• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

नियमावली खारेज नभएसम्म न्यायाधीश नियुक्त स्वागत नगर्ने बारको अडान

  •  खबरमाला संवाददाता
  • २०८२ श्रावण २५, शनिबार ०६:२६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ — नेपाल बार एशोसिएसनले संशोधित नियमावली खारेज नभएसम्म न्याय परिषद्बबाट हुने कुनै पनि नियुक्तिलाई स्वागत नगर्ने जनाएको छ । बारका महासचिव केदारप्रसाद कोइरालाले शुक्रबार जारी गरेको विज्ञप्तिमा बिहीबार न्याय परिषद्ले उच्च अदालतका लागि गरेको २७ जना न्यायाधीश नियुक्तिको सिफारिसप्रति ध्यानाकर्षण जनाउँदै उक्त नियुक्तिलाई स्वागत नगर्ने जनाएको छ ।

    ‘न्याय परिषद्को संशोधित र विभेदलाई प्रश्रय दिने नियमावली तत्काल खारेज हुनुपर्ने, न्यायाधीश नियुक्तिका लागि पारदर्शी, वस्तुनिष्ठ र पूर्वानुमानयोग्य मापदण्ड निर्धारण गरिनुपर्ने र संविधानको मर्मबमोजिम समानुपातिक समावेशी सिद्धान्तलाई पूर्णतः कार्यान्वयन गरिनुपर्ने हाम्रो अविचलित माग हो’, विज्ञप्तिमा भनिएको छ, ‘यो माग पूरा नभएसम्म र उक्त संशोधित नियमावली खारेज नभएसम्म न्याय परिषद्बाट हुने कुनै पनि नियुक्तिलाई नेपाल बार एशोसिएसनले स्वागत गर्दैन ।’

    बारले न्याय प्रणालीको एक अभिन्न अङ्ग र सरोकारवालामात्र नभई न्याय परिषद्को एक महत्त्वपूर्ण साझेदार भएको उल्लेख गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘यति महत्त्वपूर्ण र दूरगामी असर पार्ने निर्णय गर्दा परिषद्ले बारको सरोकारलाई पूरै बेवास्ता गरेको छ, यो सहकार्य र पारदर्शिताको सिद्धान्तविपरीत छ, यस्ता अभ्यासले स्वेच्छाचारितालाई बढावा दिन्छ ।’

    न्यायाधीशको पद सार्वजनिक विश्वासको धरोहर भएको हुनाले जुन योग्यता र क्षमताको आधारमा प्रदान गरिनुपर्ने बारले जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘थुप्रै सुधारका प्रतिबद्धता व्यक्त गरिएको न्यायिक सुधारको प्रतिवेदनहरु केवल देखाउने आलङ्कारिक दस्तावेजमात्र भएका छन्, त्यसको कार्यान्वयनमा जिम्मेवार पक्ष उदासिन देखिन्छ ।’

    बारले यो नियुक्तिले नेपालको संविधानले परिकल्पना गरेको समानुपातिक समावेशी राज्यको मर्म र भावनालाई पूर्णतः बेवास्ता गरेको दाबी गरेको छ । ‘न्यायपालिकाजस्तो महत्त्वपूर्ण अङ्गमा महिला, विभिन्न भौगोलिक क्षेत्र, वर्ग र समुदायको अर्थपूर्ण प्रतिनिधित्व सुनिश्चित हुनुपर्नेमा यो नियुक्तिले त्यसलाई अस्वीकार गरेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यस्तो असन्तुलित नियुक्तिले न्यायपालिकामाथि सबैको समान पहुँच र अपनत्वको भावनामा गम्भीर चोट पुर्‍याएको छ । न्याय प्रणालीप्रतिको विश्वासलाई कमजोर बनाएको छ ।’

    Post Views: 188
    प्रकाशित मिति: २०८२ श्रावण २५, शनिबार ०६:२६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    निरीह संसद हुदै दक्षिणपन्थी उदयको घुमाउरो बाटो
    ओमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सीबीचको वार्ताले विश्व राजनीतिमा कुटनीतिक तरग
    अमेरिका र चीनबीचको कुटनीतिक ईतिहास र राष्ट्रपतिहरुको भ्रमण सन्दर्भ
    Advertisement
    ताजा अपडेट
    • १. निरीह संसद हुदै दक्षिणपन्थी उदयको घुमाउरो बाटो

    • २. ओमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सीबीचको वार्ताले विश्व राजनीतिमा कुटनीतिक तरग

    • ३. अमेरिका र चीनबीचको कुटनीतिक ईतिहास र राष्ट्रपतिहरुको भ्रमण सन्दर्भ

    • ४. क्यानडामा एएनओको राष्ट्रिय समिति गठन

    • ५. विश्वकप फुटबल हेर्न अमेरिका जाने नेपालसहित ५० देशका लागि १५ हजार डलरको भिसा धरौटी मिनाहा !

    चर्चित
    • १. परराष्ट्रद्धारा अमेरिकाका ४ सहित १५ जना नेपाली अबैतनिक महावाणिज्यदुत हटाइए, विदेशी सबै कायम

    • २. ‘दुईतिहाइकै किन नहोस्, डर र प्रभावमा न्याय सम्भव छैन’: सपना प्रधान मल्ल, कायममुकायम प्रधानन्यायाधीश

    • ३. अमेरिकामा ग्रिनकार्डवालामाथी छानवीन: विगतमा छलेर ग्रिनकार्ड लिनेहरुमा त्रास बढदो !

    • ४. भारतीय विदेश सचिव विक्रम मिस्रीको काठमाडौँ भ्रमण स्थगित किन भयो ?

    • ५. स्मार्ट टेलिकम प्रकरणमा सीआईबीको सफलता !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.