• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिका पढ्न जाने वा गएका विधार्थीले सोसल मिडिया किन दुरुस्त राख्न जरुरी छ ? भिषा अस्वीकृत वा पाएको भिषा पनि रद्द हुने !

  •  खबरमाला संवाददाता
  • २०८२ असार १२, बिहीबार ०६:३३ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    अमेरिकाले केहि समय रोकिएको अन्तर्राष्ट्रिय विधार्थीहरुका लागि भिषा प्रक्रिया तय गरिएको नयाँ मापदण्डसहित पुन शुरु गरेको छ । केहि परिमार्जित प्रक्रियामा खास गरी सोसल मिडियालाई चेक जाँच गर्ने मुख्य आधार बनाएको छ । अमेरिकामा पढ्न गएका विधार्थीहरुले आन्दोलन गर्ने र अमेरिकी भुमिमा अमेरिकाको विरोधी देशहरुको पक्षमा आन्दोलनमा सहभागी हुने र अमेरिका विरोधी भुमिका खेलेको भन्दै विधार्थीहरुका लागि भिषा दिन नयाँ प्रावधान शुरु गरेको हो । गत बर्ष अमेरिकामा प्रो प्यालेस्टानीहरुले कलेजहरुका आन्दोलनद गरेदेखि नै अमेरिकी सरकारले विधार्थी भिषामा कडाई गर्ने नीति लिएको थियो ।

    त्यसैले कोही पनि विधार्थीहरुले अमेरिका पढ्न आउने सोचमा छन भने जति पनि सोसल मिडिया छन भने लक गरिएको छ भने त्यो मान्य नहुने अमेरिकी दुतावासको पे्रस विज्ञप्तिमा उल्लेख छ । अमेरिकी विदेश मन्त्रालयको निर्देशनमा भनिएको छ “सामाजिक सञ्जालको कडाइका साथ गरिएको स्क्रिनिङले हाम्रो देशमा प्रवेश गर्न चाहने प्रत्येक व्यक्तिलाई उपयुक्त रूपमा मूल्याङ्कन गर्न सहयोग गर्नेछ ।”

     


    भिषा आवेदकले फेसबुक, ट्वीटर, ईन्स्टाग्राम जस्ता सोसल मिडियाका एकाउन्टहरु लक सामाजिक सञ्जालहरु फ्लोअर्सहरुले मात्र देख्न पाउनेगरी प्राइभेट त गरिएको छ भने ती सामाजिक सञ्जालहरु पब्लिक मोडमा राख्नु पर्ने आसयको सुचना विज्ञप्तिमा उल्लेख छ । तपाई अमेरिकाको भिसा आवेदन दिने तयारीमा हुनहुन्छ भने सोसल मिडिया लक भएमा तपाईको भिसा अस्वीकृत हुनसक्नेछ । सोसल मिडियामा राखिएका सामाग्रीको आधारमा अबको दिनमा ती भिषा आवेदकहरुको भिषा स्वीकृति वा अस्वीकृति हुने संभावना छ ।

    अमेरिकी दूतावास काठमाडौंले एक विज्ञप्ति जारी गर्दै विद्यार्थी भिसा एफ, एम वा जे गैर आप्रवासी श्रेणीका भिसाका लागि आवेदन दिने सबै व्यक्तिहरूलाई आफ्ना सबै व्यक्तिगत सामाजिक सञ्जाल खाताहरूको गोपनीयता सेटिङलाई ‘सार्वजनिकमा परिवर्तन अनुरोध गरेको छ । यसले पहिचान र अमेरिका प्रवेश योग्यता पुष्टि गर्न आवश्यक जाँच प्रक्रियालाई सहज बनाउने दूतावासको विज्ञप्तिमा उल्लेख छ । साथै दूतावासले प्रत्येक भिसा निर्णय राष्ट्रिय सुरक्षासँग सम्बन्धित निर्णय भएकोले सोसल मिडियामा पोष्ट गरेको भरमा उनिहरुको आचरण जाँच गर्ने भनिएको छ ।
    अमेरिकाको विदेश मन्त्रालयले गत साता विद्यार्थी भिसाका विद्यार्थी भिसाका नयाँ अन्तरवार्ता अप्वाइन्टमेन्टहरु सुचारु गर्न निर्देशन दिएसंगै सोसल मिडिा जाँच प्रक्रियालाई कडाई गरिएको हो । त्यसका लागि सामाजिक सञ्जालसम्बन्धी कडा दिशानिर्देशहरू लागू गरेको छ । गत बुधबार दूतावास र कन्सुलेटहरूलाई दिइएको निर्देशनअनुसार यदि आवेदकले आफ्ना सामाजिक सञ्जाल एकाउन्टहरू प्राइभेट मोडमा राखेमा उनीहरूको भिसा अस्वीकृत हुन सक्नेछ ।

