• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

राष्ट्रपति ट्रम्पको “बीग बील” दुवै सदनबाट पारितः सिमामा पर्खाल, जेल बनाउन र अप्रवासन कडाईमा अर्वौ डलर विनियोजन

  •  खबरमाला संवाददाता
  • २०८२ असार २०, शुक्रबार ०७:०४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापक कर र खर्च सम्बन्धी विधेयक अमेरिकी सिनेट र प्रतिनिधि सभाले पारित गरेको छ । अब राष्ट्रपति ट्रम्पले हस्ताक्षर गरेपछि त्यो कानुन बनेर लागु हुनेछ । जसले राष्ट्रपतिलाई उनको दोस्रो कार्यकालको पहिलो ठूलो कानूनी जित भनिएको छ । आप्रवासनमा कडाई गर्ने र व्यापक संघीय सामाजिक सुरक्षाका कार्यक्रमहरू कटौती गर्ने यो बील विधेयक राष्ट्रपति ट्रम्पको टेबलमा हस्ताक्षरको लागि पठाइएको छ ।

    प्रतिनिधि सभामा भएको मतदानमा २१८ को विरुद्ध २१४ मतको परिणामले पास भएको छ ट्रम्पले उक्त विधेयक शुक्रबार, स्वतन्त्रता दिवसको अवसरमा हस्ताक्षर गर्न तयार पार्न माग गरेका थिए । यो विधेयक कंग्रेसका उनका रिपब्लिकन सहयोगीहरूले तयार गरेका थिए भने डेमोक्र्याटहरूले सर्वसम्मतिले अस्वीकार गरेका थिए । विधेयकले पारित हुनका लागि अनिश्चित छलफल भएर प्रतिनिधि सभा र सिनेटमा अनेकौं रातभरका मतदानहरू भएका थिए ।

    यस विधेयकले इमिग्रेशन एन्ड कस्टम्स एनफोर्समेन्ट (आईस) को हिरासत सुविधाका लागि ४५ अर्ब, निर्वासन कारवाहीका लागि १४ अर्ब र २०२९ सम्म १० हजार नयाँ एजेन्टहरू भर्ना गर्न अर्बौं डलर विनियोजन गरेको छ । अतिरिक्त ५० अर्ब सिमानाको पर्खाल र अन्य सुरक्षा संरचनाहरूका लागि छुट्याइएको छ । यसबाट अबैध आप्रवासनका लागि बढी केन्द्रित छ ।

    त्यसैगरी फुड स्टाम्प खाद्य सहायतामा नयाँ काम सम्बन्धी शर्तहरू थपिएका छन्, र राज्यहरूलाई पहिलो पटक त्यसको खर्च कार्यक्रमको केही लागत व्यहोर्न बाध्य बनाइएको छ । कंग्रेसनल बजेट अफिसको अनुमान अनुसार, विधेयकका कारण परिवर्तनले १ सय १८ करोड मानिसले स्वास्थ्य सेवाबाट वञ्चित हुन सक्छन् ।
    केही रिपब्लिकनहरू आफैं आफ्ना मतदाताहरूले भर पर्ने सामाजिक सुरक्षा कार्यक्रमहरूमा कटौतीबारे चिन्तित थिए । नर्थ क्यारोलिनाका स्विङ राज्य प्रतिनिधित्व गर्ने सिनेटर थम टिलिसले त्यही कारण विधेयकको समर्थन गर्न अस्वीकार गरे । त्यसपछि ट्रम्पले घोषणा गरे कि अर्को निर्वाचनमा उनी टिलिसविरुद्ध प्राइमरी चुनौतीको समर्थन गर्नेछन् । त्यसको केही समयपछि टिलिसले आफू रिटायर हुने घोषणा गरे .

    यस विधेयकमा टिप्स, ओभरटाइम तलब र कार ऋणको ब्याजमा अस्थायी कर छुट दिने, जुन ट्रम्पले अघिल्लो चुनावमा वाचा गरेका थिए । तर यसले सरकारलाई ट्रिलियन डलर बराबरको राजस्व घाटा गराउनेछ । त्यसको क्षतिपूर्ति गर्न खाद्य सहायतामा कटौती गरिएको छ — जसले लाखौं मानिसको स्वास्थ्य बीमा र खाद्य सहायता गुम्ने खतरा सिर्जना गरेको डेमोक्र्याटहरुले आरोप लगाएका छन ।

    Post Views: 235
    प्रकाशित मिति: २०८२ असार २०, शुक्रबार ०७:०४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    इरान–अमेरिका युद्धविराम थप ६० दिन विस्तार
    अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित
    अमेरिकाको सान फ्रान्सिस्कोस्थित महावाणिज्य दूतावाससहित र ६ कुटनीतिक नियोगहरु खारेज
    Advertisement
    ताजा अपडेट
    • १. इरान–अमेरिका युद्धविराम थप ६० दिन विस्तार

    • २. अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित

    • ३. अमेरिकाको सान फ्रान्सिस्कोस्थित महावाणिज्य दूतावाससहित र ६ कुटनीतिक नियोगहरु खारेज

    • ४. क्यानडा सरकारद्धारा मे २९ लाई नेपाल हेरिटेज डे मनाउने घोषणा

    • ५. अमेरिकामा डा. चन्द्र गिरीको उपन्यास “डंकी : सपनाको कालबाटो” को आवरण सार्वजनिक

    चर्चित
    • १. अमेरिकामा ग्रीनकार्ड लिन चाहनेले आफ्नै देश फर्केर आवेदन दिनुपर्ने

    • २. अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित

    • ३. मानव अधिकार आयोगको प्रतिवेदनलाई किन दिइन्छ अन्तर्राष्ट्रिय मान्यता ?

    • ४. प्रधानमन्त्रिद्धारा युरोपेली संघ गैरआवासीय राजदूतसंग भेटघाट हुँदै, पार्टी सभापति लामीछानेको भारत भ्रमणबारे सरकार बेखबर ?

    • ५. १ अर्ब २० करोड मानिस मानसिक रोगीः अध्ययन

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.