• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

पुटिनसँगको बैठक सफल भए जेलेन्स्कीसहितको त्रिपक्षीय वार्ता: राष्ट्रपति डोनाल्ड ट्रम्प

  •  खबरमाला संवाददाता
  • २०८२ श्रावण ३०, बिहीबार ०८:३६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामका लागि पुटिन सहमत नभए रूसले गम्भीर परिणाम ब्यहोर्नुपर्ने चेतावनी दिएका छन्। ट्रम्प र पुटिनबीच युक्रेनमा युद्धविरामबारे शुक्रबारमा अलास्कामा शिखर वार्ता हुँदैछ। युक्रेन युद्धविरामबारे बुधबार युरोपेली नेताहरुसँगको भर्चुअल बैठकमा ट्रम्पले पुटिनलाई शान्तिका लागि सहमत गराउन सफल हुनेमा आफू विश्वस्त भएको यद्यपि त्यसो हुन नसके रूसले गम्भीर परिणाम भोग्नुपर्ने बताएका हुन्। ‘पुटिन युद्धविरामका लागि तयार नभए रूसले अत्यन्त गम्भीर परिणाम भोग्नुपर्नेछ,’ ट्रम्पको भनाइ उद्धृत गर्दै अमेरिकी पत्रिका द न्यूयोर्क टाइम्सले लेखेको छ।

    त्यसपछि गम्भीर परिणाम भन्नाले नयाँ प्रतिबन्ध र भन्सारमा हो? भनेर पत्रकारहरूले सोधेका थिए। त्यसमा ट्रम्प जबाफ दिन अनकनाएको भनेर अर्को अमेरिकी मिडिया सिएनएनले उल्लेख गरेको छ। ‘मलाई थप भन्नु छैन तर युद्धविराम नभए रूसले गम्भीर परिणाम भोग्नुपर्नेछ,’ उनले भनेका छन्।

    ट्रम्पले पुटिनसँगको वार्ता सफल भए तत्कालै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसहित त्रिपक्षीय वार्ता हुने पनि बताएका छन्। ‘त्रिपक्षीय वार्ता तत्कालै हुने सम्भावना पनि छ। दोस्रो वार्ता पहिलो भन्दा बढी प्रभावकारी र ठोस नतिजामुखी पनि हुन सक्छ,’ उनले भने। ट्रम्पले जेलेन्स्कीलाई सुरूवातकै बैठकमा नराख्ने निर्णय आफ्नो नभएको पनि बताए। उनले पुटिनसँगको बैठक सकिनेबित्तिकै युरोपेली नेताहरूलाई टेलिफोनमार्फत वार्तामा भएका विषयहरूबारे जानकारी गराउने बताए। ट्रम्पले युरोपेली नेताहरूसँगको भर्चुअल बैठक अत्यन्त रचनात्मक भएको भनेका छन्।

    Post Views: 199
    प्रकाशित मिति: २०८२ श्रावण ३०, बिहीबार ०८:३६
    Advertisement
    संबन्धित शिर्षकहरु
    नेवार समुदायका परम्परागत मुकुन्डोनाच पुस्तकलाई मदन पुरस्कार
    अमेरिकामा असाईलम पाउन झन् झन कठिनः असाईलम अस्वीकृति दर ९४ प्रतिशत भन्दा बढी !
    एनभिडियाका सिइओले अमेरिकाबाट नेपाललाई पठाए डेढ अर्ब रूपैयाँभन्दा बढी रकम
    Advertisement
    ताजा अपडेट
    • १. नेवार समुदायका परम्परागत मुकुन्डोनाच पुस्तकलाई मदन पुरस्कार

    • २. अमेरिकामा असाईलम पाउन झन् झन कठिनः असाईलम अस्वीकृति दर ९४ प्रतिशत भन्दा बढी !

    • ३. एनभिडियाका सिइओले अमेरिकाबाट नेपाललाई पठाए डेढ अर्ब रूपैयाँभन्दा बढी रकम

    • ४. गौरा पर्व : आस्था, संस्कृति र सुदूरपश्चिमको मौलिक पहिचान

    • ५. नेपालले भोटेकोसी बाढीको क्षतिपूर्ति मागसहित राष्ट्रसंघीय समितिमा पठाएको पत्रमा के छ ?

    चर्चित
    • १. गौरा पर्व : आस्था, संस्कृति र सुदूरपश्चिमको मौलिक पहिचान

    • २. २१ देशमा राजदुत नियूक्तिमा ढिलाई हुँदा विदेशी सहयोग र प्रतिबद्धतामा कमी

    • ३. अमेरिकामा असाईलम पाउन झन् झन कठिनः असाईलम अस्वीकृति दर ९४ प्रतिशत भन्दा बढी !

    • ४. प्रधानमन्त्री बालेन शाह राष्ट्रसंघको महासभामा भाग लिन जाने

    • ५. नेपालले भोटेकोसी बाढीको क्षतिपूर्ति मागसहित राष्ट्रसंघीय समितिमा पठाएको पत्रमा के छ ?

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.