• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

इजरायल–हमास युद्धविराम वार्ता दोहामा हुँदै

  •  खबरमाला संवाददाता
  • २०८२ असार २३, सोमबार ०२:१९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    इजरायल र हमासबीच युद्धविराम र बन्धक मुक्तिसम्बन्धी अप्रत्यक्ष वार्ता स्थानीय समयअनुसार आइतबार कतारको राजधानी दोहामा सुरु हुने भएको छ ।

    इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको अमेरिका प्रस्थानअघि वार्ता सुरु हुन लागेको हो । उनी सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटवार्ताका लागि वासिङ्टन जाने बताइएको छ ।

    इजरायल–हमासबीचको युद्धविराम वार्ताका लागि कतारले मध्यस्थता गरिरहेको छ । नेतान्याहुले इजरायलका तर्फबाट वार्ता टोली आइतबार नै दोहा पुग्ने बताए । यद्यपि, उनले अमेरिकी समर्थनमा तयार गरिएको युद्धविराम प्रस्तावमा हमासले दिएको ‘स्वीकार्य नहुने माग’ हरू समावेश भएको टिप्पणी गरेका छन् ।

    एक प्यालेस्टिनी अधिकारीका अनुसार दोहामा सुरु हुने वार्ताले सम्भावित युद्धविरामका सर्त, बन्धक तथा बन्दीहरूको आदानप्रदान र गाजाको राफा नाका पुनः खोल्ने विषयमा केन्द्रित रहनेछ । हमासका तर्फबाट पनि वरिष्ठ नेता खालिल अल–हय्याको नेतृत्वमा वार्ता टोली दोहामा पुगिसकेको छ । यसअघि नेतान्याहुले इजरायली राष्ट्रपति इसहाक हेर्जोगसँग गाजाको अवस्था र क्षेत्रीय कूटनीतिक सम्बन्धबारे छलफल गरेका थिए ।

    प्रस्तावित ६० दिने युद्धविराम प्रस्तावअनुसार उक्त अवधिमा हमासले १० जना जीवित बन्धक र केही बन्धकका शवहरू फिर्ता गर्नेछ भने इजरायलले पनि केही प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्नेछ । हमासले पनि बन्धक बनाइएका इजरायली सैनिकहरू आंशिक रूपमा फिर्ता गर्ने प्रस्तावमा उल्लेख छ । हमासले युद्धविराम अवधिमा इजरायलका तर्फबाट पुनः हमला नहुने ‘ग्यारेन्टी’ गरिनुपर्ने र संयुक्त राष्ट्रसंघको खाद्यान्न वितरण प्रणाली पुनः लागू गर्ने माग पनि अघि सारेको बताइएको छ ।

    Post Views: 262
    प्रकाशित मिति: २०८२ असार २३, सोमबार ०२:१९
    Advertisement
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्र संघको महासभामा सहभागी नहुने !
    नेपाललाई ‘योग राष्ट्र’ बनाउन आचार्य राजन शर्माले गरे आह्वान
    स्पेनमा मन्दिर, गुम्बासहित धार्मिक धरोहर निर्माण अभियान, १ लाख युरो प्रतिबद्धता
    Advertisement
    ताजा अपडेट
    • १. प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्र संघको महासभामा सहभागी नहुने !

    • २. नेपाललाई ‘योग राष्ट्र’ बनाउन आचार्य राजन शर्माले गरे आह्वान

    • ३. स्पेनमा मन्दिर, गुम्बासहित धार्मिक धरोहर निर्माण अभियान, १ लाख युरो प्रतिबद्धता

    • ४. अमेरिकामा विदेशी विधार्थी र पत्रकारको भिषा अबधि सीमित गर्ने नियम बिरुद्ध मुद्दा

    • ५. प्रधानमन्त्रि बालेनमाथी सेनाका पुर्वउच्च अधिकारीको चेतावनी !

    चर्चित
    • १. नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापतिमा मुनिन्द्र नेम्वाङ निर्वाचित

    • २. कति सरकारी कर्मचारी बिदेश जान्छन? कति विदेशमै बस्छन र कति फर्किन्छन ?

    • ३. अमेरिकामा नेपालीसहित १२ लाख भन्दा बढी आप्रवासीको टीपीएस खारेज

    • ४. सयौ उच्च पदस्थ कर्मचारी राजीनामा दिने मनस्थितिमाः कारण के के छन ?

    • ५. नेपाल–जापान कूटनीतिक सम्बन्धको सात दशक

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.