• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

हिन्दुकुश सम्मेलन : जैविक विविधता संकटप्रति चिन्ता व्यक्त

  •  खबरमाला संवाददाता
  • २०८२ भाद्र ३, मंगलवार ०७:३० प्रकाशित
    • अ-
    • अ
    • अ+

    हिन्दुकुश हिमालय क्षेत्रमा साझा धारणा बनाउन र सहकार्यलाई बलियो बनाउन ‘हिन्दुकुश हिमालय संसदीय बैठक सोमबारदेखि काठमाडौँमा सुरु भएको छ।

    बैठकमा बोल्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा शिवराज अधिकारीले जैविक विविधता तीव्र रूपमा घट्दै गएको भन्दै यसले वातावरण, विनाश मात्र नभई लाखौँ मानिसको जीवनस्तरमा असर पारिरहेको प्रति चिन्ता व्यक्त गरे ।

    उनले यो चुनौतीलाई बुझ्न गहिरो अनुसन्धान र प्रमाण आवश्यक रहेको भन्दै सांसदहरूको भूमिका विशेष भए पनि कार्यपालिका, न्यायपालिका र सरकारका सबै निकायहरूले विकास, जैविक विविधता र जलवायु परिवर्तनबारे स्पष्ट दृष्टिकोण बनाउनुपर्ने आवश्यकता रहेको औँल्याए ।

    ‘हामीले राष्ट्रिय आर्थिक र सामाजिक योजनामा जैविक विविधतालाई एकीकृत गर्नुपर्छ हाम्रा कानुनहरूले समावेशी विकासलाई समर्थन गर्दै प्रकृतिको रक्षा गर्नुपर्छ कानुनहरू विकास गर्दा हामी सावधान हुनुपर्छ,कानुन विकासका लागि बाधा बन्नुपर्दैन बरु, तिनीहरू विकासको हिस्सा नै हुनुपर्छ जैविक विविधताको संरक्षण विकास हो प्राकृतिक स्रोतको संरक्षण नगरी त्यसको प्रयोग गर्नु वास्तविक विकास होइन आर्थिक वृद्धि, सामाजिक प्रगति र वातावरणीय संरक्षणलाई सन्तुलनमा राखेर विकास समग्र हुनुपर्छ’ उपाध्यक्ष अधिकारीले भने ।

    उनले सदनका सदस्यहरू नै जनतालाई र सरकारसँग जोड्ने मुख्य पुल भएको हुँदा उनीहरूले बनाउने नीति, कानुन र बजेटमै जैविक विविधतालाई प्राथमिकता दिन सकियो भने संरक्षणलाई विकास विरोधी नभई विकासकै हिस्सा बनाउन सकिने कुरामा जोड दिए । उनले विकास चाहिने तर प्रकृतिलाई नष्ट गर्न नहुने बताए ।

    उनले विकास, जलवायु र जैविक विविधताबिचको ‘समन्वयात्मक अतिरिक्त लाभ र विरोधाभासहरू’लाई ध्यानपूर्वक बुझ्नुपर्नेमा जोड दिए ।

    उपाध्यक्ष अधिकारीले हिन्दुकुश हिमालय क्षेत्र साझा सम्पत्ति भएको र यो कुनै एक देश वा अर्थतन्त्रले मात्र चुनौती समाधान गर्न नसक्ने हुँदा एकअर्कामा विचारहरू बाँड्न, सिक्न र अनुभवहरू साटासाट गर्न आवश्यक रहेको भन्दै यस्तो प्रकारको संवाद अत्यन्त उपयोगी रहेको बताए ।

    राष्ट्रिय योजना आयोगले योजनाको आदानप्रदान र समन्वयलाई सावधानीपूर्वक विचार गर्न सांसद, कार्यपालिका र न्यायपालिकाबीच छलफललाई बढवा दिएको बताउँदै उपाध्यक्ष अधिकारीले यस्तो संवाद आयोगले सुरु गरिसकेको जानकारी समेत दिए ।

    उपाध्यक्ष अधिकारीले समुदाय–नेतृत्वमा संरक्षण सफल हुन्छ भन्ने नेपालले विश्वलाई देखाइसकेको र अब त्यो धरोहर जोगाउनु हाम्रो जिम्मेवारी भएको बताए ।

    उनले संरक्षण भनेको विकास विरोधी नभई–संरक्षण नै विकास भएको भन्दै यसले जीविकोपार्जन सुरक्षित गर्ने, हरित रोजगारी सिर्जना गर्ने र भविष्यलाई दिगो बनाउने समेत बताए ।

    Post Views: 171
    प्रकाशित मिति: २०८२ भाद्र ३, मंगलवार ०७:३०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको नेतृत्वमा पहिलो फुलकोर्ट
    कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारले बनायो सुरक्षा संयन्त्रमाथि अध्ययन समिति
    २०६२ देखि सार्वजनिक पदमा रहेका उच्चपदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
    Advertisement
    ताजा अपडेट
    • १. कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको नेतृत्वमा पहिलो फुलकोर्ट

    • २. कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारले बनायो सुरक्षा संयन्त्रमाथि अध्ययन समिति

    • ३. २०६२ देखि सार्वजनिक पदमा रहेका उच्चपदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन

    • ४. हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले १६ वर्षपछि सत्ता गुमाए

    • ५. राजनीतिक दृष्टिले निकै उथलपुथल वर्ष २०८२: आशा नयाँ बर्षको !

    चर्चित
    • १. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • २. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ३. राजनीतिक दृष्टिले निकै उथलपुथल वर्ष २०८२: आशा नयाँ बर्षको !

    • ४. हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले १६ वर्षपछि सत्ता गुमाए

    • ५. नेपालमा पोर्चुगिज दुतावास खोल्न हस्ताक्षर अभियान, बाणिज्यदुताबास खोल्ने संकेत !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.