• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

क्यालिफोर्नियामा नेसनल गार्ड नियन्त्रण गर्न राष्ट्रपति ट्रम्पलाई अनुमति

  •  खबरमाला संवाददाता
  • २०८२ असार ६, शुक्रबार २१:१२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमको आपत्तिका बावजु अमेरिकी अपील अदालतले बिहीबार राष्ट्रपति डोनाल्ड ट्रम्पले लस एन्जलस (एलए) मा नेसनल गार्ड सेनाको नियन्त्रण जारी राख्न सक्ने फैसला गरेको छ ।

    तीन न्यायाधीशको प्यानलले ३८ पृष्ठको सर्वसम्मत फैसलामा ट्रम्पको ‘क्यालिफोर्नियाका गभर्नर ‘मार्फत’ प्रत्यक्ष रूपमा सङ्घीयकरण आदेश जारी गर्न असफल भएको कुराले नेसनल गार्डलाई बोलाउने उनको अन्यथा वैधानिक अधिकारलाई सीमित गर्दैन’ भनेको छ ।

    न्यायाधीशहरूले लेखेका छन्, ‘सङ्घीय कार्यहरू गर्ने सङ्घीय कर्मचारीहरूको सुरक्षा गर्न र सङ्घीय सम्पत्तिको रक्षा गर्न ट्रम्पले नेसनल गार्डका चार हजार सदस्यलाई ६० दिनका लागि सेवामा राख्न आदेश दिएपछि ट्रम्प आफ्नो अधिकारभित्र हुनुहुन्थ्यो ।’

    बिहीबार राति ट्रुथ सोसलमा एक पोस्टमा ट्रम्पले यो निर्णयलाई ‘ठूलो जीत’ भन्दै खुशी मनाए ।

    ‘संयुक्त राज्य अमेरिकाभरि यदि हाम्रा सहरहरू र हाम्रा मानिसहरूलाई सुरक्षा चाहिन्छ भने राज्य र स्थानीय प्रहरी जुनसुकै कारणले काम पूरा गर्न असमर्थ भएमा हामी नै तिनीहरूलाई त्यो दिने व्यक्ति हौँ’, ट्रम्पले लेखेका छन् ।

    गत हप्ता तल्लो अदालतका न्यायाधीशले प्रदर्शनले प्रभावित लस एन्जलसमा तिनीहरूलाई तैनाथ गर्ने राष्ट्रपतिको निर्णय ‘अवैध’ थियो भन्दै ट्रम्पलाई क्यालिफोर्निया नेसनल गार्डको नियन्त्रण न्युसमलाई फिर्ता गर्न आदेश दिएका थिए ।

    सन् १९६५ पछि पहिलो पटक अमेरिकी राष्ट्रपतिले राज्यका गभर्नरको इच्छा विपरीत नेसनल गार्ड तैनाथ गरेका थिए ।

    न्युयोर्क टाइम्सका अनुसार ट्रम्पले अमेरिकी अपिल अदालत नवौँ सर्किटको प्यानलमा दुई न्यायाधीश नियुक्त गरेका थिए र पूर्वराष्ट्रपति जो बाइडेनले तेस्रो न्यायाधीश नियुक्त गरेका थिए । रासस

    Post Views: 263
    प्रकाशित मिति: २०८२ असार ६, शुक्रबार २१:१२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    राहदानी घरमै पुर्‍याउन तयार छन् ‘हल्कारा’
    परराष्ट्रद्धारा अमेरिकाका ४ सहित १५ जना नेपाली अबैतनिक महावाणिज्यदुत हटाइए, विदेशी सबै कायम
    म बालेनको कामको समर्थक हुँ तर सर्वोच्च अदालतमा गलत अभ्यास शुरु भयोः पुर्वन्यायधिष बलराम केसी
    Advertisement
    ताजा अपडेट
    • १. राहदानी घरमै पुर्‍याउन तयार छन् ‘हल्कारा’

    • २. परराष्ट्रद्धारा अमेरिकाका ४ सहित १५ जना नेपाली अबैतनिक महावाणिज्यदुत हटाइए, विदेशी सबै कायम

    • ३. म बालेनको कामको समर्थक हुँ तर सर्वोच्च अदालतमा गलत अभ्यास शुरु भयोः पुर्वन्यायधिष बलराम केसी

    • ४. ‘न्यायालय अब अगाडि जाँदैन, न्याय एउटा घेराभित्र संकुचित हुन्छ’: पूर्वप्रधानन्यायाधीश एवं पूर्वप्रधानमन्त्री सुशीला कार्की

    • ५. एक हजार आठ सयभन्दा बढी अव्यवस्थित बसोबासीलाई पुर्जा दिइने

    चर्चित
    • १. परराष्ट्रद्धारा अमेरिकाका ४ सहित १५ जना नेपाली अबैतनिक महावाणिज्यदुत हटाइए, विदेशी सबै कायम

    • २. रोयल टुलिपपछि रामेश्वर शाहको २ अर्ब रुपैयाँ लगानीमा अर्को ५ तारे होटल जनकपुरमा शुरु

    • ३. नेपाल भारतबीचको लिपुलेक विवाद के हो ? सन् १९५४ को सम्झौतामा के छ ?

    • ४. कम्बोडियामा रहेका नेपालीलाई गैरकानुनी काममा नलाग्न बैकक दुतावासको आग्रह

    • ५. आजदेखि उद्योग वाणिज्य महासंघको चुनाव शुरु, ८७ पदका लागि १३५ जनाबीच निर्वाचन

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.