• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

बजेट अभावमा बुधबारदेखि बन्द भयो अमेरिकाको सरकार

  •  खबरमाला संवाददाता
  • २०८२ आश्विन १६, बिहीबार ०३:०० प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विपक्षी डेमोक्र्याटिक पार्टीबीच संघीय बजेटमा सहमति हुन नसक्दा स्रोत अभावमा अमेरिकाको सरकार बन्द (सटडाउन) भएको छ।

    सत्तारूढ रिपब्लिकन र डेमोक्र्याटिक पार्टीहरू बजेटमा सम्झौता गर्न असफल भएपछि वासिङटनको स्थानीय समय अनुसार मंगलबार मध्यरातपछि यो बन्द सुरू भएको हो।

    बन्दको बेला संघीय निकायले कर्मचारीहरूलाई व्यापक रूपमा बेतलबी बिदामा पठाउने र सार्वजनिक सेवाहरू कटौती गर्ने अपेक्षा गरिएको छ।  रिपब्लिकन पार्टीले सानो सरकारको वकालत गर्छ। सरकारको व्यापक भूमिका हुनुपर्छ भन्ने डेमोक्र्याटिक पार्टीले बजेट पास हुन नदिए सरकारको आकार घटाउन धेरै दरबन्दी खारेज गर्ने रिपब्लिकन पार्टीले धम्की दिँदै आएको थियो।

    त्यसैले यसको प्रभाव दुर्गामी हुन सक्ने भनेर द वाल स्ट्रिट जर्नलले लेखेको छ। अमेरिकामा संघीय आर्थिक वर्ष अक्टोबर १ बाट सुरू हुन्छ। त्यसअघि नै संघीय बजेट संसदले पारित गर्नुपर्छ।

    उसो त अमेरिकाको दुवै सदनमा रिपब्लिकनको स्पष्ट बहुमत छ। तर सत्तारूढ दलले मनपरी नगरून् भनेर सिनेटमा बजेट जस्तो केही विधेयकमा ‘फिलिबस्टर’ को प्रावधान हुन्छ। फिलिबस्टर भनेको आफूलाई मन नपरेको विधेयकमा घण्टौंसम्म बोलेर प्रक्रिया लम्ब्याइ त्यसमा मतदान हुन नदिने उपाय हो। फिलिबस्टर लाग्ने विधेयक विपक्षीको सहयोग बिना पास गर्न ६० मत चाहिन्छ।

    नोभेम्बर २१ सम्म सरकारी खर्च जोहो गर्ने रिपब्लिकनको योजनाले मंगलबारको मतदानमा ५५ भोट मात्रै पायो।

    अक्टोबरको अन्त्यसम्म स्रोत जुटाउने डेमोक्र्याटिक पार्टीको छुट्टै  योजना पनि ४७ विरूद्ध ५३ मतले पराजित भयो। सो योजनामा स्वास्थ्य सेवा खर्चमा १० खर्ब डलरभन्दा बढी थप्ने प्रस्ताव गरिएकाले रिपब्लिकनले त्यसलाई असफल पारे भनेर अमेरिकी पत्रिका द न्यूयोर्क टाइम्सले लेखेको छ।

    विपक्षीको माग अनुसार केही बजेट दिन राजी भएपछि अमेरिकामा जुन पार्टीको राष्ट्रपति भए पनि प्राय संघीय बजेट पास हुने गर्छ। यस पटक भने त्यस्तो सहमति हुन सकेन।

    अमेरिकामा पछिल्लो सरकार बन्द ट्रम्पको पहिलो कार्यकालमा भएको थियो।

    ट्रम्पले मेक्सिकोसँगको दक्षिणी सिमानामा पर्खाल निर्माणका लागि पैसा छुट्टयाउने मागमा डेमोक्र्याटिक सांसद सहमत नभएपछि २०१८ डिसेम्बर देखि ३५ दिनसम्म सरकार बन्द भएको थियो।

    संघीय सरकारको बन्दले हवाई यात्रुहरूलाई विभिन्न तरिकाले असर पार्न सक्छ, जसले लामो सुरक्षा लाइनहरू र ढिलाइहरू निम्त्याउन सक्छ, किनभने तलब नपाएका हवाई ट्राफिक नियन्त्रकहरूले निःशुल्क काम गर्नुभन्दा घरमै बस्न रोज्न सक्छन् । हवाई ट्राफिक नियन्त्रक र यातायात सुरक्षा प्रशासनका कर्मचारीहरूलाई “अनिवार्य“ मानिन्छ, त्यसैले उनीहरू काममा जान जारी रहनेछन् ।

    तर, बन्द अन्त्य नहुँदासम्म उनीहरूले तलब पाउने छैनन्। सन् २०१८–२०१९ मा यस्तो हुँदा, ती कर्मचारीहरूले बिरामी भएको भन्दै काममा नजाने दर बढाउँदै लगेका थिए, जसका कारण देशभर ढिलाइहरू भए । विदेश यात्रा गर्ने योजनामा रहेका अमेरिकीहरू पनि प्रभावित हुन सक्छन्, किनभने अमेरिकी राहदानी एजेन्सीहरूले यात्रा कागजातहरू प्रक्रिया गर्न सामान्यभन्दा धेरै समय लाग्न सक्ने चेतावनी दिएका छन् ।

    Post Views: 655
    प्रकाशित मिति: २०८२ आश्विन १६, बिहीबार ०३:००
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि
    स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने
    इजरायल सहित ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    • २. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ३. इजरायल सहित ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति

    • ४. नेपालका प्रधानमन्त्रि बालेन्द्र शाह टाइम म्यागजिनको विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा

    • ५. कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको नेतृत्वमा पहिलो फुलकोर्ट

    चर्चित
    • १. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • २. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ३. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ४. राजनीतिक दृष्टिले निकै उथलपुथल वर्ष २०८२: आशा नयाँ बर्षको !

    • ५. हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले १६ वर्षपछि सत्ता गुमाए

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.