• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकी सिनेटबाट पास भएको “बीग ब्यूटिफुल” बीलमा अबैध आप्रबासन रोक्न ठुलो बजेट

  •  खबरमाला संवाददाता
  • २०८२ असार १८, बुधबार ०५:१० प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चाहाना अनुसार प्रमुख कर र खर्च सम्बन्धी विधेयक पारित सिनेटबाट पास भएको छ । अत्यन्तै महत्वका साथ हेरिएको यस बीग ब्यूटिफुलको उपनाम दिइएको बिल पास हुँदा रिपव्लिकनहरुले ठुलो जीतको रुपमा लिएका छन । घन्टौंको गतिरोधपछि झिनो मतान्तरले पारित गरेका छन्, जसको अर्थ प्रस्तावित कानुनले आफ्नो प्रमुख बाधामध्ये एक पार गरेको रुपमा लिइएको छ । यो विधेयक उपराष्ट्रपति जेडी भ्यान्स ले टाई ब्रेकर मत खसालेर पारित गराएका हुन्, जुन २४ घण्टाभन्दा बढी लामो बहसपछि सम्पन्न भएको हो ।

    यो बीलले अबैध आप्रवासी डिपोर्ट योजनामा व्यापक लगानी गर्नेछ । जसमा ४५ अर्ब (इमिग्रेशन एन्ड कस्टम्स इनफोर्समेन्ट) हिरासत केन्द्र, १४ अर्ब डिर्पोटेसन कार्य, र २०२९ सम्म १० हजार नयाँ एजेन्ट नियुक्तिका लागि बजेट छुट्याइएको छ । थप ५० अर्ब सीमानामा पर्खाल निर्माणका लागि छुट्याइएको छ, जसमा मेक्सिकोसँगको सीमा क्षेत्र पनि समावेश हुन सक्छ ।

    अब यो विधेयक तल्लो सदन (प्रतिनिधिसभा) मा फिर्ता जानेछ । जहाँ अझै पनि त्यसविरुद्ध व्यापक विरोध बाँकी छ । यसभन्दा अघि एक मतको बहुमतले प्रतिनिधिसभाबाट पास भएको थियो । डोनाल्ड ट्रम्पले रिपब्लिकनले नियन्त्रणमा लिएको कंग्रेसलाई ४ जुलाईको डेडलाइन दिएका थिए, ताकि उनी विधेयकमा हस्ताक्षर गरेर यसलाई कानुन बनाउने तयारी स्वरुप ।

    रिपव्लिकनहरुको बहुमत रहेको सिनेटनमा यस बिलमा समर्थन गर्ने बेला तीनजना रिपब्लिकन सांसदहरू गुमाएका छन । मेनकी सुसन कोलिन्स, नर्थ क्यारोलाइनाका थोम टिलिस, र केन्टकीका र्यान्ड पॉल जसले सबै डेमोक्र्याटहरूसँग मिलेर विधेयकको विपक्षमा मतदान गरेका छन ।
    ्यो बिलले करमा कुल ४ दशमलव ५ ट्रिलियन डलरले कटौती गर्नेछ, जसमा विस्तारित बाल कर क्रेडिट, केही वृद्ध अमेरिकीहरूका लागि ठूलो मानक कटौती र अमेरिकामा बनेका नयाँ कारका खरिदकर्ताकाका लागि कटौती समावेश छ । बिलमा राज्य र स्थानीय कर कटौतीको सीमा १० हजार डलरबाट ४० हजारमा उठाउने योजना समावेश छ ।

    सिनेटले गरेका परिवर्तनहरू प्रतिनिधि सभाले स्वीकार गर्ने कि नगर्ने भन्ने कुरा अझै स्पष्ट छैन । प्रतिनिधि सभाले गत महिना उक्त विधेयकको प्रारम्भिक मस्यौदालाई एक मतको झिनो बहुमतले स्वीकृति दिएको थियो । यद्यपि रिपब्लिकनहरूले कांग्रेसका दुबै सदनमा नियन्त्रणमा छ ।

    यो विधेयक ट्रम्पको राष्ट्रपतिकालको लागि अत्यावश्यक मानिएको छ । यसले २०१७ मा ट्रम्पको पहिलो कार्यकालमा गरिएको कर कटौतीलाई विस्तार गर्नेछ, र टिप्स, ओभरटाइम र केही कार ऋणका ब्याजमा कर कटौतीको नयाँ प्रावधानहरू समावेश गरिएको छ । अब विधेयक फेरि प्रतिनिधिसभामा गएको छ, जहाँ सभामुख जोनसनले आफ्नो पार्टीको विभिन्न गुटहरू बीच सहमति गराउनु पर्ने चुनौती छ । मध्यमार्गीहरू सामाजिक सुरक्षाको कटौतीप्रति चिन्तित छन् भने, दायाँपन्थीहरू यसले धेरै खर्च गर्ने भन्दै विरोधमा छन् ।

    Post Views: 360
    प्रकाशित मिति: २०८२ असार १८, बुधबार ०५:१०
    Advertisement
    संबन्धित शिर्षकहरु
    जापानमा नेपालीको बढ्दो मृत्यू, आत्महत्या कारण के हो ?
    रुस-युक्रेन युद्धमा रुसी सेनामा भर्ना भएका ‘भाडाका सैनिक’ १ सय ३१ नेपाली मृत्यु !
    अर्जेन्टिनालाई हराउँदै स्पेनले १–० ले जित्यो विश्वकपको उपाधि
    Advertisement
    ताजा अपडेट
    • १. जापानमा नेपालीको बढ्दो मृत्यू, आत्महत्या कारण के हो ?

    • २. रुस-युक्रेन युद्धमा रुसी सेनामा भर्ना भएका ‘भाडाका सैनिक’ १ सय ३१ नेपाली मृत्यु !

    • ३. रोड्रीले जिते गोल्डेन बल, एमबाप्पेलाई गोल्डेन बुट

    • ४. अर्जेन्टिनालाई हराउँदै स्पेनले १–० ले जित्यो विश्वकपको उपाधि

    • ५. फ्रान्सलाई ६–४ ले हराउँदै इंग्ल्यान्ड बन्यो तेस्रो, पुरस्कार २ करोड ९० लाख अमेरिकी डलर

    चर्चित
    • १. अमेरिकामा अन्तर्राष्ट्रिय विधार्थीमाथी थप कडाईको संकेत !१७ प्रतिशत अन्तर्राष्ट्रिय विधार्थी घटेको तथ्यांक ?

    • २. नयाँ राजदुत नियूक्तिमा प्रधानमन्त्रि र परराष्ट्रमन्त्रिको आआफ्नै लिष्ट !

    • ३. अमेरिकी ग्रीनकार्ड पाउन अब एक लाख डलर धरौटी !

    • ४. अर्जेन्टिनालाई हराउँदै स्पेनले १–० ले जित्यो विश्वकपको उपाधि

    • ५. फ्रान्सलाई ६–४ ले हराउँदै इंग्ल्यान्ड बन्यो तेस्रो, पुरस्कार २ करोड ९० लाख अमेरिकी डलर

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.