गर्मी समयमा अमेरिकी रोजगारी बजार बढ्नु पर्नेमा यसपाली उल्टो असर देखाउँदै घटेको देखिएको छ । अगस्ट महिनामा केवल २२ हजार नयाँ रोजगारी थपिएको छ, र व्यापारहरूले महसुस गरेका भन्सार शुल्कका प्रभावहरूका कारण श्रम बजारमा सुस्तीको क्रम जारी रहेको अध्धयनले उल्लेख गरेको छ ।

अन्तिम रोजगारी प्रतिवेदनमा अझ खराब समाचार समेटिएको छ । पछिल्लो सर्वेक्षण अनुसार, अमेरिकाले जुन महिनामा १३,००० रोजगारी गुमाएको थियो । अगस्ट महिनाको बेरोजगारी दर ४.३% मा पुगेको छ, जुन २०२१ यता सबैभन्दा उच्च बेरोजगारी दर हो । श्रम बजारमा पनि आएको सुस्ती देखाएका छन् । अध्धयनमा भनिएको छ की प्रमुख अर्थशास्त्री नेला रिचर्डसनका अनुसार “वर्षको सुरुआतमा रोजगारी वृद्धि निकै बलियो थियो, तर त्यो लय अहिले अनिश्चितताले तहसनहस भएको छ । रोजगारी सुस्त हुनुका धेरै कारणहरू हुन सक्छन् – जस्तै श्रमिक अभाव, उपभोक्ताहरूको आशंका, र एआईबाट उत्पन्न व्यवधान।” भनिएको छ ।
संघीय रिजर्भले पनि श्रम बजारको निगरानी गरिरहेको छ कि त्यसको आधारमा ब्याजदरमा परिवर्तन आवश्यक छ कि छैन । गत महिना वायोमिङको ज्याक्सन होलमा आयोजित सम्मेलनमा ँभम अध्यक्ष जेरोम पावेल ले आफ्नो भाषणमा संकेत दिएका थिए कि सेप्टेम्बर १७ को बैठकमा दर कटौती गर्ने सम्भावनातर्फ अधिकारीहरूले दावी गरेका छन ।
संयुक्त राज्य अमेरिकामा जुलाई महिनाको आधारभूत महँगी २.९ प्रतिशतले बढेको छ। जुन चालू वर्षको फागुन महिनापछिको सबैभन्दा उच्च स्तर हो। अमेरिकी आर्थिक विश्लेषण विभागले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार यस्तो देखिएको हो।
आधारभूत मूल्यवृद्धि भन्नाले खाद्यान्न र इन्धनजस्ता दैनिक रूपमा उतारचढाव हुने वस्तुहरूलाई हटाएर बाँकी वस्तु तथा सेवाहरूको मूल्यमा आएको परिवर्तनलाई जनाइन्छ। जुन महिनाको तुलनामा यो दर ०.३ प्रतिशतले वृद्धि भएको छ, जुन आर्थिक जानकारहरूको अनुमानसँग मेल खाएको बताइएको छ।
स्थानीय सञ्चारमाध्यमहरूका अनुसार मूल्यवृद्धिको गति अपेक्षाकृत मन्द देखिएकाले सेप्टेम्बर महिनामा ऋणको ब्याजदर घट्ने सम्भावना रहेको उल्लेख गरिएको छ।
संयुक्त राज्य अमेरिकामा आर्थिक अवस्था आकलन गर्ने मुख्य सूचकको रूपमा रहेको उपभोग व्यय मूल्य सूचकांकअनुसार अमेरिकामा बसोबास गर्ने नागरिकहरू वा तिनीहरूका तर्फबाट किनमेल गरिने वस्तु तथा सेवाहरूको मूल्य यही माध्यमबाट मापन गरिन्छ।




