• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

ट्रम्प प्रशासनद्धारा कृषि, होटल, मनोरन्जन तथा रेष्टुरेन्टहरुमा धरपकड नगर्ने सर्कुलर जारी

  •  खबरमाला संवाददाता
  • २०८२ असार १, आईतवार ०९:०७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिकामा भईरहेको अबैध आप्रवासी खोजी खोजी छापा मार्ने, पक्राउ गर्ने र डिपोर्ट गर्ने कार्यमा केहि खुकुलो बनाएको छ । सरकारले घोषणा गरे अनुसार पक्राउ र डिर्पोट नभएपछि दैनिक ३ हजार मानिस पक्राउ गर्नुपर्ने दर तोकेपछि आईसले व्यापक धरपकड शुरु गरेका थिए । त्यहि क्रममा क्यालिफोनियामा छापा मार्ने क्रममा कृषि क्षेत्र र होटल तथा मनोरन्जन क्षेत्रमा गरिएको धरपकडले राष्ट्रपति डोनाल्ड ट्रम्पको मन्त्रि परिषदमा रहेका कृषि मन्त्री ब्रुक रोलिन्सले चेतावनी दिएका थिए कि किसानहरू जो परम्परागत रूपमा रिपब्लिकन समर्थक मानिन्छन् आईसको कडाइले आफ्ना व्यवसायमा प्रतिकूल असर पार्ने डर रहेको भन्दै निश्चित क्षेत्रमा खुकुलो बनाउनुपर्ने प्रस्ताव राष्ट्रपतिले स्वीकार गरेका हुन ।

    त्यसै प्रस्तावका आधारमा राष्ट्रपति ट्रम्पले आफ्नो सोसल मिडिया ट्रुथमा “हाम्रा महान किसानहरू र होटल तथा मनोरञ्जन व्यवसायमा संलग्न व्यक्तिहरूले भनिरहेका छन् कि हाम्रो आप्रवासनसम्बन्धी आक्रामक नीतिले उनीहरूका लामो समयदेखि काम गर्दै आएका, असल कामदारहरू खोसिँदै गएका छन्, र ती कामदारहरूलाई फेरि पाउनु लगभग असम्भवजस्तै भएको छ,” ट्रम्पले ट्रुथ सोसियलमा लेखेका छन । “हामीले आफ्ना किसानहरूको रक्षा गर्नुपर्छ, तर अपराधीहरूलाई अमेरिका बाहिर निकाल्नुपर्छ । परिवर्तनहरू आउँदैछन्!” उनले थप लेखे ।

    ट्रम्प प्रशासनको देशनिकाला अभियानले कृषि र आतिथ्य (हस्पिटालिटी) क्षेत्रहरूमा हुने छापा अभियानबाट आफ्नो ध्यान हटाउँदै गएको बताइएको छ, यो साता डोनाल्ड ट्रम्पले आफ्ना आप्रवासन नीतिहरूले कृषि तथा होटल उद्योगलाई नोक्सान पु¥याइरहेको स्वीकारेपछि केहि खुकुलो बनाइएको हो ।

    न्युयोर्क टाइम्सले जनाए अनुसार, आप्रवासन तथा सीमा सुरक्षा आईसका वरिष्ठ अधिकारी टाटम किङले बिहीबार होमल्याण्ड सेक्युरिटी इन्भेष्टिगेसनका क्षेत्रीय विभाग प्रमुखहरूलाई एक आन्तरिक इमेल पठाएका थिए । उक्त इमेलमा, कुनै आपराधिक अनुसन्धानसँग सम्बन्धित नभएसम्म कार्यस्थलमा आप्रवासन कानून कार्यान्वयनको कारबाहीहरू रोक्न निर्देशन दिइएको थियो । “आजदेखि लागू हुने गरी, कृपय कृषि (जसमा जलकृषि र मासु प्याकिङ्ग प्लान्टहरू पनि पर्छन), रेस्टुरेन्टहरू र सञ्चालनमा रहेका होटलहरूमा हुने कार्यस्थल छापाहरू÷अनुसन्धानहरू रोक्नुस्,” किङले निर्देशनमा लेखेका थिए ।

    इमेलमा उल्लेख गरिएको थियो कि “मानव बेचबिखन, रकम स्फेन (मनी लन्डरिङ) तथा लागू औषध तस्करी” जस्ता आपराधिक क्रियाकलापहरूमा संलग्न अनुसन्धानहरू भने नियमित रुपमा छापा मानै पक्राउ गर्ने क्रम जारी रहनेछ । होमल्याण्ड सेक्युरिटी विभागकी प्रवक्ता ट्रिसिया म्याकलाफ्लिनले उक्त समाचार संस्थालाई दिएको वक्तव्यमा भनिन्, “हामी राष्ट्रपतिको निर्देशन पालना गर्छौं र अमेरिकाका सडकहरूबाट गम्भीर आपराधिक गैरकानुनी आप्रवासीहरूलाई हटाउने कार्यलाई निरन्तर जारी राख्छौं ।”

