• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

प्रधानमन्त्रि कार्कीको मन्त्रि बन्न क-कसले मानेनन ? कस्को नाम चर्चामा छ ?

  •  खबरमाला संवाददाता
  • २०८२ आश्विन ५, आईतवार १९:१७ प्रकाशित
    2017-photo(c)narayan maharjan
    • अ-
    • अ
    • अ+

    जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले अझै मन्त्रिपरिषलाई पुर्णता दिन सकेको छैन । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्लाई पूर्णता दिन विभिन्न व्यक्तिहरूसँगको परामर्श तीव्र बनाए पनि विभिन्न शक्ति केन्द्रबाट आएका नामहरुका कारण ११ सदस्यी बनाउने भनिएको मन्त्रिपरिषदको आकार बढ्ने भएको छ । सरकार बनेको दश दिन भइसकेकाले छिटो चयन गर्न उनीमाथि दबाब छ त्यसैले संभवत भोलीसम्म मन्त्रि परिषदले पुर्ण रुप पाउने छ एक मन्त्रिले बताए । आन्दोलनको भावना, समावेशीता र सरकारको चुनावी मुख्य कार्यभार बहन गर्न सक्ने व्यक्तिहरूलाई उनले मन्त्रीमा ल्याउन चाहेकी भए पनि अहिले उनले पाएका नामहरु शक्ति केन्द्रबाट प्राप्त भएकोले प्रधानमन्त्रि कार्की चर्को दवादमा रहेको बताइएको छ ।

    प्रधानमन्त्रि कार्कीले आफैले खोजेका बेहि व्यक्तिहरु मन्त्रि बन्न ईन्कार गरेपछि उनि केहि निरास बनेको निकटस्थहरुले बताएका छन । तर पछिल्लो समयमा मन्त्रि बन्ने भनेर शक्ति केन्द्रबाट उनको हातमा पुगेको नामहरु चर्चामा छन । उनले राजनीतिक दलहरूमा आवद्ध नभएका व्यावसायिक छविका व्यक्तिहरू खोजेकी छन् । उनीहरूले केही व्यक्तिहरूलाई बोलाए र केहीलाई जेनजीका प्रतिनिधिहरू मार्फत् कुराकानी गरेकी छन् ।

    उनले कुराकानी गरेकामध्ये डा सन्दुक रुई, डा भगवान कोईराला, अनिल चित्रकार, अनुराधा कोईराला, भिमार्जुन आचार्यलगायतले मन्त्रि बन्न अस्वीकार गरेको बताइएको छ । प्रधानमन्त्री कार्कीले आफ्नो समूहमा छलफल चलाएका केही नामहरूमा पूर्व न्यायाधीश अनिलकुमार सिन्हा, मानव अधिकार आयोगकी पूर्वआयुक्त मोहना अन्सारी, वैज्ञानिक महावीर पुन, स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव डा. संगिता कौशल मिश्रा , सञ्चारकर्मी जगदीश खरेल, सम्पदाकर्मी गणपतिलाल श्रेष्ठ, बब्लु गुप्ता, रक्षा बम लगायत रहेको बताइएको छ । संभवत यहि नाममा अन्तिम सहमति हुने बताइएको छ । जेनजी आन्दोलनका युवाहरूले कतिपय नामहरूमा प्रश्न गरेकाले प्रधानमन्त्री कार्कीले उनीहरूको पृष्ठभूमिबारे थप खोजबिन गरिरहेकी बताइएको छ । राष्ट्रपति कार्यालयका अनुसार तयारी अवस्थामा रहे पनि नाम आइसकेको छैन ।

    Post Views: 334
    प्रकाशित मिति: २०८२ आश्विन ५, आईतवार १९:१७
    Advertisement
    संबन्धित शिर्षकहरु
    आज शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमा
    १० महिनामा ९० चिकित्सकमाथि कुटपिट र धम्कीः चार बर्षमा २५ सय डाक्टर देश विदेश पलायन
    सुनसरीको साम्प्रदायिक तनावः सुरक्षा चुनौती की बालेन सरकारको राजनीतिक परीक्षा !
    Advertisement
    ताजा अपडेट
    • १. आज शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमा

    • २. १० महिनामा ९० चिकित्सकमाथि कुटपिट र धम्कीः चार बर्षमा २५ सय डाक्टर देश विदेश पलायन

    • ३. सुनसरीको साम्प्रदायिक तनावः सुरक्षा चुनौती की बालेन सरकारको राजनीतिक परीक्षा !

    • ४. अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षरोपण सम्पन्न

    • ५. भारतीय सीमाबाट सयौ शरणार्थी प्रवेशलगत्तै पुर्वी नेपालमा अशान्त, संयोग मात्रै होला ?

    चर्चित
    • १. विश्वकप फुटबल हेर्न क्यानडामा पुगेका नेपालीसहित १० देशका सयौद्धारा शरणार्थी बन्न निवेदन !

    • २. पार्टी र सरकारबीच फरक कुटनीतिक अभ्यास केका लागि ?

    • ३. तीन वरिष्ठ न्यायाधीशलाई राजीनामाको दबाब र महाअभियोगको धम्की !

    • ४. डा. चन्द्र गिरीको नयाँ साहित्यिक कृति ‘डङ्कीः सपनाको कालबाटो’

    • ५. युरोपको श्रम बजारमा आप्रवासीको प्रभाव बढ्दै, लाखौं दक्ष जनशक्तिको अझै अभाव !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.