• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकी सिनेटबाट पास भएको “बीग ब्यूटिफुल” बीलमा अबैध आप्रबासन रोक्न ठुलो बजेट

  •  खबरमाला संवाददाता
  • २०८२ असार १८, बुधबार ०५:१० प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चाहाना अनुसार प्रमुख कर र खर्च सम्बन्धी विधेयक पारित सिनेटबाट पास भएको छ । अत्यन्तै महत्वका साथ हेरिएको यस बीग ब्यूटिफुलको उपनाम दिइएको बिल पास हुँदा रिपव्लिकनहरुले ठुलो जीतको रुपमा लिएका छन । घन्टौंको गतिरोधपछि झिनो मतान्तरले पारित गरेका छन्, जसको अर्थ प्रस्तावित कानुनले आफ्नो प्रमुख बाधामध्ये एक पार गरेको रुपमा लिइएको छ । यो विधेयक उपराष्ट्रपति जेडी भ्यान्स ले टाई ब्रेकर मत खसालेर पारित गराएका हुन्, जुन २४ घण्टाभन्दा बढी लामो बहसपछि सम्पन्न भएको हो ।

    यो बीलले अबैध आप्रवासी डिपोर्ट योजनामा व्यापक लगानी गर्नेछ । जसमा ४५ अर्ब (इमिग्रेशन एन्ड कस्टम्स इनफोर्समेन्ट) हिरासत केन्द्र, १४ अर्ब डिर्पोटेसन कार्य, र २०२९ सम्म १० हजार नयाँ एजेन्ट नियुक्तिका लागि बजेट छुट्याइएको छ । थप ५० अर्ब सीमानामा पर्खाल निर्माणका लागि छुट्याइएको छ, जसमा मेक्सिकोसँगको सीमा क्षेत्र पनि समावेश हुन सक्छ ।

    अब यो विधेयक तल्लो सदन (प्रतिनिधिसभा) मा फिर्ता जानेछ । जहाँ अझै पनि त्यसविरुद्ध व्यापक विरोध बाँकी छ । यसभन्दा अघि एक मतको बहुमतले प्रतिनिधिसभाबाट पास भएको थियो । डोनाल्ड ट्रम्पले रिपब्लिकनले नियन्त्रणमा लिएको कंग्रेसलाई ४ जुलाईको डेडलाइन दिएका थिए, ताकि उनी विधेयकमा हस्ताक्षर गरेर यसलाई कानुन बनाउने तयारी स्वरुप ।

    रिपव्लिकनहरुको बहुमत रहेको सिनेटनमा यस बिलमा समर्थन गर्ने बेला तीनजना रिपब्लिकन सांसदहरू गुमाएका छन । मेनकी सुसन कोलिन्स, नर्थ क्यारोलाइनाका थोम टिलिस, र केन्टकीका र्यान्ड पॉल जसले सबै डेमोक्र्याटहरूसँग मिलेर विधेयकको विपक्षमा मतदान गरेका छन ।
    ्यो बिलले करमा कुल ४ दशमलव ५ ट्रिलियन डलरले कटौती गर्नेछ, जसमा विस्तारित बाल कर क्रेडिट, केही वृद्ध अमेरिकीहरूका लागि ठूलो मानक कटौती र अमेरिकामा बनेका नयाँ कारका खरिदकर्ताकाका लागि कटौती समावेश छ । बिलमा राज्य र स्थानीय कर कटौतीको सीमा १० हजार डलरबाट ४० हजारमा उठाउने योजना समावेश छ ।

    सिनेटले गरेका परिवर्तनहरू प्रतिनिधि सभाले स्वीकार गर्ने कि नगर्ने भन्ने कुरा अझै स्पष्ट छैन । प्रतिनिधि सभाले गत महिना उक्त विधेयकको प्रारम्भिक मस्यौदालाई एक मतको झिनो बहुमतले स्वीकृति दिएको थियो । यद्यपि रिपब्लिकनहरूले कांग्रेसका दुबै सदनमा नियन्त्रणमा छ ।

    यो विधेयक ट्रम्पको राष्ट्रपतिकालको लागि अत्यावश्यक मानिएको छ । यसले २०१७ मा ट्रम्पको पहिलो कार्यकालमा गरिएको कर कटौतीलाई विस्तार गर्नेछ, र टिप्स, ओभरटाइम र केही कार ऋणका ब्याजमा कर कटौतीको नयाँ प्रावधानहरू समावेश गरिएको छ । अब विधेयक फेरि प्रतिनिधिसभामा गएको छ, जहाँ सभामुख जोनसनले आफ्नो पार्टीको विभिन्न गुटहरू बीच सहमति गराउनु पर्ने चुनौती छ । मध्यमार्गीहरू सामाजिक सुरक्षाको कटौतीप्रति चिन्तित छन् भने, दायाँपन्थीहरू यसले धेरै खर्च गर्ने भन्दै विरोधमा छन् ।

    Post Views: 138
    प्रकाशित मिति: २०८२ असार १८, बुधबार ०५:१०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    वैदेसिक रोजगारीमा जाने झन बढे, दैनिक २३ सय
    विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था मिलाउन सर्वोच्चको आदेश
    २०२१ भन्दा पहिला अमेरिका आएका आप्रवासीलाई “वर्क परमिट” दिन तल्लो सदनमा विधेयक प्रस्तुत
    Advertisement
    ताजा अपडेट
    • १. वैदेसिक रोजगारीमा जाने झन बढे, दैनिक २३ सय

    • २. विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था मिलाउन सर्वोच्चको आदेश

    • ३. २०२१ भन्दा पहिला अमेरिका आएका आप्रवासीलाई “वर्क परमिट” दिन तल्लो सदनमा विधेयक प्रस्तुत

    • ४. अमेरिकी राष्ट्रपति ट्रम्पले लगाएको ट्यारिफका कारण अमेरिकालाई ४७ अर्ब डलर फाइदा !

    • ५. क्रिप्टोकरेन्सी ’बिटकोइन’को मूल्य बढेर पहिलो पटक एक लाख २० हजार

    चर्चित
    • १. नेपालकै पुरानो टिभी च्यानल ईमेज च्यानल कामना प्रकासन समुहले किन्यो

    • २. अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा हुने ’सेटिङ’ भत्काउन कर्मचारी खटनपटनमा फेरबदलीमा नयाँ प्रयोग

    • ३. अमेरिकाको लुजियाना विश्वविधालयमा पढ्ने २ नेपाली विधार्थीको कार दुर्घटनामा निधन, २ घाईते

    • ४. अमेरिकाको लुजियाना विश्वविधालयमा पढ्ने २ नेपाली विधार्थीको कार दुर्घटनामा निधन, २ घाईते

    • ५. विनाभिषा आउनेका लागि “अमेरिकी सपना”मा लागेको पर्खालः अमेरिका–मेक्सिको र क्यानडा सीमाको रोचक तथ्यहरु !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.