जुन महिनाको १० तारिकसम्मको पछिल्लो तथ्यांकअनुसार दुई लाख सात हजार आप्रवासी अमेरिकाबाट निकाला भई सकेको छ । यो हेर्दा जनवरी २० देखि जुन १० सम्मको करिब ६ महनिा अबधिलाई प्रति महिना ३५ हजारका दरले डिर्पोट भएका छन । आफ्नो चुनावी ¥यालीका क्रममा डोनाल्ड ट्रम्पले आफू राष्ट्रपति चुनिए अमेरिकी इतिहासकै सबैभन्दा ठुलो आप्रवासीको ‘डिपोर्टेसन’अभियान चलाउने वाचा गरेका थिए । सोही वाचाअनुरूप ट्रम्प राष्ट्रपति चुनिएपछि अहिले आप्रवासीको गिरफ्तारीमा नाटकीय वृद्धि भएको छ । तथ्यांकअनुसार ट्रम्पले पदभार ग्रहण गरेपछि अमेरिकाको अध्यागमन तथा भन्सार हेर्ने निकाय ‘इमिग्रेसन एन्ड कस्टम्स इनफोर्समेन्टका डिटेन्सन सेन्टर हिरासत केन्द्रहरु भरिभराउ हुन थालेको छ ।

कार्यस्थल, अदालत र घरहरुमा बढेको आइसिई एजेन्टको गतिविधिले केहि डरत्रास पैदा गराएको छ । राष्ट्रपति ट्रम्पले अहिलेसम्म लाखौँ मानिसको टिपिएस अर्थात अस्थायी कानुनी हैसियतहरु खारेज गरिदिएका छन् । लाखौँ अरूलाई पक्राउ गरेर देश निकाला गर्न आइसिईको शक्ति विस्तार गरेका छन् । उनले आइसिईलाई अन्य कानुन–प्रवर्तनकारी निकायको सञ्जालको स्रोत प्रयोग गर्न अधिकार दिएका छन् । एफबिआई, ‘ब्युरो अफ अलकोहल, टोबाको, फायरआर्म र एक्सप्लोसिभ्स’देखि डिइए र अमेरिकी पार्क प्रहरीसम्म आइसिईलाई सघाउने निर्देशन छ ।
त्यसबाहेक ट्रम्पले आन्तरिक राजस्व सेवा अर्थात् ‘इन्टरनल रेभिन्यु सर्भिस’ र हुलाक सेवालाई शंकास्पद व्यक्तिको जानकारी दिन दबाब दिएका छन् । होमल्यान्ड सेक्युरिटी अप्रेसनले आप्रवासीका तथ्यांक संकलन गर्न ‘आरएभिइएन’ नामक नयाँ सफ्टवेयर प्रविधि नै विकास गरेको छ । स्थानीय प्रहरी विभागसँगको सहकार्यमा आइसिईले अमेरिकाभरका स्कुल, पार्क र रेस्टुरेन्टमा छापा मारिहेको छ । छोटो अवधिमा लगभग ८२ हजार मानिसलाई हिरासतमा लिइएको छ ।
धरपकड भर्खरै सुरु मात्र भएको हो । स्रोतहरूलाई उल्लेख गर्दै अमेरिकी मिडियाले लेखेअनुसार अमेरिकाको न्याय मन्त्रालयले ट्रम्पको आप्रवासन एजेन्डामा बाधा पु¥याउने सार्वजनिक अधिकारीलाई पक्राउ गर्ने र मुद्दा चलाउनेसम्म विचार गरिरहेको छ । आप्रवासीको गिरफ्तारी बढेसँगै तिनको देशनिकालाको संख्यामा पनि वृद्धि देखिन थालेको छ ।
आइसिईले सार्वजनिक गरेको सबैभन्दा पछिल्लो तथ्यांकले ट्रम्पले पदभार ग्रहण गरेदेखि हिरासतमा राखिएका मानिसको औसत संख्या २५ प्रतिशतले बढेको देखाउँछ । यस तथ्यांकले आप्रवासनसम्बन्धी नाटकीय परिवर्तनलाई प्रतिबिम्बित गर्छ । बाइडेनको कार्यकालमा अध्यागमन हिरासतमा रहेका प्रायस् मानिस सीमा पार गर्दागर्दै पक्राउ परेका हुन्थे । ती सीमा गस्तीको जिम्मेवारी पाएको निकाय ‘कस्टम एन्ड बोर्डर पेट्रोलका एजेन्टले पक्राउ गर्थे । तर, अहिले सीमा क्षेत्रबाट सिपिबीले गर्ने गिरफ्तारीमा भने उलेख्य गिरावट आएको छ । ट्रम्पको आगमनपछि आप्रवासनसम्बन्धी नियम कडा हुने प्रक्षेपणले थोरै मानिस अमेरिका प्रवेश गर्ने सख्यामा भारी गिरावट आएको ट्रम्प प्रशासनले जनाएको छ । त्यो गिरावटलाई ऐतिहासिक भनेका छन ।
