• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

कुलमान माओवादीमै रहने की, नयाँ पार्टी खोल्ने की, बालेनसंग मिल्ने चौबाटोमा ?

  •  खबरमाला संवाददाता
  • २०८२ श्रावण ५, आईतवार ०६:३९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाल विद्युत् प्राधिकरणको प्रमुख कार्यकारी निर्देशक पदबाट हटाइएका कुलमान घिसिड माओवादीमा रहेर राजनीति गर्ने की नयाँ पार्टी खोलेर अगाडी बढ्ने दोदारमा छन । पदमुत्तः भएको तीन महिनापछि केहि खाडी राष्ट्र पुगेर आफूले उज्यालो नेपाल अभियान थालेको बताएका छन् । उनि अमेरिकासम्म पुगेर जनमत लिने मनस्थितिमा छन । अगष्टमा उनि अमेरिकामा जाने तयारीमा छन । उनले आफ्ना निकटसग आफुसंग तीन विकल्प रहेको भन्न थालेका छन । पहिलो नयाँ पार्टी खोल्ने, दोश्रो बालेन समुहसंग मिलेर जाने र अन्तिम माओवादी पार्टीमा रहने । उनि विगतमा माओवादीप्रति लोयल रहेका मानिस हुन । प्रधिकरणमा राम्रो काम गरे पनि उनले गरेको अनियमितताका कारण विवादमा रहे । तर यतिखेर उनि केहि युवा समुहसंग छलफल र परामर्श गर्दै छन । उनले परामर्श गरेका केहि युवासंग आफुसंग नयाँ अभिययानका लागि आर्थिक अभाव नभएको भन्दै आवश्यक रकम जोहो गर्ने बताउन थालेका छन । मुलत उनको राजनीतिक विचार प्रष्ट छैन । कुलमान यहि महिनामा ग्लोबल हिरो अवार्ड’ द्धारा प्रदान गरिने एक कार्यक्रममा जुलाई २७ मा संयुक्त राज्य अमेरिकाको न्यूयोर्क शहरमा ग्लोबल नेपालीद्वारा आयोजित समारोहमा प्रदान सहभागी हुने कार्यक्रम रहेको बताइएको छ । उनले अमेरिकाको केहि धेरै नेपाली बस्ने राज्यहरुमा सहभागी हुनेछन ।

    १८ असारमा बहराइन पुगेर युएई, ओमान र कतार हुँदै १४ दिने यात्रा सकेर नेपाल फर्केका कुलमानले यसबीचमा नेपाली श्रमिकहरुसँग औपचारिकभन्दा धेरै अनौपचारिक संवाद र परामर्श भन्दै राजनीतिक कुराकानी गरेका छन । जहाँ रहेका नेपाली समुदायले उनको कुरा सुन्ने बाहेक कुनै सहयोगको प्रतिवद्धता दिन सक्दैनन । सबैको गुनासो देशमा भ्रष्टाचार बढ्यो सुसासन भए भन्ने मात्रै रह्यो त्यसैले आफु राजनीति गर्ने मनसायमा रहेको तर कहाँ कसरी कुन पार्टीमा भन्ने चाही निश्चित गरेका छैनन । कुलमान यतिखेर सबैतिर पासा फाल्दैछन । माओवादीले उनलाई तुरुन्तै केन्द्रिय सदस्य प्रस्ताव गरेको आफन्तहरुसंग बताउने गरेका छन । उनि माओवादीमा जान जानभन्दा नयाँ समुह वा बालेनहरुसंग सहकार्य गर्न उत्सुक देखिन्छन । तर बालेन समुह पनि पछिल्लो समय अनिश्चियको भुमरीमा परेका छन । उनका सहयोगी वा सल्लाहकार भनौदाहरु धमाधम भ्रष्ट्रचार मुद्दामा संलग्न भएको , सम्पति जम्मा गर्न थालेको आलोचना, महानगरमा निकै अफ्ठ्यारो अवस्थाबाट गुज्रिएको बताईन्छ । जसका कारण नयाँ शक्ति वा पार्टी बनाउने विषयमा केहि स्वतन्त्र र जनताको नजरमा परेका व्यक्तिहरु अग्रसर भएका छन तर नेतृत्व गरेर मैदानमा जान डराई रहेका छन ।

    त्यसैले कुलमानले भन्दै आएका छन अहिलेको अवस्थामा म एउटा सांसद भएर ठूलो परिवर्तन गर्न सक्छु भन्ने मलाई लाग्दैन । म आए हुन्थ्यो भन्ने धेरैको अपेक्षा र आशा होला । तर, मैले कसैसँग सल्लाह र छलफल गरेको छैन । यस्तो गर्नुप¥यो भनेर आएको पनि छैन । एक थान सांसद हुनु ठूलो कुरा भएन । मन्त्री नै भयो भने पनि ठूलो कुरो होइन ।’बहराइन पुगेर कुलमान घिसिङले आफूले उज्यालो नेपाल अभियान थालेको बताए ।

    Post Views: 295
    प्रकाशित मिति: २०८२ श्रावण ५, आईतवार ०६:३९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    म बालेनको कामको समर्थक हुँ तर सर्वोच्च अदालतमा गलत अभ्यास शुरु भयोः पुर्वन्यायधिष बलराम केसी
    ‘न्यायालय अब अगाडि जाँदैन, न्याय एउटा घेराभित्र संकुचित हुन्छ’: पूर्वप्रधानन्यायाधीश एवं पूर्वप्रधानमन्त्री सुशीला कार्की
    एक हजार आठ सयभन्दा बढी अव्यवस्थित बसोबासीलाई पुर्जा दिइने
    Advertisement
    ताजा अपडेट
    • १. म बालेनको कामको समर्थक हुँ तर सर्वोच्च अदालतमा गलत अभ्यास शुरु भयोः पुर्वन्यायधिष बलराम केसी

    • २. ‘न्यायालय अब अगाडि जाँदैन, न्याय एउटा घेराभित्र संकुचित हुन्छ’: पूर्वप्रधानन्यायाधीश एवं पूर्वप्रधानमन्त्री सुशीला कार्की

    • ३. एक हजार आठ सयभन्दा बढी अव्यवस्थित बसोबासीलाई पुर्जा दिइने

    • ४. सञ्चार मन्त्रालय मातहत राजनीतिक नियुक्ति खाएका को–को पदमुक्त भए ?

    • ५. एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने

    चर्चित
    • १. रोयल टुलिपपछि रामेश्वर शाहको २ अर्ब रुपैयाँ लगानीमा अर्को ५ तारे होटल जनकपुरमा शुरु

    • २. दर्जन दुतावास, केहि वैतनिक र आधा भन्दाबढी अवैतनिक वाणिज्यदुत हटाउने परराष्ट्रको तयारी !

    • ३. नेपाल भारतबीचको लिपुलेक विवाद के हो ? सन् १९५४ को सम्झौतामा के छ ?

    • ४. अमेरिका, अष्ट्रेलिया, क्यानडाको नागरिकता लिएका १९ डाक्टरको लाइसेन्स खारेज

    • ५. कम्बोडियामा रहेका नेपालीलाई गैरकानुनी काममा नलाग्न बैकक दुतावासको आग्रह

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.