• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकामा जन्मिए पनि नागरिकता पाउन कठिन हुने सर्वोच्च अदालतको फैसला, राष्ट्रपति ट्रम्पद्धारा आदेशको स्वागत

  •  खबरमाला संवाददाता
  • २०८२ असार १४, शनिबार ०४:०४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिकी सर्वोच्च अदालतले शुक्रबार गरेको फैसलाले अमेरिकी राष्ट्रपतिहरुको अधिकार क्षेत्रलाई बलियो बनाएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प र भविष्यका अमेरिकी राष्ट्रपतिहरूलाई यो फैसलाले महत्वपूर्ण जित दिलाएको अमेरिकी सन्चार माध्यमहरुले बताएका छन । अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनले गरेका सयौ कार्यकारी आदेशविरुद्ध संघीय अदालतहरुले रोक लगाएपछि सर्वोच्च अदालतले कार्यकारी राष्ट्रपतिका अधिकारहरुलाई साँघुरो बनाउने गरी अदालतहरूको आदेशहरूलाई रोक्ने आदेशमा अंकुश लगाउने फैसला सुनाएको हो । सर्वोच्चको आदेशपछि राष्ट्रपति ट्रम्पले खुसी व्यक्त गर्दै शक्ति पृथकीकरणका कारण आफुलाई कम गर्ने अधिकार दिएको भन्दै आफुले न्याय पाएको बताएका छन । संघीय अदालतले राष्ट्रपतिका अधिकारहरुमा बाधा पुर्याएको भन्दै केहि अंकुस लगाएको छ ।

    यो फैसला राष्ट्रपतिहरूको कार्यकारी शक्ति बलियो बनाउने ऐतिहासिक मोड हो । यसले तिनीहरूलाई तल्लो अदालतले सम्पूर्ण देशका लागि रोक लगाउने अधिकारमा अंकुश लगाएर, राष्ट्रपतिलाई आफ्ना नीतिहरू कार्यान्वयन गर्न थप स्वतन्त्रता दिएको छ । तर संविधान र कानूनको सीमाभन्दा बाहिर जान खोजेमा, अन्ततः अदालतहरूले फेरि हस्तक्षेप गर्ने बाटो खुलै रहनेछ भनिएको छ ।

    राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसको पत्रकार सम्मेलन कक्षमा मञ्चमा उभिएर उत्साहित हुँदै यस निर्णयलाई “ठूलो, अद्भुत फैसला” भन्दै स्वागत गरे र प्रशासन “यसबाट अत्यन्तै खुशी” भएको बताएका छन । उनले यसलाई “संविधान, शक्तिको पृथकीकरण र कानूनको शासनका लागि ऐतिहासिक विजय” भनेका छन । यो अदालतको निर्णयले केवल ट्रम्पको जन्मसिद्ध नागरिकताको आदेशलाई मात्र असर गर्दैन, यसले त्यस्ता धेरै नीतिहरू कार्यान्वयन गर्ने बाटो खोलिदिएको छ, जसलाई अघिसम्म समान राष्ट्रव्यापी निषेधाज्ञाले अस्थायी रूपमा रोकिएको थियो ।

    शुक्रबारको सर्वोच्च अदालतको निर्णयले ट्रम्प प्रशासनलाई कम्तीमा अहिलेका लागि अमेरिकी भूमिमा जन्मिएका सबैलाई स्वचालित रूपमा नागरिकता नदिने बाटो खोलिदिएको छ । तर यो नीति कार्यान्वयन गर्नु अब ह्वाइट हाउसको काँधमा आएको जटिल कार्य हुनेछ भन्दै विविसिले समाचार छापेको छ । सर्वोच्च अदालतले ट्रम्पको कार्यकारी आदेशलाई एक महिनापछि लागू हुने अनुमति दिएको छ, तर त्यससँगै तल्लो अदालतहरूले मुद्दा गर्नसक्ने पक्षहरूलाई लक्षित गरी आदेशको प्रभावलाई सीमित गर्न सक्ने अधिकार पनि राखेको छ । स्मरणीय रहोस राष्ट्रपतिले अमेरिकामा गैरकानुनी रुपमा बसेकाहरुबाट जन्मिएका बालबालिाका स्वतह नागरिक हुने कार्यलाई बैधता नदिने पक्षमा वकालत गर्दै आएको छ । केहि अधिकारकर्मीबाहेक धेरैले अमेरिकामा रहेका अबैध व्यक्तिबाट जन्मिएका व्यक्तिहरुलाई स्वतह नागरिकता दिंदा समस्या आउने भन्दै बिरोध भई रहेका छन ।

    त्यसो हुँदा अमेरिका आउने बच्चा जन्माउने र बैधता खोज्ने कार्यले ठुलो कानुनी जटिलता उत्पन्न मात्रै भएको छैन अमेरिकी भुमिमा आएर बच्चा जन्माउने खेती फस्टाएको बताईन्छ ।