आप्रवासीसम्बन्धी पक्राउको जिम्मेवारी सिपिबीबाट आइसिईमा सरेपछि उसको क्षमता वृद्धि गर्ने ट्रम्प प्रशासनले बताएको छ । टाइम म्यागजिनसँगको हालैको अन्तर्वार्तामा ट्रम्पका सीमासम्बन्धी निकाय बोर्डर जारका प्रमुख थोमस होमनले आइसिईका हिरासत केन्द्र बढाउने बताए । निर्वासनको पर्खाइमा रहेका बन्दीलाई राख्ने क्षमता दोब्बर गरी एक लाख पु¥याउने लक्ष्य रहेको होमनले बताए । उता सोही अनुसार राष्ट्रपति ट्रम्पको बीग बीलले अर्वो डलर विनियोजन गर्ने लक्ष्य राखेको छ ।
राष्ट्रपति निर्वाचित हुनुअघि दिएको एक अन्तर्वार्तामा ट्रम्पले डेढ करोडभन्दा बढी आप्रवासीलाई देश निष्कासन गर्न चाहेको बताएका थिए । उनले त्यस वेला नै यस कार्यलाई आवश्यक परे अमेरिकी भूमिमा सेना प्रयोग गर्न पनि तयार रहेको बताएका थिए ।
अप्रिलको अन्त्यमा ट्रम्प प्रशासनले एक लाख ३९ हजारभन्दा बढी अवैध आप्रवासीलाई देश निकाला गरेको बताएको थियाभने १० जुनमा गृह मामिला हेर्ने अमेरिकी मन्त्रालय ‘डिपार्टमेन्ट अफ होमल्यान्ड सेकुरिटी’की सहायकमन्त्री ट्रिसिया म्याक–लाफ्लिन्द्ले यस सन्दर्भमा अद्यावधिक तथ्यांक अनुसार दुई लाख सात हजार आप्रवासी अमेरिकाबाट निकाला भइसकेको बताएकी थिईन ।
राष्ट्रपति ट्रम्पले कांग्रेसबाट पारित भएर हस्ताक्षर भईसकेको ‘बीग सुन्दर बिल ’ अनुसार आप्रवासन प्रवर्तन र सीमा कडाइका लागि एक खर्ब ६८ अर्ब डलर छुट्याइएको छ । यो चालू वर्षको सो कोषमा पाँच गुणा बढी हो । जबकि, कांग्रेसले यस कार्यका लागि ३३ अर्ब डलर छुट्याएको छ ।
ट्रम्पले लामो समयदेखि चलिआएका मान्यताको अवज्ञा गर्दै आप्रवासीलाई एल साल्भाडोरको कुख्यात जेल र क्युबाको ग्वान्टानामो खाडीमा रहेको अमेरिकी सैन्य अड्डा पठाएका छन् । यसबाट अमेरिकी कानुन तोडिएको केहीले तर्क गरेका छन् । कैयौँलाई विमानमा पानामा र दक्षिण सुडान पठाइएको छ । ट्रम्पका ‘बोर्डर जार’ थोमस होमनले टाइमलाई बताएअनुसार वर्तमान प्रशासनले अमेरिकी निर्वासितलाई स्वीकार गर्न थप तीन देशसँग वार्ता गरिरहेको छ ।
त्यसैगरी प्रशासनले अमेरिकामा रहेका अबैध आप्रवासीलाई स्वेच्छिक रूपमा आफ्नै देश फर्कन पनि प्रोत्साहित गरिरहेका छन् । ट्रम्पले ‘स्वयं निर्वासित’ हुने यस्ता आप्रवासीलाई एक हजार डलर र निशुल्क फिर्ती उडानको प्रस्ताव राखेका छन् । तर, यति धेरै प्रोत्साहन दिँद पनि ट्रम्पले चाहेको गतिमा आप्रवासीले अमेरिका छाडिरहेका छैनन् ।
राष्ट्रपति ट्रम्पले वाचा अनुसार कागजात नभएका आप्रवासीलाई हटाइयो भने अमेरिकामा ठुलो श्रमअभाव देखिन सक्छ भन्ने ठानेर कृषि र रेष्टुरेन्ट तथा होटलहरुमा काम गर्नेहरुलाई विशेष पासको व्यवस्था गर्ने बताएका छन । टाईम म्यागाजिनको रिपोर्टमा आधारित ।