    अमेरिकाले गत महिना विदेशी विद्यार्थीहरूको नयाँ भिसा अपोइन्टमेन्ट स्थगित गरेको थियो । यो कदम ट्रम्प प्रशासनले विश्वविद्यालयहरूमा यहुदी विरोधी भावना र अन्य राष्ट्रिय सुरक्षा चिन्ताहरूलाई प्रोत्साहन गरेको आरोप लगाएपछि चालिएको कुटनीतिक कदम थियो ।

    विदेशमन्त्री मार्को रुबियोद्वारा हस्ताक्षरित आन्तरिक निर्देशनमा आवेदकहरूको अनलाइन उपस्थितिको समीक्षा गर्नुपर्ने र नयाँ प्रक्रियाहरू पाँच दिनपछि लागू हुने उल्लेख गरिएको थियो । यसको अर्थ यो नियम गत सातादेखि पूर्ण रूपमा लागु भएको छ । सामाजिक सञ्जालमात्र नभई सबै प्रकारका अनलाइन उपस्थिति—जस्तै प्रकाशनहरू वा डाटाबेसमा नाम समावेश—सम्म स्क्रिनिङ विस्तार गरिनेछ । भिषा आवेदकले लेख्ने लेख, समाचार, विचार जस्ता विषय पनि चेक जाँचको दायरामा देखिन्छ । यो कडाइ नयाँ र दोहोरिएर आवेदन दिने दुवै प्रकारका विद्यार्थी भिसा आवेदकमाथि लागू हुने बताइएको छ ।

    विद्यार्थी भिसा प्रक्रियाको मुख्य समय मेदेखि अगस्ट महिनासम्म पर्ने भएकाले यो केहि समय भएको भिषा प्रक्रियाको स्थगनका कारण विधार्थीहरुमा अन्यौलता थपेको थियो । भिषामा कडाई भन्दा पनि भिषा आवेदकले अमेरिकी नागरिक, संस्कृति, सरकार, संस्था वा स्थापना सिद्धान्तप्रति शत्रुता देखाउने कुनै पनि संकेतको खोजी गर्न यसो गरिएको विदेश मन्त्रालयले जनाएको छ । विदेशी आतंककारी, अमेरिकी राष्ट्रिय सुरक्षाका अन्य खतरा, अवैध यहूदी विरोधी दुव्र्यवहार वा हिंसालाई समर्थन गर्ने वा त्यसमा संलग्नता देखाउने सामग्री तथा राजनीतिक सक्रियताको इतिहास भएको व्यक्तिप्रति सचेत रहन र त्यहि अनुसार भिषा आवेदन स्वीकृति गर्न निर्देशन दिइएको छ । भिसा अधिकारीहरूले यस्तो राजनीतिक गतिविधि अमेरिका प्रवेश गरेपछि पनि जारी रहने सम्भावनाको मूल्याङ्कन जारी राख्ने र भिषा पाएकाहरुले पनि त्यस्ता कार्यहरु सुचारु राखेमा कुनै पनि बेला भिषा रद्द हुने चेतावनी दिइएको छ । पछिल्ला दिनहरुका आन्दालनमा सहभागी भएको र अमेरिकी नीति विपरित गतिविधि गरेका हजारौ विधार्थीहरुको भिषा रद्द भएको अन्तराष्ट्र्रिय समाचार माध्यमहरुले जनाएका छन ।

    Post Views: 343
    प्रकाशित मिति: २०८२ असार १२, बिहीबार ०६:३३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    “चिकेन नेक” दक्षिण एसियाको रणनीतिक सन्तुलन र भारतका लागि सदैव संवेदनशिल किन ?
    राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन
    एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी
    Advertisement
    ताजा अपडेट
    • १. “चिकेन नेक” दक्षिण एसियाको रणनीतिक सन्तुलन र भारतका लागि सदैव संवेदनशिल किन ?

    • २. राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन

    • ३. एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी

    • ४. ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई

    • ५. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    चर्चित
    • १. यूरोपेली मुलुक ग्रीसमा अमेरिकी नागरिकका लागि गोल्डन कार्ड प्रणाली लागु

    • २. अमेरिकामा टीपीएस खारेजलाई अदालतद्धारा सदर गरेपछि साँढे ७ हजार नेपाली प्रभावित

    • ३. काठमाडौं पुगे चीनका नयाँ राजदूत झाङ माओमिङ

    • ४. ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई

    • ५. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.