अप्रिल २८ मा निर्वाचत लिबरल पाटीेका प्रधानमन्त्री मार्क कार्नी नेतृत्वको सरकारले कडा आप्रवासन नीति घोषणा गर्दै आगामी तीन वर्षभित्र १० लाख विधार्थी र कामदार भिषा कटौति गर्ने भोषणा गरेको छ । २०२५–२०२७ को क्यानडाको रणनीतिक आप्रवासन योजनामा स्थायी बासिन्दा लक्ष्यहरू क्रमशः घटाइने, पहिलोपटक अस्थायी बासिन्दाका लागि विशेष लक्ष्यहरू तोकिएकोमा अन्तर्राष्ट्रिय विद्यार्थी र अस्थायी विदेशी कामदारहरूलाई लक्षित गरिएको छ । यो महत्वपूर्ण छ, किनभने २०२४ को विदेशी विद्यार्थी नामांकन सिमाना लागू हुनु अघि, अस्थायी आप्रवासनमा कुनै सीमा थिएन ।

जस अनुसार २०२५ मा ३ लाख ९५ हजार स्थायी बासिन्दा कम गर्ने, २०२६ मा ३ लाख ८० हजार र २०२७ मा ३ लाख ६५ हजार घटाउने लक्ष्य निर्धारण गरिएको छ । यो अघिल्लो योजना अनुसारको ५ लाख वार्षिक लक्ष्यको तुलनामा उल्लेखनीय कमी भएको बताइएको छ । २०२६ सम्म अस्थायी बासिन्दाको अनुपात क्यानडाको जनसंख्याको ५% मा झार्ने लक्ष्य राखिएको छ । सरकारले घोषणा गरे पनि बैंक अफ क्यानडाले यो लक्ष्य २०२६ सम्म पूरा नहुने सम्भावना जनाएको थियो । प्रधानमन्त्री कार्नीले पनि यो कुरा स्वीकार गर्दै २०२७ अन्त्यसम्म लक्ष्यमा पुग्ने उद्देश्य दोहो¥याएका छन ।
२०२५ को पहिलो त्रैमासिक अनुसार, क्यानडामा ३० लाखभन्दा बढी अस्थायी बासिन्दा थिए, जसमा करिब १० लाख विदेशी विद्यार्थी थिए । क्यानडाको हालको जनसंख्या ४१.५ मिलियन भएकाले अस्थायी बासिन्दाको अनुपात हाल ७.२५% रहेको छ । २०२७ सम्म जनसंख्या स्थिर रहने अनुमान भएकाले, सरकारले आगामी तीन वर्षमा लगभग १० लाख अस्थायी बासिन्दा घटाउनुपर्नेछ यो नयाँ आगमन संख्या घटाएर पूरा गरिनेछ भनिएको छ ।
२०२४ मा लागू भएका नयाँ नीतिहरूमा विदेशी विद्यार्थी सिमाना आदि अनुसार, अन्तर्राष्ट्रिय विद्यार्थीहरूमा कटौती सुरु भइसकेको छ । २०२४ को अन्त्यसम्म विदेशी विद्यार्थी संख्या झन्डै १० लाख भए पनि विभिन्न शैक्षिक संस्थाहरूमा ती संख्यामा गिरावटको आएको रिपोर्ट आएको छ । २०२५ मा यी आधिकारिक आँकडामा उल्लेखनीय गिरावट देखिने अपेक्षा गरिएको छ ।
“अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रले हालैका वर्षहरूमा चुनौतीहरू सामना गरिरहेको छ । नीतिगत परिवर्तन, प्रक्रिया सम्बन्धी कठिनाइ र छविमा आएको असरले विद्यार्थी, संस्था र समुदायमा दबाब सिर्जना गरेको छ । अब हामीले विश्वास पुनर्निर्माण र प्रणालीको आधुनिकीकरणमा सहकार्य गर्नुपर्छ ।“ एक अध्धयनले जनाएको छ । सो रिपोर्ट अनुसा “भिसा प्रक्रियामा ढिलाइ र अस्पष्ट आप्रवासन बाटोहरूका कारण क्यानडाले प्रतिभा गुमाइरहेको छ । अन्य देशहरूले प्रतिस्पर्धा बढाइरहेका बेला, क्यानडाको छवि कमजोर हुँदै गएको छ ।“ यो समाचारबाट नेपाली विधार्थीहरुको तेश्रो ठुलो गन्तव्य पनि जोखिममा परेको छ । नेपाली विधार्थीहरुको अष्ट्रेलिया, जापान, बेलायत, क्यानडा र अमेरिका ठुला गन्तव्यहरु हुन । यो विधार्थी संख्या कटौतिले नेपाली विधार्थीहरु लाई पनि पक्कै पनि असुविधा पर्ने निश्चित छ ।





