अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार ह्वाइट हाउसमा आयोजित स्वतन्त्रता दिवस अवसरमा आफ्नो व्यापक खर्च प्याकेजलाई कानुनमा हस्ताक्षर गरे । जसले संघीय सुरक्षा सञ्जाल कार्यक्रमहरूमा ठुलो कटौती ग¥यो र आक्रामक आप्रवासन प्रवर्तनका लागि बजेट वृद्धि गरिएको छ । हस्ताक्षरपछि ट्रम्पले विधेयक पारित भएकोमा “यो देशको इतिहासमा कहिल्यै हस्ताक्षर गरिएको सबैभन्दा लोकप्रिय विधेयक हो,” ट्रम्पले आफ्नी पत्नी मेलानिया ट्रम्पको छेउमा उभिँदै भनेका छन । “हामीले सबै कुरा एउटै विधेयकमा राखेका छौं । यस्तो पहिले कहिल्यै भएको थिएन ।”ट्रम्पले यस विधेयकलाई “अमेरिकाको जन्मदिनको उपहार” भन्दै व्याख्या गरेका थिए ।

विधेयक पारित गर्न घण्टौँ लामो वार्ता र छलफलपछि अन्ततः बिहीबार प्रतिनिधिसभाले २१८–२१४ मतले यसलाई पारित गरेको थियो । दुईजना रिपब्लिकन सांसदले यसविरुद्ध मतदान गरे भने एकजना पनि डेमोक्र्याले समर्थन गरेका थिएनन् ।
कुल ८७० पृष्ठको यो प्याकेजमा ट्रम्पको पहिलो कार्यकालको २०१७ को कर कटौतीलाई विस्तार, कम आय र अपांगता भएकाहरूका लागि राज्यद्वारा प्रदान गरिने स्वास्थ्य योजना मेडिकेड खर्चमा ठूलो कटौती, टिप्स आय, ओभरटाइम र सामाजिक सुरक्षा करमा नयाँ कर छुट, रक्षा बजेटमा १५० अर्ब डलरको वृद्धि, बाइडेन युगको स्वच्छ ऊर्जा कर क्रेडिटमा कटौती र आप्रवासन तथा सीमा शुल्क प्रवर्द्धनमा १०० अर्ब डलरजस्ता प्रावधानहरु रहेको बताइएको छ ।
ह्वाइट हाउसको बालकोनीबाट दक्षिणतर्फको सम्बोधनमा ट्रम्पले विधेयकलाई पास गर्न सहयोग गर्ने रिपब्लिकन सांसदहरूलाई धन्यवाद दिए । खाद्य सहायता र मेडिकेडजस्ता सामाजिक कार्यक्रमहरूमा पर्ने प्रभावको आलोचनालाई खारेज गर्दै उनले विधेयकमा कर कटौतीको प्रशंसा गरे ।