टोकियो सिटी विश्वविद्यालयका डिन डा होमबहादुर रिजाल पुरस्कृत भएका छन् । अनुसन्धान प्रोफेसर रिजालले आर्किटेक्चर संस्थान जापानले प्रदान गर्ने ‘अनुसन्धान लेखले पुरस्कार प्राप्त गरेका हुन् ।

डा रिजालले करिब २५ वर्षको अवधिमा ३३ अनुसन्धान(लेख विभिन्न जर्नलहरु प्रकाशित गरेका छन् । ८ जापानी र २५ अङ्ग्रेजीले लेखलाई आधार मानेर उनलाई पुरस्कृत गरिएको हो । आफ्ना लेखहरूलाई विश्वभरका अनुसन्धानकर्ताले धेरै प्रयोग गरेकोले त्यसैको मूल्यांकन हुँदा पुरस्कृत भएको डा रिजाल बताउँछन् ।
उनका लेख र अनुसन्धानहरूले पृथ्वीको तापिए अवस्था र जीवनशैली, ऊर्जाको कम खपत र स्वास्थ्यको सुधार हुँदै दिगो विकास गर्न टेवा पुग्ने अपेक्षा गरिएको छ । धादिङको ज्यामरुङमा जन्मिएका डा रिजाल करिब ३ दशक पहिले जापान आएका हुन् । यहाँ उच्च शिक्षा हासिल गरेका उनी टोकियो सिटी विश्वविद्यालयको डिनका रुपमा कार्यरत छन् ।





