• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकी राष्ट्रपति ट्रम्पको मध्यस्थतामा युद्धरत रुवान्डा र कङ्गोले गरे द्वन्द्व अन्त्यको सहमति

  •  खबरमाला संवाददाता
  • २०८२ असार १४, शनिबार ०६:११ प्रकाशित
    JPG converted with https://ezgif.com/avif-to-jpg
    • अ-
    • अ
    • अ+

    दुई अफ्रिकी देश रुवान्डा र प्रजातान्त्रिक गणतन्त्र कङ्गोले फेरि अमेरिकामा सहमति कायम गर्दै दशकौँदेखिको द्वन्द्व अन्त्य गरेका छन्। शुक्रबार दुई देशबीच अमेरिकामा भएको वार्तामा सहमति भएपछि दुवै देशसँग अमेरिकाले खनिज सम्झौता गर्ने सम्भावना प्रबल भएको छ। यस सहमतिले प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा वर्षौँदेखि भएको सैन्य गतिविधिको अन्त्य गर्दै शान्ति स्थापना गर्न सहयोग पुग्ने छ। ‘आज हिंसा र विध्वंसको अन्त्य भएको छ। यस पुरै क्षेत्रमा आशा र अवसरको नयाँ अध्याय सुरु भएको छ,’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने।

    अमेरिकी उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्क रुबियोसहित रुवान्डा र प्रजातान्त्रिक कङ्गोका अधिकारीको उपस्थितिमा सहमति भएको हो।

    अफ्रिकन अधिकारीले हस्ताक्षर गरिसकेपछि सोही सहमतिमा हस्ताक्षर गर्दै ट्रम्पले यसलाई जर्बजस्त सफलताको रूपमा व्याख्या गरे। सहमतिमा तीन देशका विदेश मन्त्रीको हस्ताक्षर छ।

    कङ्गोको राष्ट्रपति कार्यालयले शुक्रबार विज्ञप्ति जारी गर्दै यसलाई ३० वर्ष यताकै कूटनीतिक सफलताको रूपमा व्याख्या गरिएको छ। यो सहमति पछि डिआर कङ्गोका राष्ट्रपति फेलिक्स तिस्केदी र रुवान्डाका राष्ट्रपति पाउल कागामे चाँडो नै अमेरिका जाने भएका छन्। यी दुई राष्ट्रपति सायद एकै पटक अमेरिका जान सक्ने छन्।

    यी दुई देशबीच मध्यस्थ गर्न कतारले ठुलो भूमिका निर्वाह गरेको थियो। यस वर्षको सुरुवातमा नै कतारले पहल गरेपछि उसैले अमेरिकासँग पनि सम्पर्क गराएको हो।

    डिआर कङ्गोका थुप्रै महत्त्वपूर्ण सहर एम २३ विद्रोहीले कब्जा गरेपछि डिआर कङ्गोमा वर्षौँदेखिको हिंसा यस वर्ष अझ बढेको थियो। विद्रोहीले प्रान्तीय राजधानी गोमा सहितको स्थान कब्जा गर्ने क्रममा हजारौँको ज्यान गएको थियो सयौँ हजारौँ विस्थापित भएका थिए।

    Post Views: 338
    प्रकाशित मिति: २०८२ असार १४, शनिबार ०६:११
    Advertisement
    संबन्धित शिर्षकहरु
    अमेरिका र इरानबीच युद्धविराम, संसारभर खुसीयाली !
    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा सागर अधिकारी
    परराष्ट्रमन्त्री खनाल र सीपीसीका नेता लिउबीच भेटवार्ता
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिका र इरानबीच युद्धविराम, संसारभर खुसीयाली !

    • २. धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा सागर अधिकारी

    • ३. परराष्ट्रमन्त्री खनाल र सीपीसीका नेता लिउबीच भेटवार्ता

    • ४. क्यानडामा नेपाली उत्पादनको निर्यात प्रर्वद्धन गर्न ब्रम्टनमा छलफल

    • ५. क्यानडामा गाडी दुर्घटनामा निधन भएका दुई विधार्थीको परिचय खुल्यो !

    चर्चित
    • १. बङ्गलादेशको एसियन युनिभर्सिटी फर वुमनको उपकुलपतिमा डा सङ्गीता रायमाझी

    • २. बैंककस्थित दूतावासले पठायो २०० भन्दा बढी मानव तस्करको नाम

    • ३. विश्वकप फुटबलको २३औं संस्करण शुक्रबारदेखि शुरु

    • ४. धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा सागर अधिकारी

    • ५. अमेरिका- ईरान युद्धविराम हुने अमेरिकी राष्ट्रपति ट्रम्पको दावी, सबै हवाई आक्रमण रद्द !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.