अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले कृषि तथा होटलमा काम गर्नेहरु अबैध भए पनि जहाँबाट अमेरिका आएको वा जसरी आएको भएपनि अपराधमा गैरकानुनी कार्य संलग्न नभए कृषि तथा होटल क्षेत्रमा काम गर्न पाईने गरी विशेष पास दिने योजना ल्याउन लागेको बताएका छन । त्यो कस्तो खालको पास हुनेछ भन्ने निश्चित नभए पनि छिट्टै योजना सार्वजनिक गरिने बताएका छन । यस घोषणाले अमेरिकामा अबैध गतिविधिमा संलग्न नभएर मिहेनत गर्ने कृषि तथा होटल रेष्टुरेन्टमा काम गर्नेहरुलाई राहात पुग्ने छ । व्इपाक धरपकड हुँदा गैरकानुनी काम नगरेकाहरु डराउनु पर्ने ह्वाईट हाउसको भनाईले अमेरिकामा रहेका कागजातविहिन ठुलो समुहलाई राहात पुग्ने अनुमान छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासशनले अवैध रूपमा अमेरिका प्रवेश गरेका र अहिले कृषि फार्म वा होटलहरूमा काम गरिरहेका आप्रवासीहरूका लागि आफ्नो व्यापक निर्वासन अभियान अन्तर्गत “अस्थायी पास” दिने योजना बनाएको छ । राष्ट्रपति ट्रम्पले फक्स न्युजलाई दिएको अन्तर्वार्तामा आएको जानकारी अनुसार प्रशासनको आप्रवासन नीति बारेको अन्योलताबीच, कृषी र आतिथ्य (होटल) क्षेत्रमा कार्यरतहरूलाई राहत दिनेसम्बन्धी हालसम्मकै सबैभन्दा स्पष्ट संकेतको रूपमा हेरिएको छ ।
राष्ट्रपति ट्रम्पले भने, “हामी यस्तो अस्थायी पासको व्यवस्था गर्दैछौं जसअनुसार मानिसहरूले कर तिर्छन्, किसानलाई केही हदसम्म नियन्त्रण मिल्छ, न कि जबर्जस्ती सबैलाई उठाएर लैजाने जस्तो हुन्छ ।” यो विचार ट्रम्प प्रशासनले आफ्नो आप्रवासन र सीमा नीतिको केन्द्रीय अंश अर्थात् देशभर कार्यस्थलहरूबाट सामूहिक निर्वासन तीव्र बनाउने प्रयास गरिरहेका बेला आएको हो । अघिल्लो पटक पनि कृषि क्षेत्र र होटलमा काम गर्नेहरुलाई राहात दिन छापा नमार्ने बताए पनि पछि रद्द गरिएको थियो ।
राष्ट्रपति ट्रम्पले भने “हामी अहिले नै यसबारे काम गर्दैछौं,” “हामी यो यसरी मिलाउनेछौं कि कुनै न कुनै अस्थायी पासको व्यवस्था गरौं जहाँ मानिसहरूले कर तिर्छन्, किसानले आफ्नो कामदारप्रति केही अधिकार राख्न सकून् ।” राष्ट्रपतिले कृषिमा काम गर्न गाह्रो हुने बताए, जसका कारण धेरैले त्यस क्षेत्रमा काम गर्न नचाहने बताए, र पुराना कामदारलाई हटाउँदा “किसान नै तहस–नहस हुन सक्ने” चेतावनी दिए । उनले यस समस्यालाई होटल क्षेत्रसँग पनि सम्बन्धित भएको स्पष्ट रूपमा उल्लेख गरे ।
ट्रम्पले आफ्नो योजनामा किसानलाई विश्वास दिने संकेत दिए, जसअनुसार किसानहरूले आफैं कामदार छनोट गर्न सक्ने व्यवस्था हुनेछ । “जब हामी फार्ममा जान्छौं र १५–२० वर्षदेखि काम गरिरहेका मानिसहरूलाई हटाउँछौं जो असल छन्, सायद गलत तरिकाले प्रवेश गरेका होलान् तर हामी यस्तो केही गर्नेछौं जसले किसानलाई केही हदसम्म नियन्त्रण दिनेछ,” ट्रम्पले भने । “किसानलाई थाहा हुन्छ, उसले अपराधीलाई काममा राख्दैन ।” “राष्ट्रपतिको ध्यान र प्रशासनको प्राथमिकता भनेको सार्वजनिक सुरक्षालाई खतरा पु¥याउने अवैध आप्रवासीहरूलाई हटाउने हो,” ह्वाईट हाउसकी प्रवक्ता लेभिटले बताएकी छिन ।
राष्ट्रपति ट्रम्पले ट्रुथ सोशलमा लेखेका थिए कि “हाम्रो निकै कडा आप्रवासन नीतिका कारण किसान र होटल व्यवसायीहरूबाट दीर्घकालीन र असल कामदारहरू गुमाइरहेका छन् ।” उनले त्यसपछि लेखे, “परिवर्तन आउँदैछ!” यद्यपि उनले विवरण दिएका थिएनन् ।
यसबिचमा होमल्याण्ड सेक्युरिटी विभागले सार्वजनिक गरेको एक विज्ञप्तिमा भनिएको थियो, “जो कसैले हिंसात्मक अपराधीहरूलाई संरक्षण गर्छन् वा आईसको प्रयासलाई नष्ट गर्न खोज्छन्, तिनीहरूका लागि सुरक्षित स्थान हुँदैन ।” विज्ञप्तिमा थप भनिएको थियो कि कार्यस्थल निगरानी हाम्रो राष्ट्रिय सुरक्षा, आर्थिक स्थिरता र सार्वजनिक सुरक्षाको एक मुख्य आधार हो । कतिपय रिपब्लिकन नेताहरूले केही उद्योगलाई विशेष व्यवहार गर्ने विचारको विरोध गरेका छन् । अर्कान्ससका सिनेटर टम कटनले भनेका छन्, “सबै उद्योगहरूमा कार्यस्थल कारबाही समान रूपमा अघि बढ्नुपर्छ ।” तर, केही सांसदहरूले भने गैर–अपराधी आप्रवासीहरूलाई निशाना नबनाई, आपराधिक पृष्ठभूमि भएका अवैध आप्रवासीहरूमाथि केन्द्रित हुन आईसलाई पत्र लेखेका छन् ।
अन्ततः, कृषिमन्त्री ब्रुक रोलिन्सले एक अन्तर्वार्तामा भनेका छन्, “प्रशासन १००% कानुनी कार्यबलतर्फ अघि बढ्ने प्रतिबद्ध छ ।” साथै उनले भने, “हामी पहिले सबैभन्दा खराब आप्रवासीहरूलाई हटाउने कुरामा केन्द्रित छौं ।” ट्रम्पको “परिवर्तन आउँदैछ“ भन्ने भनाइबारे सोध्दा उनले भिसा कार्यक्रम सुधार गर्ने विषय उल्लेख गरिन्, जसले कृषिक्षेत्रमा अस्थायी विदेशी कामदार ल्याउन सहयोग पुर्याउँछ ।