• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

सर्वोच्चको भवनमा फुलकोर्टको बैठक, सर्वोच्चबाट प्रधानन्यायाधीश राउतले दिएको सन्देश

  •  खबरमाला संवाददाता
  • २०८२ भाद्र २६, बिहीबार १९:५९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    भदौ २४ गते प्रदर्शनकारीले लगाएको आगोले सर्वोच्च अदालतमा हजारौं मुद्दाका मिसिल जले। भवन लगभग खरानी भयो। नेपालको न्यायालयको इतिहास धुँवाधुँवा भयो।

    सर्वोच्च अदालत मुद्दाका लागि पेसी समेत तोक्न नसक्ने अवस्थामा पुग्यो। तर त्यसको दुई दिनपछि सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले जलेको सोही भवनमा फुलकोर्टको बैठक राखेका छन्।  राउतले जल्न बाँकी रहेको भवनको कोठामा बैठक राखेर मुलुक विधि, विधान र न्यायको बाटोमा अघि बढ्ने सन्देश दिएका छन्।

    जबकि राज्यका अन्य दुई निकाय: कार्यपालिका र व्यवस्थापिका ‘कोमा’ मा छन्।  यस्तोमा राउतले फुलकोर्टको बैठकमात्र गरेका छैनन्। न्यायालयको गिरेको नूर उठाउने प्रयास गरेका छन्।

    supreme-court-jaleko-(4)-1757592098.jpg
    सर्वोच्चसँगै उनले जलेको नेपाल बार एसोसिएसन र महान्यायाधिवक्ता कार्यालयको पनि निरीक्षण गरेका छन्।

    फुलकोर्टको बैठकले आइतबारदेखि बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्ने निर्णय लिएको छ। यसले मुलुकमा संविधान र कानुन भएको भरोसा जनतालाई दिएको छ।

    जबकि अदालतका न्यायाधीशहरूको गाडी जलेको छ। साइकलमा अदालत आउनुपर्ने अवस्था छ। तर बिहीबार दर्जन बढी न्यायाधीशहरूले अदालत पुगेर न्याय नमरेको सन्देश दिएका छन्।

    प्रधानन्यायाधीश राउतले बुधबार दिनभर देशभरका अदालत जलेका कारण न्यायाधीशहरूको जीउ ज्यान जोगाउन सेनासँग संवाद गरेका थिए।

    एक न्यायाधीशका अनुसार फुलकोर्टको बैठकमा राउतले १० औँ हजारौँ अपराधी छुटेका कारण न्यायाधीशहरू समेत जोखिममा रहेको बताएका थिए।

    प्रधानन्यायाधीश राउतले देशभरका मुख्यन्यायाधीश र न्यायाधीशहरूलाई पनि अदालती कामकारबाही सुरू गर्ने विषयमा पत्राचार पनि गरेका छन्।

    supreme-court-jaleko-(1)-1757592102.jpg

    प्रधानन्यायाधीश राउतले सरकार भए/नभए पनि अदालतले काम गरोस् भन्ने चाहनालाई पूरा गर्नुपर्ने धारणा फुलकोर्टको बैठकमा राखेका थिए।

    तर अदालतमा बस्ने ठाउँ समेत नभएकाले राउतलाई सर्वोच्चमा इजलास बसाउनु सजिलो भने छैन।

    राउतले अलिअलि जल्न बाँकी रहेको कोठाबाटै भए पनि न्याय सम्पादन सुरू गर्नुपर्ने फुलकोर्ट बैठकमा बताएका थिए। उनले नेपाल बार एसोसिएसन पुग्दा जलेको भवन हेर्नु हृदय बिदारक भएको टिप्पणी गरेका थिए।

    सर्वोच्चको फुलकोर्ट जलेको भवनको छेवैमा भएको एनेक्स भवनमा बसेको थियो। न्यायाधीशहरूले भने बैठकमा सुरक्षाको प्रश्न उठाएका छन्। उनीहरूले सुरक्षाका लागि सेनासँग कुरा गर्न प्रधानन्यायाधीशलाई सुझाव दिएका छन्।

    तर त्रासका बीचमा भए पनि न्याय सम्पादनको कार्य अघि बढाउनेमा न्यायाधीशहरू एकमत छन्।

