिकाको राष्ट्रपति सवारी गर्न प्रयोग हुने उक्त विमानका लागि रक्षा मन्त्रालयले आवश्यक सुरक्षा उपायहरू र मिशन आवश्यकतालाई सुनिश्चित गर्नेछ,” उनले बताएकी छिन ।

गत साता ट्रम्पले कतारी शाही परिवारद्वारा पहिले प्रयोग गरिएको ४०० मिलियन मूल्यको बोइङ ७४७–८ विमानलाई पुरानो एयर फोर्स वन बेडालाई प्रतिस्थापन गर्न अस्थायी रूपमा स्वीकार गर्ने बताएका थिए । यो विमान—अमेरिकी राष्ट्रपतिले कहिल्यै स्वीकार गरेको सबैभन्दा ठूलो विदेशी उपहारहरूमध्ये एक मानिएको—अमेरिकी सांसदहरूद्वारा आलोचित भएको छ । उनीहरूको भनाइमा, यसले नैतिकता र सुरक्षा सम्बन्धी गम्भीर प्रश्नहरू उठाउँछ ।
धेरै रिपब्लिकन सांसदहरूले भनिरहेका छन् कि यो “निशुल्क” विमान वास्तवमा सर्तसहित आएको हो, किनकि यसलाई एयरफोर्स १ मा रूपान्तरण गर्न लामो समय र ठूलो खर्च लाग्नेछ । अन्य आलोचकहरूले विमानको सुरक्षा स्थितिबारे चिन्ता व्यक्त गरेका छन् । डेमोक्र्याट सिनेटर एडम शिफ (क्यालिफोर्निया) को नेतृत्वमा रहेका केही वरिष्ठ सिनेटरहरूले पेन्टागनको अनुगमन निकायले रक्षा मन्त्रालयद्वारा उपहार विमानको स्वीकृति र यसका हस्तान्तरण प्रक्रियाबारे छानबिन गर्न माग गरेका छन् । तर ट्रम्पले भने उक्त निर्णयको बचाउ गर्दै यसलाई “कानुनी” भएको दाबी गरेका छन् र द्विदलीय आलोचनालाई “चरम वामपन्थी कथा” भनेर खारेज गरेका छन् ।
बोइङले ट्रम्पको पहिलो कार्यकाल (सन् २०१८) यता अमेरिकी सरकारसँग एयर फोर्स वन प्रतिस्थापनको लागि ठेक्का पाएको थियो । तर नयाँ विमान सन् २०२७ भन्दा अगाडि नआउने अनुमान छ । ट्रम्पले यही ढिलाइलाई देखाउँदै कतारी विमानलाई अस्थायी विकल्पका रूपमा उपयोग गर्न सकिने बताएका छन् । तर कतारबाट आएको यो विमानलाई पूर्ण रूपमा एयरफोर्स १ मा परिणत गर्न वर्षौं लाग्न सक्छ र यसमा सयौं मिलियन डलरको लागत लाग्ने अनुमान छ । जसमा नयाँ पावर सिस्टम, इलेक्ट्रिकल वायरिङ, सुरक्षित सञ्चार र आत्म–रक्षा प्रणालीहरू जडान गर्नुपर्नेछ ।