    अब ३ अवस्थामा जन्मसिद्ध नागरिकता पाइनेछैन

    ट्रम्पले ‘प्रोटेक्टिङ द मिनिङ एण्ड भ्यालु अफ अमेरिकन सिटिजन’ नामक कार्यकारी आदेशमार्फत जन्मसिद्ध नागरिकताको कानुनमा संशोधन गरेका थिए । उक्त आदेशअनुसार निम्न ३ अवस्थामा अमेरिकी नागरिकता दिइने छैन:

    १. आमा अवैध रूपमा अमेरिकामा बसोवास गरिरहेको अवस्थामा उनले अमेरिकामा जन्माएको बच्चाले अमेरिकी नागरिकता पाउनेछैन ।

    २. आमाको अमेरिकी बसाइ वैध भए पनि उनी अस्थायी अनुमतिमा बसिरहेको अवस्थामा जन्मिएको बच्चाले पनि नागरिकता पाउनेछैनन् ।

    ३. बच्चाको जन्म समयमा बाबु अमेरिकी नागरिक वा वैध स्थायी निवासी होइनन् भने पनि बच्चाले अमेरिकी नागरिकता पाउनेछैनन् ।

    जन्मसिद्ध नागरिकताको इतिहास ?

    अमेरिकी संविधानको १४औं संशोधनले जन्मका आधारमा नागरिकताको अधिकार दिएको छ। यही संशोधनअन्तर्गत अमेरिकाभित्र बसोबास गरिरहेका आप्रवासीहरूका सन्तानलाई पनि नागरिकताको अधिकार मिल्दै आएको छ।

    सन् १८६५ मा अमेरिकी गृहयुद्ध समाप्त भएपछि जुलाई १८६८ मा अमेरिकी संसदले संविधानको १४औं संशोधन पारित गरेको थियो । यसमा भनिएको छ, ‘अमेरिकामा जन्मिएका सबै व्यक्ति नागरिक हुन्।’

    यसको मुख्य उद्देश्य त्यतिबेलाका दास बनाइएका अश्वेतहरूलाई नागरिकता दिनु थियो।

    तर, कालान्तरमा अमेरिकामा जन्मिएका सबै बालबालिकालाई समेट्छ, चाहे उनका आमाबाबुको आप्रवासन स्थिति जेसुकै होस् भने जसरी व्याख्या र कार्यान्वयन हुँदै आएको थियो ।

    अमेरिकामा यो चलन लामो समयदेखि चल्दै आएको छ। आलोचकहरूले यसलाई ‘बर्थ टुरिज्म’ भन्छन्।

    Post Views: 199
    प्रकाशित मिति: २०८२ असार १४, शनिबार ०४:०४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    वैदेसिक रोजगारीमा जाने झन बढे, दैनिक २३ सय
    विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था मिलाउन सर्वोच्चको आदेश
    २०२१ भन्दा पहिला अमेरिका आएका आप्रवासीलाई “वर्क परमिट” दिन तल्लो सदनमा विधेयक प्रस्तुत
    Advertisement
    ताजा अपडेट
    • १. वैदेसिक रोजगारीमा जाने झन बढे, दैनिक २३ सय

    • २. विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था मिलाउन सर्वोच्चको आदेश

    • ३. २०२१ भन्दा पहिला अमेरिका आएका आप्रवासीलाई “वर्क परमिट” दिन तल्लो सदनमा विधेयक प्रस्तुत

    • ४. अमेरिकी राष्ट्रपति ट्रम्पले लगाएको ट्यारिफका कारण अमेरिकालाई ४७ अर्ब डलर फाइदा !

    • ५. क्रिप्टोकरेन्सी ’बिटकोइन’को मूल्य बढेर पहिलो पटक एक लाख २० हजार

    चर्चित
    • १. नेपालकै पुरानो टिभी च्यानल ईमेज च्यानल कामना प्रकासन समुहले किन्यो

    • २. अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा हुने ’सेटिङ’ भत्काउन कर्मचारी खटनपटनमा फेरबदलीमा नयाँ प्रयोग

    • ३. अमेरिकाको लुजियाना विश्वविधालयमा पढ्ने २ नेपाली विधार्थीको कार दुर्घटनामा निधन, २ घाईते

    • ४. अमेरिकाको लुजियाना विश्वविधालयमा पढ्ने २ नेपाली विधार्थीको कार दुर्घटनामा निधन, २ घाईते

    • ५. विनाभिषा आउनेका लागि “अमेरिकी सपना”मा लागेको पर्खालः अमेरिका–मेक्सिको र क्यानडा सीमाको रोचक तथ्यहरु !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.