राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ५० लाख डलरको “गोल्ड कार्ड“ भिसाका लागि दर्ता गराउने वेबसाइट सार्वजनिक गरेको छ । वेव साईटको नाम ट्रम्पकार्ड डट गोभ राखिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले ५० लाख अमेरिकी डलरको “गोल्ड कार्ड“ भिसा कार्यक्रममा चासो देखाउने व्यक्तिहरूका लागि केहि समयपछि आवेदन लिन शुरु गर्ने जनाएको छ । जुन कार्डको डिजाईनमा राष्ट्रपति ट्रम्पको फोटो भएको सुनको रंग भएको कार्ड रहेको छ । ट्रम्पले भनेको छ “हजारौं मानिसहरूले कल गरेर सोधिरहेका छन्, कसरी उनीहरूले संसारकै सबैभन्दा महान् देश र बजारमा पहुँच पाउने यो सुन्दर यात्रामा सहभागी हुन सक्छन् ।” फेब्रुअरी महिनामा राष्ट्रपति ट्रम्पले प्रस्ताव गरेको गोल्ड कार्ड कार्यक्रम अन्तर्गत, जो कोहीले संयुक्त राज्य अमेरिकामा ५० लाख डलर लगानी गरेमा स्थायी बसोबास पाउन सक्नेछन् ।


यो कार्यक्रम ट्रम्प प्रशासनले प्रस्तुत गरेका केही सिमित नागरिकता प्राप्तिका बाटाहरूमध्ये एक हो । यो पाउने वित्तिकै द्रुत गतिमा आफ्नो परिवारसहित अमेरिका आएर ग्रीन कार्ड पाउनेछन । डोनाल्ड ट्रम्पले अप्रिल ३ मा एयर फोर्स वन मा पत्रकारहरूसँग कुरा गर्दै ५० लाख डलरको गोल्ड कार्ड देखाउँदै कार्यक्रम सार्वजनिक गरेका थिए ।
सार्वजनिक गरिएको बेबसाईडमा जाने व्यक्तिहरूले आफ्नो नाम, क्षेत्र, र इमेल ठेगाना दिनुपर्नेछ ताकि कार्यक्रम सुरु भएलगत्तै उनीहरूले सूचना पाउन सक्नेछन । उनीहरूले व्यक्तिगत रूपमा आवेदन दिइरहेका हुन् वा व्यवसायको तर्फबाट, त्यो पनि जनाउनुपर्नेछ । अहिले साईन ईन गरेपछि यो कार्यक्रम शुरु भएपछि दर्ताका आधारमा उनिहरुलाई सुचित गरिने उल्लोख छ । जो कसैले पनि अहिले बेव साईटमा गएर नाम दर्ता गर्न सकिनेछ ।

गोल्ड कार्ड भिसाको मुख्य विशेषता यसको भौगोलिक कर संरचना हो—यसमा भिसा प्राप्त गर्ने व्यक्तिको केवल अमेरिकाभित्र कमाएको आम्दानीमा मात्र कर लाग्नेछ, विश्वभरको आम्दानीमा कर लाग्न्ो छैन । ट्रम्प प्रशासनले पुरानो ईबी–५ भिसा कार्यक्रमलाई हटाएर यो गोल्ड कार्ड भिसा ल्याउने सम्भावना संकेत गरेको छ ।
गोल्ड कार्ड अत्यन्तै धनी, विश्वव्यापी नागरिकहरूका लागि डिजाइन गरिएको हो, जो फिर्ता नहुने गरी ५ मिलियन तिर्न इच्छुक छन्, कर लाभ लिने र आफ्नो अन्तर्राष्ट्रिय व्यवसाय नरोकिकन अमेरिकी पहुँच पाउन चाहन्छन् भने यो गोल्डकार्ड उपयूत्तः हुनेछ । गोल्ड कार्ड कार्यक्रम लागू गर्न कानुनी संशोधन आवश्यक रहेको बताइएको छ तर अहिलेसम्म कुनै विधेयक प्रस्तुत छैन । त्यसैले अझै कार्यन्वयनमा आउन केहि समय लाग्ने संभावना छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पका वाणिज्य सचिव, हावर्ड लुटनिकले गत फेव्रुअरीमा नै “गोल्ड कार्ड” भिसा कार्यक्रममा हालसम्म २ लाख ५० हजार जना आवेदक भएको बताएका थिए । हाल त्यो बढेर कति पुग्यो भन्ने खुलाइएको छैन ।





