• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

कुवेतमा विषाक्त रक्सी पिएर १० नेपालीको मृत्यु, मृतकको संख्या बढ्न सक्ने

  •  खबरमाला संवाददाता
  • २०८२ श्रावण ३२, शनिबार १०:५५ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    कुवेतमा शनिबार मिथेनल मिथेनोल मिश्रित मदिरा पिएर कम्तीमा २३ जनाको मृत्यु भएको छ भने १६० भन्दा बढि व्यक्तिहरूले मदिरा विषाक्तताका कारण उपचार गराइरहेको त्यहाँ स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ। मृतकहरू सबै एशियाली मूलका रहेको बताइएको छ। कुवेतस्थित नेपाली दूतावासका अनुसार पछिल्लो तीन दिनमा विषाक्त रक्सी सेवनका कारण कुवेतमा ९ जना नेपालीको मृत्यु भएको छ। अस्पताल स्रोतले दूतावासलाई जानकारी गराएअनुसार थुप्रै अन्यको उपचार भइरहेको छ भने केही डिस्चार्ज भइसकेका छन्। निधन भएका नेपालीहरुको नाम थर वतन र नेपालको ठेगाना खोजेर आफन्तलाई जानकारी गराउने प्रक्रियामा दुतावासले काम गरी रहेको बताइएको छ ।

    दूतावासका श्रम सल्लाहकार गिरिप्रसाद आचार्यले दिएको जानकारी अनुसार मृतकहरूको विवरण संकलन भइरहेको छ । उहाँले भने, “चिकित्सकीय रिपोर्ट प्राप्त नभएसम्म मृत्युको यकिन कारण भन्न सकिँदैन। तीन दिनको अवधिमा ९ नेपालीको मृत्यु भएको छ। विषाक्त रक्सीकै कारण मृत्यु भएको हो कि होइन भन्ने यकिन भन्न सकिने अवस्था छैन।” यी बिरामीहरूमा लक्षणहरू सामान्यदेखि गम्भीरसम्म फैलिएको छ। ३१ जना बिरामीलाई भेन्टिलेटरमा राखिएको छ भने ५१ जनाले आपतकालीन मृगौला डायलाइसिस गराउनु परेको छ। त्यसमध्ये २१ जनाको स्थायी दृष्टि नष्ट वा कमजोर भएको छ।

    विषाक्त मदिरा पिएर कम्तीमा १० नेपाली नागरिकले ज्यान गुमाएका छन्, कुवेतस्थित नेपाली दूतावासका अधिकारीहरूले बताएका छन्। अन्य करिब ३० देखि ३५ जना नेपालीहरू, जसले विषाक्त मदिरा सेवन गरेको विश्वास गरिन्छ, हाल कुवेतका विभिन्न अस्पतालहरूमा उपचाराधीन छन्। केही बिरामीहरू गम्भीर अवस्थामा इन्टेन्सिभ केयरमा छन् र डाक्टरहरूले २४ घण्टा निगरानी गरिरहेका छन्। स्वास्थ्य मन्त्रालयले जनतालाई विषाक्त मदिरा सेवन गरेको शङ्का भए तुरुन्त अस्पताल वा स्वीकृत ह्याटलाइनमा खबर गर्न आग्रह गरेको छ। स्वास्थ्य मन्त्रालयले यस संकट व्यवस्थापनका लागि सम्बन्धित सबै निकायहरूसँग नजिकबाट समन्वय गरिरहेको बताएको छ। मिश्रित मदिरा बजारमा कसरी आएको हो भन्ने विषयमा अनुसन्धान जारी रहेको मुख्य कुराहरूमा उल्लेख छ।
    कुवेतमा सबैभन्दा बढी प्रभाव पारेका मध्ये भारतीय दूतावासले करिब ४० भारतीय नागरिकहरू अस्पताल भर्ना भएकाले उनीहरूको उपचारमा सहयोग पुर्याइरहेको जनाएको छ। दूतावासले पीडित परिवारलाई जानकारी र आवश्यक सहयोग प्रदान गर्न ह्याटलाइन नम्बर पनि खुलेको छ। भारतीय राजदूत लगायत उच्च अधिकारीहरूले बिरामीहरूको अवस्था बुझ्न अस्पतालहरूको निरीक्षण गरेका छन्। यो घटना कुवेतमा अवैध रूपमा निर्मित र बिक्री गरिँदै आएको मिथेनल मिश्रित मदिरासँग सम्बन्धित रहेको आशङ्का गरिएको छ। कुवेतमा मदिरा आयात र उत्पादन १९६४ देखि प्रतिबन्धित छ।

    Post Views: 295
    प्रकाशित मिति: २०८२ श्रावण ३२, शनिबार १०:५५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि
    स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने
    इजरायल सहित ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    • २. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ३. इजरायल सहित ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति

    • ४. नेपालका प्रधानमन्त्रि बालेन्द्र शाह टाइम म्यागजिनको विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा

    • ५. कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको नेतृत्वमा पहिलो फुलकोर्ट

    चर्चित
    • १. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • २. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ३. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ४. राजनीतिक दृष्टिले निकै उथलपुथल वर्ष २०८२: आशा नयाँ बर्षको !

    • ५. हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले १६ वर्षपछि सत्ता गुमाए

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.