सरकारले जेनजी आन्दोलनका क्रममा भएको गोलीकान्डको छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेको छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार आयोगको अध्यक्षमा गौरीबहादुर कार्की रहेका छन् । सदस्यमा पूर्वएआईजी विज्ञानराज शर्मा र सदस्यमा विश्वेश्वरप्रसाद भण्डारी रहेका छन् । प्रधानमन्त्री सुशीला कार्कीले त्यस्तो आयोगलाई एक महिनाको समय दिइने र अपुग भए अतिरिक्त १५ दिनसम्म थप समय दिन सकिने बताएकी छन्।





