• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

श्रम विभागमा दैनिक २० मुद्दा, एक महिनामा ६८ हजारले लिए श्रम स्वीकृति

  •  खबरमाला संवाददाता
  • २०८२ भाद्र ५, बिहीबार ०४:१५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    वैदेशिक रोजगारीको आकर्षणसँगै ठगीका घटनाहरू पनि बढी रहेको श्रम विभागको तथ्याङ्कले देखाउँछ । विभागको मुद्दा तथा अनुसन्धान शाखाका अनुसार श्रावण महिनामा मात्र ५८० वटा उजुरी दर्ता भएका छन् । त्यो मुद्दाको संख्या विगत महिनाको तुलनामा न्यून हो तर पनि दैनिक २० बढी बढी मुद्दाहरु पर्ने गरेको छ ।
    ती उजुरीहरूमध्ये ७४ वटामा मिलापत्र गराइएको छ भने २६ वटा मुद्दा अदालतमा दायर भएका छन् । यस अवधिमा पीडितहरूका लागि तीन करोड ५३ लाख ८३ हजार क्षतिपूर्ति रकम असुल गराइएको विभागले जनाएको छ ।
    आर्थिक वर्ष २०८२र८३ को पहिलो महिनामा ६८ हजारभन्दा बढी नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको श्रावण महिनाको प्रगति विवरण अनुसार कुल ६८,११० जनाले श्रम स्वीकृति लिएका हुन्, जसमा पुरुषको संख्या अत्यधिक रहेको छ ।

    विभागको तथ्यांक अनुसार, श्रावण महिनामा ५८,९४८ जना पुरुष र ९,१६२ जना महिलाले श्रम स्वीकृति लिएका छन् । यो संख्याले वैदेशिक रोजगारीमा जाने कूल कामदारमध्ये महिलाको हिस्सा करिब १३।४५ प्रतिशत मात्र रहेको देखाउँछ । श्रम स्वीकृति लिनेहरूमध्ये सबैभन्दा ठूलो संख्या म्यानपावर कम्पनीमार्फत जानेहरूको छ ।

    श्रावणमा ३१,८३० जनाले म्यानपावर कम्पनीमार्फत श्रम स्वीकृति लिएका छन्, जसमा २९,१३० पुरुष र २,७०० महिला छन् । सोही अवधीमा २३,६४४ जनाले पुनस् श्रम स्वीकृति लिएका छन्, जसमा २०,५४७ पुरुष र ३,०९७ महिला रहेका छन् । व्यक्तिगत श्रम स्वीकृति लिनेको संख्या ११,७७२ रहेको छ भने सरकार–सरकार  प्रक्रियामार्फत कोरिया, इजरायल र बेलायत जानेको संख्या ८६४ रहेको छ ।

    Post Views: 322
    प्रकाशित मिति: २०८२ भाद्र ५, बिहीबार ०४:१५
    Advertisement
    संबन्धित शिर्षकहरु
    विदेशी पीआर लिएका दुई नापी अधिकृतलाई कारबाही !
    सिड्नीमा युवा उद्यमीहरूको विश्व सम्मेलन सम्पन्न
    अगस्टमा चीन र आयरल्यान्डमा सम्मेलन, नागरिकता र लगानी मुख्य एजेन्डा
    Advertisement
    ताजा अपडेट
    • १. विदेशी पीआर लिएका दुई नापी अधिकृतलाई कारबाही !

    • २. सिड्नीमा युवा उद्यमीहरूको विश्व सम्मेलन सम्पन्न

    • ३. अगस्टमा चीन र आयरल्यान्डमा सम्मेलन, नागरिकता र लगानी मुख्य एजेन्डा

    • ४. डा. चन्द्र गिरीको नयाँ साहित्यिक कृति ‘डङ्कीः सपनाको कालबाटो’

    • ५. विश्वकप फुटबल हेर्न क्यानडामा पुगेका नेपालीसहित १० देशका सयौद्धारा शरणार्थी बन्न निवेदन !

    चर्चित
    • १. विश्वकप फुटबल हेर्न क्यानडामा पुगेका नेपालीसहित १० देशका सयौद्धारा शरणार्थी बन्न निवेदन !

    • २. पार्टी र सरकारबीच फरक कुटनीतिक अभ्यास केका लागि ?

    • ३. तीन वरिष्ठ न्यायाधीशलाई राजीनामाको दबाब र महाअभियोगको धम्की !

    • ४. युरोपको श्रम बजारमा आप्रवासीको प्रभाव बढ्दै, लाखौं दक्ष जनशक्तिको अझै अभाव !

    • ५. डा. चन्द्र गिरीको नयाँ साहित्यिक कृति ‘डङ्कीः सपनाको कालबाटो’

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.