    यो निर्देशन एक उल्लेखनीय नीतिगत परिवर्तन हो, जुन लस एञ्जलसमा भएको एक सातासम्मको विरोध प्रदर्शनपछि आएको हो । उक्त प्रदर्शन तब सुरु भएको थियो जब शहरको एउटा वस्त्र उद्योगमा आइसी ( आईस) छापा प¥यो र त्यसपछि राष्ट्रिय सुरक्षा गार्ड तथा पछि म्यारिनहरूलाई ग्याभिन न्युसम, क्यालिफोर्नियाका गभर्नरको विरोध हुँदाहुँदै, शहरमा पठाइएको थियो ।

    यो निर्देशन परिवर्तन ट्रम्पले बिहीबार दिएको एक बयानपछि आएको हो, जसमा उनले केही उद्योगहरूको सुरक्षा गर्नका लागि नीतिमा परिवर्तन ल्याउने तयारी भइरहेको बताएका थिए । ट्रम्पले आपराधिक रेकर्ड वा इतिहास भएका अवैध आप्रवासीहरूलाई सामूहिक रूपमा देशनिकाला गर्ने वाचा गर्दै चुनाव अभियान चलाएका थिए, तर पछिल्ला हप्ताहरूमा यो नीति विस्तार हुँदै गएको थियो । ह्वाइट हाउसको दबाबमा आइसीले दैनिक ३,००० जनालाई पक्राउ गर्ने लक्ष्य राखेपछि, अब गैर–आपराधिक अवैध आप्रवासीहरूलाई पनि पक्राउ गर्न थालिएको देखिन्थ्यो ।

    यसले कृषि, निर्माण, तथा आतिथ्य (हस्पिटालिटी) क्षेत्रहरूमा कार्यरत दसौं हजार श्रमिकहरूलाई असर पार्ने सम्भावना देखिएको थियो र यसले राजनीतिक रूपमा संवेदनशील विषय परिवार छुट्टिने डर समेत बढाएको थियो । स्मरणीय रहोस अमेरिकी कृषि क्षेत्रमा रहेका कहुसख्यक कृषकहरु ट्रम्प समर्थक हुन । उनिहरुले कृषिमन्त्री मार्फत राष्ट्रपतिसमक्ष प्रस्ताव पठाएका थिए । यो गिरफ्तारी लक्ष्यलाई सार्वजनिक रूपमा ह्वाइट हाउसका उपप्रमुख स्टाफ स्टीफन मिलरले प्रवद्र्धन गरेका थिए । रिपोर्टअनुसार, उनले मे महिनाको अन्त्यतिर आईस अधिकारीहरूलाई “बस बाहिर निस्कनुहोस् र अवैध आप्रवासीहरूलाई पक्राउ गर्नुहोस” भनेर निर्देशन दिएका थिए ।

    नयाँ आईस निर्देशनमा, जुन पछि वाल स्ट्रिट जर्नलले पनि पुष्टि गरेको छ, अधिकारी टाटम किङले मिलरले तोकेको लक्ष्य प्रभावित हुने कुरालाई स्वीकार गरेजस्तो देखिन्थ्यो । वाल स्ट्रिट जर्नलले गत साता रिपोर्ट ग¥यो कि गैर–आपराधिक विदेशी कामदारहरूमा गरिएको छापाका कारण उपभोक्ताहरूको किनमेल व्यवहारमै परिवर्तन देखिन थालेको छ । उदाहरणका लागि, वर्षको पहिलो तीन महिनामा कोका–कोलामा ३ र मोदेलो वियरमा ११ प्रतिशतले बिक्री घटेको थियो, जसमा मुख्य कारण हिस्पानिक उपभोक्ताहरूको खरिद घट्नु थियो ।

    उत्पादन गर्ने, र रेस्टुरेन्ट चेनहरूले पनि हिस्पानिक उपभोक्ताहरूको खर्च घटेपछि बिक्रीमा नोक्सानी भएको बताएका छन् । त्यसको असर कन्भिनेन्स स्टोरदेखि ठुला सुपर मार्केटमा पनि परेपछि अपराधिक गतिविधिमा संलग्न नभएकाहरुमाथी धरपकड कम गर्ने नीति शुरु भएको देखिन्छ ।

    Post Views: 290
    प्रकाशित मिति: २०८२ असार १, आईतवार ०९:०७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन
    एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी
    ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई
    Advertisement
    ताजा अपडेट
    • १. राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन

    • २. एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी

    • ३. ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई

    • ४. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    • ५. अख्तियारमा उजुरीः स्थानीय तहमा भ्रष्ट्राचार बढेको की जनता सचेत भएका ?

    चर्चित
    • १. चुनाव बिथोलिने डरले जाँचबुझ आयोगको म्याद फागुन २४ (२५ दिन) सम्मलाई थपियो

    • २. यूरोपेली मुलुक ग्रीसमा अमेरिकी नागरिकका लागि गोल्डन कार्ड प्रणाली लागु

    • ३. ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

    • ४. अमेरिकामा टीपीएस खारेजलाई अदालतद्धारा सदर गरेपछि साँढे ७ हजार नेपाली प्रभावित

    • ५. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.