जेन–जी आन्दोलनपछि भदौ २४ गते सर्वोच्च अदालतमा आगजनी भएपछि अन्दाजी ६० हजारभन्दा बढी मुद्दाका मिसिल जलेको कर्मचारीहरू अनुमान गरेका छन । तीमध्ये कति पूर्ण रूपमा जलेको वा कति सुरक्षित रहेको यकिन तथ्यांक आइसकेको छैन। यस्तो अवस्थामा जलेका फाइल कसरी प्राप्त गर्ने र सुनुवाइमा रहेका मुद्दा कसरी बढाउने भन्नेमा सर्वोच्चका कर्मचारीहरूले तीन उपाय निकालेका छन् ।
सर्वोच्चले सुनुवाइ जारी रहेका मुद्दाका फाइल सेवाग्राही र तिनका वकिलहरूबाट फिर्ता लिने तयारी गरेको छ। हरेक मुद्दाको फाइल अदालत र सम्बन्धित सेवाग्राहीका वकिल दुवै पक्षले राखेको हुन्छ। अदालतमा रहेको फाइल जलेर नष्ट भए पनि सेवाग्राहीका वकिलबाट मगाएर अदालती प्रयोजनमा ल्याउन सकिने सर्वोच्चका कर्मचारी बताउँछन्।

यसको निम्ति आइतबार तारेख धाउन आएका सेवाग्राहीसँग कर्मचारीहरूले सबै कागजात फिर्ता ल्याउन भनिरहेका थिए।
सर्वोच्च अदालतले जलेका मुद्दा पुनस् प्राप्त गर्न आन्तरिक इमेल प्रयोग गर्दैछ। सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेका अनुसार सर्वोच्चको आन्तरिक इमेलमा पनि थुप्रै मुद्दाका विवरण सेभ छन्। ुम आफैले कतिपय मुद्दाका मिसिल इमेलमार्फत पठाउने गरेको छु,ु उनले भने, ुकागजातमा राख्नुभन्दा इमेलमा राखेकाले कतिपय मिसिल सुरक्षित हुनसक्छन्। हेर्न भ्याइएको छैन।
यसरी नै अन्य कर्मचारीले पनि इमेलमा फाइलहरू राख्न सक्ने भएकाले कतिपय सुरक्षित हुन सक्छन्। तेस्रो उपायका रूपमा सर्वोच्च अदालतले वकिलहरूसँग सहयोग मागेको छ।यसका लागि सर्वोच्च अदालतले शुक्रबार नेपाल बार एसोसिएसनका प्रतिनिधि तथा अन्य वकिलहरूसँग पनि छलफल गरेको थियो। वकिलहरूसँग पनि मुद्दाका मिसिल वा त्यसको फोटोकपी हुनसक्ने भएकाले पुनस् प्राप्तिका लागि सहयोग माग गरिएको थियो। यी तीनैवटा उपायबाट मुद्दाका मिसिल प्राप्त गर्न सर्वोच्च अदालतका कर्मचारी गत बिहीबारदेखि नै व्यवस्थापनको काममा जुटेका छन्।





