• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

क्यानडाले १० लाख विधार्थी र कामदार भिषा कटौति गर्ने घोषणा

  •  खबरमाला संवाददाता
  • २०८२ जेष्ठ ११, शनिबार २१:१९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अप्रिल २८ मा निर्वाचत लिबरल पाटीेका प्रधानमन्त्री मार्क कार्नी नेतृत्वको सरकारले कडा आप्रवासन नीति घोषणा गर्दै आगामी तीन वर्षभित्र १० लाख विधार्थी र कामदार भिषा कटौति गर्ने भोषणा गरेको छ । २०२५–२०२७ को क्यानडाको रणनीतिक आप्रवासन योजनामा स्थायी बासिन्दा लक्ष्यहरू क्रमशः घटाइने, पहिलोपटक अस्थायी बासिन्दाका लागि विशेष लक्ष्यहरू तोकिएकोमा अन्तर्राष्ट्रिय विद्यार्थी र अस्थायी विदेशी कामदारहरूलाई लक्षित गरिएको छ । यो महत्वपूर्ण छ, किनभने २०२४ को विदेशी विद्यार्थी नामांकन सिमाना लागू हुनु अघि, अस्थायी आप्रवासनमा कुनै सीमा थिएन ।

    जस अनुसार २०२५ मा ३ लाख ९५ हजार स्थायी बासिन्दा कम गर्ने, २०२६ मा ३ लाख ८० हजार र २०२७ मा ३ लाख ६५ हजार घटाउने लक्ष्य निर्धारण गरिएको छ । यो अघिल्लो योजना अनुसारको ५ लाख वार्षिक लक्ष्यको तुलनामा उल्लेखनीय कमी भएको बताइएको छ । २०२६ सम्म अस्थायी बासिन्दाको अनुपात क्यानडाको जनसंख्याको ५% मा झार्ने लक्ष्य राखिएको छ । सरकारले घोषणा गरे पनि बैंक अफ क्यानडाले यो लक्ष्य २०२६ सम्म पूरा नहुने सम्भावना जनाएको थियो । प्रधानमन्त्री कार्नीले पनि यो कुरा स्वीकार गर्दै २०२७ अन्त्यसम्म लक्ष्यमा पुग्ने उद्देश्य दोहो¥याएका छन ।

    २०२५ को पहिलो त्रैमासिक अनुसार, क्यानडामा ३० लाखभन्दा बढी अस्थायी बासिन्दा थिए, जसमा करिब १० लाख विदेशी विद्यार्थी थिए । क्यानडाको हालको जनसंख्या ४१.५ मिलियन भएकाले अस्थायी बासिन्दाको अनुपात हाल ७.२५% रहेको छ । २०२७ सम्म जनसंख्या स्थिर रहने अनुमान भएकाले, सरकारले आगामी तीन वर्षमा लगभग १० लाख अस्थायी बासिन्दा घटाउनुपर्नेछ यो नयाँ आगमन संख्या घटाएर पूरा गरिनेछ भनिएको छ ।

    २०२४ मा लागू भएका नयाँ नीतिहरूमा विदेशी विद्यार्थी सिमाना आदि अनुसार, अन्तर्राष्ट्रिय विद्यार्थीहरूमा कटौती सुरु भइसकेको छ । २०२४ को अन्त्यसम्म विदेशी विद्यार्थी संख्या झन्डै १० लाख भए पनि विभिन्न शैक्षिक संस्थाहरूमा ती संख्यामा गिरावटको आएको रिपोर्ट आएको छ । २०२५ मा यी आधिकारिक आँकडामा उल्लेखनीय गिरावट देखिने अपेक्षा गरिएको छ ।

    “अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रले हालैका वर्षहरूमा चुनौतीहरू सामना गरिरहेको छ । नीतिगत परिवर्तन, प्रक्रिया सम्बन्धी कठिनाइ र छविमा आएको असरले विद्यार्थी, संस्था र समुदायमा दबाब सिर्जना गरेको छ । अब हामीले विश्वास पुनर्निर्माण र प्रणालीको आधुनिकीकरणमा सहकार्य गर्नुपर्छ ।“ एक अध्धयनले जनाएको छ । सो रिपोर्ट अनुसा “भिसा प्रक्रियामा ढिलाइ र अस्पष्ट आप्रवासन बाटोहरूका कारण क्यानडाले प्रतिभा गुमाइरहेको छ । अन्य देशहरूले प्रतिस्पर्धा बढाइरहेका बेला, क्यानडाको छवि कमजोर हुँदै गएको छ ।“ यो समाचारबाट नेपाली विधार्थीहरुको तेश्रो ठुलो गन्तव्य पनि जोखिममा परेको छ । नेपाली विधार्थीहरुको अष्ट्रेलिया, जापान, बेलायत, क्यानडा र अमेरिका ठुला गन्तव्यहरु हुन । यो विधार्थी संख्या कटौतिले नेपाली विधार्थीहरु लाई पनि पक्कै पनि असुविधा पर्ने निश्चित छ ।

    Post Views: 306
    प्रकाशित मिति: २०८२ जेष्ठ ११, शनिबार २१:१९
    Advertisement
    संबन्धित शिर्षकहरु
    क्यानडाको ब्राम्पटनमा तेस्रो नेपाल फेस्टिबल–२०२६ सम्पन्न
    भारतीय बाटो हुँदै रोहिंग्या, पाकिस्तानी र सोमालियाली शरणार्थी नेपाल प्रबेश, सुरक्षा चुनौति !
    आज हरिशयनी एकादशी, तुलसीको विरूवा सारिँदै
    Advertisement
    ताजा अपडेट
    • १. क्यानडाको ब्राम्पटनमा तेस्रो नेपाल फेस्टिबल–२०२६ सम्पन्न

    • २. भारतीय बाटो हुँदै रोहिंग्या, पाकिस्तानी र सोमालियाली शरणार्थी नेपाल प्रबेश, सुरक्षा चुनौति !

    • ३. आज हरिशयनी एकादशी, तुलसीको विरूवा सारिँदै

    • ४. भारतमा जेन्जी आन्दोलनपछि मोदी सरकारमाथि चुनौती

    • ५. तीन वरिष्ठ न्यायाधीशलाई राजीनामाको दबाब र महाअभियोगको धम्की !

    चर्चित
    • १. अर्जेन्टिनालाई हराउँदै स्पेनले १–० ले जित्यो विश्वकपको उपाधि

    • २. रुस-युक्रेन युद्धमा रुसी सेनामा भर्ना भएका ‘भाडाका सैनिक’ १ सय ३१ नेपाली मृत्यु !

    • ३. जापानमा नेपालीको बढ्दो मृत्यू, आत्महत्या कारण के हो ?

    • ४. पार्टी र सरकारबीच फरक कुटनीतिक अभ्यास केका लागि ?

    • ५. युरोपको श्रम बजारमा आप्रवासीको प्रभाव बढ्दै, लाखौं दक्ष जनशक्तिको अझै अभाव !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.