
कोषका अनुसार, कार्यक्रमको मुख्य उद्देश्य आफ्नो मातृभूमिप्रति दायित्वबोध गरी नेपालमै केही गर्न चाहने युवाहरूलाई सल्लाह, सुझाव र अवसर प्रदान गर्नु हो।
विदेशबाट फर्किएका वा स्वदेशमै रहेर उद्यम गर्न चाहने नव-उद्यमीहरूलाई लक्षित गरी यो अभियान सञ्चालन गरिएको कोषले जनाएको छ।

अभियानको सबैभन्दा महत्वपूर्ण पक्ष नयाँ उद्यमीहरूलाई आर्थिक सहायता प्रदान गर्न ‘माइक्रो-सिडिङ रिभल्भिङ फन्ड’ (लघु-बीज घुम्ती कोष) को स्थापना गर्ने लक्ष्य हो। यस कोषमार्फत युवा उद्यमीहरूलाई आफ्नो व्यवसाय सुरु गर्न आवश्यक प्रारम्भिक पुँजी उपलब्ध गराइनेछ, जसले उनीहरूलाई आत्मनिर्भर बन्न मद्दत पुग्ने विश्वास कोषको छ। कार्यक्रममा विभिन्न क्षेत्रका स्थापित उद्योगी-व्यवसायीहरूले युवाहरूसँग आफ्ना अनुभव साट्दैछन्। साथै, सहभागीहरूका लागि विभिन्न व्यावसायिक स्टलहरू र मनोरञ्जनात्मक खेलहरूको समेत आयोजना गरिएको छ।





