साउदी अरब नेपालबाट घरेलु बाहेक अन्य क्षेत्रका कामदार लैजाने सम्झौता गर्न सहमत भएको छ। लामो समयदेखि साउदीले अन्य क्षेत्रका कामदार लैजाने सम्झौता गर्दा घरेलु कामदारबारे सम्झौता पनि सँगै गर्नुपर्ने अडान राख्दै आएको थियो।

सोही अडानका कारण साउदीसँग हुने भनिएको श्रम सम्झौता प्रक्रिया अघि बढ्न सकेको थिएन। सोमबार जेनेभामा भएको साइडलाइन द्विपक्षीय भेटवार्ता र छलफलका क्रममा नेपाल र साउदी अरेबियाबीच श्रमिक लैजाने सम्बन्धमा सहमती भएको हो। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र साउदी अरबको अन्तर्राष्ट्रिय मामिलाका उपमन्त्री तारिक अल हमदबीच भएको छलफलमा सहमति भएको हो।