• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

इजरायल- इरान युद्धः ६ सय नेपालीले उद्दारका लागि नाम लेखाए

  •  खबरमाला संवाददाता
  • २०८२ असार ७, शनिबार ०५:३५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    परराष्ट्र मन्त्रालयले युद्धग्रस्त इजरायल र इरानमा रहेका नेपाली नागरिकको उद्धारका लागि आवश्यक कार्ययोजना बनाउन सरोकारवाला अन्य मन्त्रालयका अधिकारीहरूसँग संयुक्त बैठक गरेको गर्दै सुचना डेक्स स्थापना गरेको छ । जसमा हालसम्म ६ सय भन्दा बढीले नेपाल जान चाहेको बताएका छन । सुचना डेक्समा आफुलाई उद्दार गर्न चाहनेले मात्रै नाम लेखाउन सक्नेछ । नाम दर्ता गराएका ६ सय जनाले आफुलाई सरकारले नेपाल लैजान मद्दत गरोस भन्ने चहोका छन तर सबैले तुरुन्तै उद्दारको आशा गरेका छैनन । बैठकमा परराष्ट्रमन्त्री आरजु देउवा राणा, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारी, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र गृह मन्त्रालयका अधिकारीहरू बैठकमा सहभागी थिए ।

    नेपाल फर्किन चाहनेलाई उद्धार गरेर कसरी ल्याउने विषयमा बैठक केन्द्रित रहेको थियो । परराष्ट्रमन्त्री राणाले नेपाली नागरिकको सुरक्षा र उद्धारका लागि सरकारले सम्भव भएका सबै उपायहरू अवलम्बन गर्नुपर्ने र त्यसका लागि मन्त्रालयगत सहकार्यमा जोड दिएकी थिइन् । युद्धग्रस्त क्षेत्रमा नेपालीहरूको अवस्थाबारे छलफल भएको थियो । श्रममन्त्री भण्डारीले आफूपनि इजराइलमा रहेका नेपालीसँग नियमित सम्पर्कमा रहेको बताएका थिए । बैठकमा विभिन्न विषयमा छलफल भएपनि उद्धारको ठोस कार्ययोजना भने तयार गर्न सकेको छैन ।

    दर्ता गरेकामध्ये केहीले भने जति सक्दो चाँडै नेपाल जान चाहेका छन । ‘उनीहरूलाई स्थलमार्गबाट वा हवाई मार्गबाट कसरी बाहिर निकाल्ने विषयमा प्रयास गर्न सम्बन्धित दूतावासहरूलाई परराष्ट्रमन्त्रीबाट निर्देशन भइसकेको छ ।

    इरान र इजरायलबीचको द्वन्द्व चर्किएपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै नेपाल सरकारले मध्यपूर्वमा रहेका आफ्ना नागरिकको सुरक्षा र सम्भावित उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन गरेको थियो । परराष्ट्र मन्त्रालयमा शुक्रबार बसेको चार मन्त्रालयको संयुक्त बैठकले २४ घण्टा क्रियाशील रहने गरी एक विशेष ‘उद्धार युनिट’ स्थापना गर्ने निर्णय गरेपछि नेपालीहरुले नाम दर्ता शुरु गरेका थिए । बैठकले स्वदेश फर्कन चाहने नेपाली नागरिकहरूलाई परराष्ट्र मन्त्रालयले तयार पारेको अनलाइन पोर्टलमा आफ्नो विवरण दर्ता गर्न आग्रह गरेको छ। परराष्ट्र मन्त्रालयको नेतृत्वमा रहने उक्त उद्धार युनिटमा गृह, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अधिकारीहरू पनि रहनेछन्। उनीहरुले आवश्यक समन्वय र उद्धारको रणनीति तयार पार्नेछन्।

    इजरायलस्थित नेपाली दूतावास र इरान हेर्ने कतारस्थित नेपाली दूतावासका अधिकारीलाई नेपाली समुदायसँगको निकट सम्पर्कमा रहेर ‘रियल टाइम रिपोर्टिङ’ गर्न भनिएको छ । इजरायलमा ५ देखि ७ हजार र इरानमा १७ जना नेपाली रहेको जनाइएको छ ।

    Post Views: 213
    प्रकाशित मिति: २०८२ असार ७, शनिबार ०५:३५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाढीपहिरोबाट भएको क्षतिमा ३ अर्ब ७८ लाखको बीमा दाबी
    अबैध आप्रबासन रोक्न युरोपको २९ देशमा डिजिटल सीमा व्यवस्थापन प्रणाली लागूः के हो डिजिटल सीमा व्यवस्थापन प्रणाली ?
    यसरी हुनसक्छ युवा व्यवस्थापन
    Advertisement
    ताजा अपडेट
    • १. बाढीपहिरोबाट भएको क्षतिमा ३ अर्ब ७८ लाखको बीमा दाबी

    • २. अबैध आप्रबासन रोक्न युरोपको २९ देशमा डिजिटल सीमा व्यवस्थापन प्रणाली लागूः के हो डिजिटल सीमा व्यवस्थापन प्रणाली ?

    • ३. यसरी हुनसक्छ युवा व्यवस्थापन

    • ४. क्यानडामा अन्तराष्ट्रिय विधार्थीमाथी कडाई, भारतीय विधार्थीको भिषामा उच्च गिरावट

    • ५. न्यूयोर्क मेयरमा माम्दानीको विजयपछि आप्रवासीलाई आईसको त्रास

    चर्चित
    • १. भोजपुर र सङ्खुवासभालाई जोड्ने अरूण नदीको लम्सुवाघाट पक्की पुल १५ वर्षसम्म किन बनेन ?

    • २. विदेशमा रहेका ७० लाख नेपाली मतदानबाट बन्चित गर्ने की मतदानको अधिकार दिने ?

    • ३. अमेरिकाको टेक्सासबाट चार दिनदेखि नेपाली विद्यार्थी वेपत्ता

    • ४. नेपाल फर्किन टिकट काटेका ११ राजदुतहरु सर्वोच्चको आदेशपछि रोकिए

    • ५. दैनिक एक हजार थान राहदानी उपलब्ध गराइने

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.