    फुलकोर्टको बैठकपछि सर्वोच्चमा बिहीबार दुई महत्वपूर्ण निर्णय लिइएको छ।

    बैठकले आइतबारदेखि बन्दी प्रत्यक्षीकरणको रिट दर्ता र त्यसको सुनुवाइ सुरू गर्ने निर्णय गरेको हो। बन्दी प्रत्यक्षीकरणको रिट माथिको सुनुवाइ दसैँ तथा तिहारमा समेत रोकिन्न। यसरी आफ्नो भवन नै जलेको बेलामा समेत यो निर्णय गरी सर्वोच्चले सकारात्मक सन्देश दिएको छ।

    दोस्रो, सर्वोच्चले म्याद थामिने सम्बन्धी पनि निर्णय गरेको छ।

    पछिल्लो समयमा म्याद/तारिख गुज्रिएको अवस्थामा कर्फ्यू/निषेधाज्ञा हटेर आवतजावत सहज र अदालतको कामकारबाही सुरू भएपछि ३० दिनभित्र अदालतमा उपस्थित हुनसक्ने मुख्य रजिस्ट्रार बिमल पौडेलले बताएका छन्। त्यसका लागि म्याद/ तारिख थामी पाउँ भनेर निवेदन अदालतमा दिनुपर्नेछ।

    यसो त सर्वोच्चको प्रशासनले पनि बुधबारदेखि नै न्याय सम्पादन गर्नका सहयोग पुर्‍याएको छ। सर्वोच्चका १५ वटा फाँट र सात वटा इजलास ध्वस्तै छन्। यकिन क्षति विवरण पछि आउला। बुधबार कर्मचारीहरू, कानुन व्यवसायी, कानुनका विद्यार्थी लगायत सर्वोच्च पुगे। उनीहरूले भवन भित्र पसेर जल्न बाँकी मिसिल तथा कागजातलाई सुरक्षित स्थानमा राखेका छन्। अहिले त्यस्ता कागजातलाई पनि सर्वोच्च परिसर भित्रै रहेको अर्को भवन, एनेक्समा सारिएको छ। एनेक्स भवनमा पनि आगजनी भए पनि मूल भवनको तुलनामा कम क्षति पुगेको छ।

    Post Views: 177
    प्रकाशित मिति: २०८२ भाद्र २६, बिहीबार १९:५९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मानव अधिकार आयोगको प्रतिवेदनलाई किन दिइन्छ अन्तर्राष्ट्रिय मान्यता ?
    सेनाले सिंहदरबार र राष्ट्रपति भवन जोगाउन सामान्य प्रयास समेत गरेन: मानवअधिकार आयोग प्रतिवेदन
    मानव अधिकार आयोगको निश्कर्षः अनुसन्धानको दायरामा रास्वपाका १७ सांसद को को हुन ?
    Advertisement
    ताजा अपडेट
    • १. मानव अधिकार आयोगको प्रतिवेदनलाई किन दिइन्छ अन्तर्राष्ट्रिय मान्यता ?

    • २. सेनाले सिंहदरबार र राष्ट्रपति भवन जोगाउन सामान्य प्रयास समेत गरेन: मानवअधिकार आयोग प्रतिवेदन

    • ३. मानव अधिकार आयोगको निश्कर्षः अनुसन्धानको दायरामा रास्वपाका १७ सांसद को को हुन ?

    • ४. अमेरिकी नागरिक विदेशी राजनीतिक दलसँग आबद्ध हुँदा लाग्ने ‘फारा’ कानुन के हो ?

    • ५. प्रधानमन्त्रिद्धारा युरोपेली संघ गैरआवासीय राजदूतसंग भेटघाट हुँदै, पार्टी सभापति लामीछानेको भारत भ्रमणबारे सरकार बेखबर ?

    चर्चित
    • १. नेपालस्थित अमेरिकी दूतावासमा कार्यरत अमेरिकी कुटनीतिज्ञ माईक हार्करद्धारा सगरमाथाको सफल आरोहण

    • २. अमेरिकामा ग्रीनकार्ड लिन चाहनेले आफ्नै देश फर्केर आवेदन दिनुपर्ने

    • ३. अमेरिका जान हिडेका हजारौ आप्रवासी किन मेक्सिकोमै रोकिए ?

    • ४. प्रधानमन्त्रिद्धारा युरोपेली संघ गैरआवासीय राजदूतसंग भेटघाट हुँदै, पार्टी सभापति लामीछानेको भारत भ्रमणबारे सरकार बेखबर ?

    • ५. १ अर्ब २० करोड मानिस मानसिक रोगीः अध्ययन

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.