• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकी स्वतन्त्रता दिवसको अवसरमा राष्ट्रपति ट्रम्पद्धारा “बीग बील” कानुनमा हस्ताक्षर

  •  खबरमाला संवाददाता
  • २०८२ असार २१, शनिबार १०:०७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार ह्वाइट हाउसमा आयोजित स्वतन्त्रता दिवस अवसरमा आफ्नो व्यापक खर्च प्याकेजलाई कानुनमा हस्ताक्षर गरे । जसले संघीय सुरक्षा सञ्जाल कार्यक्रमहरूमा ठुलो कटौती ग¥यो र आक्रामक आप्रवासन प्रवर्तनका लागि बजेट वृद्धि गरिएको छ । हस्ताक्षरपछि ट्रम्पले विधेयक पारित भएकोमा “यो देशको इतिहासमा कहिल्यै हस्ताक्षर गरिएको सबैभन्दा लोकप्रिय विधेयक हो,” ट्रम्पले आफ्नी पत्नी मेलानिया ट्रम्पको छेउमा उभिँदै भनेका छन । “हामीले सबै कुरा एउटै विधेयकमा राखेका छौं । यस्तो पहिले कहिल्यै भएको थिएन ।”ट्रम्पले यस विधेयकलाई “अमेरिकाको जन्मदिनको उपहार” भन्दै व्याख्या गरेका थिए ।

    ट्रम्पले समर्थकहरूलाई यो विधेयकले आर्थिक वृद्धि ल्याउने बताए पनि सर्वेक्षणले धेरैले विधेयकका केही पक्षलाई अस्वीकार गरेको देखाउँदा उनले अब पूर्णरूपमा विश्वास गर्न नसकेका अमेरिकीहरूलाई मनाउनुपर्ने बताइएको छ । यो विधेयक राष्ट्रपति ट्रम्पको दोस्रो कार्यकालको घरेलु नीति कार्यक्रमसँग जोडिएको हो । यद्यपि, केही रिपब्लिकन सांसदहरूले समर्थन नगरे पनि यो विधेयक जुलाई ४ को समयसीमा अघि नै पारित भयो ।

    विधेयक पारित गर्न घण्टौँ लामो वार्ता र छलफलपछि अन्ततः बिहीबार प्रतिनिधिसभाले २१८–२१४ मतले यसलाई पारित गरेको थियो । दुईजना रिपब्लिकन सांसदले यसविरुद्ध मतदान गरे भने एकजना पनि डेमोक्र्याले समर्थन गरेका थिएनन् ।

    कुल ८७० पृष्ठको यो प्याकेजमा ट्रम्पको पहिलो कार्यकालको २०१७ को कर कटौतीलाई विस्तार, कम आय र अपांगता भएकाहरूका लागि राज्यद्वारा प्रदान गरिने स्वास्थ्य योजना मेडिकेड खर्चमा ठूलो कटौती, टिप्स आय, ओभरटाइम र सामाजिक सुरक्षा करमा नयाँ कर छुट, रक्षा बजेटमा १५० अर्ब डलरको वृद्धि, बाइडेन युगको स्वच्छ ऊर्जा कर क्रेडिटमा कटौती र आप्रवासन तथा सीमा शुल्क प्रवर्द्धनमा १०० अर्ब डलरजस्ता प्रावधानहरु रहेको बताइएको छ ।

    ह्वाइट हाउसको बालकोनीबाट दक्षिणतर्फको सम्बोधनमा ट्रम्पले विधेयकलाई पास गर्न सहयोग गर्ने रिपब्लिकन सांसदहरूलाई धन्यवाद दिए ।  खाद्य सहायता र मेडिकेडजस्ता सामाजिक कार्यक्रमहरूमा पर्ने प्रभावको आलोचनालाई खारेज गर्दै उनले विधेयकमा कर कटौतीको प्रशंसा गरे ।

    Post Views: 385
    प्रकाशित मिति: २०८२ असार २१, शनिबार १०:०७
    Advertisement
    संबन्धित शिर्षकहरु
    निर्मलपुर्जासहित १० जना पर्वतारोहण टोली पाकिस्तानको ब्रड पिकमा बेपत्ता
    आज शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमा
    १० महिनामा ९० चिकित्सकमाथि कुटपिट र धम्कीः चार बर्षमा २५ सय डाक्टर देश विदेश पलायन
    Advertisement
    ताजा अपडेट
    • १. निर्मलपुर्जासहित १० जना पर्वतारोहण टोली पाकिस्तानको ब्रड पिकमा बेपत्ता

    • २. आज शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमा

    • ३. १० महिनामा ९० चिकित्सकमाथि कुटपिट र धम्कीः चार बर्षमा २५ सय डाक्टर देश विदेश पलायन

    • ४. सुनसरीको साम्प्रदायिक तनावः सुरक्षा चुनौती की बालेन सरकारको राजनीतिक परीक्षा !

    • ५. अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षरोपण सम्पन्न

    चर्चित
    • १. सिड्नीमा युवा उद्यमीहरूको विश्व सम्मेलन सम्पन्न

    • २. विश्वकप फुटबल हेर्न क्यानडामा पुगेका नेपालीसहित १० देशका सयौद्धारा शरणार्थी बन्न निवेदन !

    • ३. तीन वरिष्ठ न्यायाधीशलाई राजीनामाको दबाब र महाअभियोगको धम्की !

    • ४. डा. चन्द्र गिरीको नयाँ साहित्यिक कृति ‘डङ्कीः सपनाको कालबाटो’

    • ५. अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षरोपण सम्पन्न

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.