इजरायल र हामसबीच शान्ति सम्झौता भएसँगै बन्धक रिहाइ हुने भएका छन् । गत बुधबार इजिप्टमा भएको वार्तापछि गत २०२३ अक्टोबरदेखि जारी युद्धविराम हुने भएको हो । युद्धविराम भएसँगै हमासको नियन्त्रणमा रहेका बन्धकहरु सोमबारदेखि रिहा हुने भएका छन् । तर अन्तराष्ट्रिय सञ्चारमाध्यम सीएनएनद्वारा जारी सूचीअनुसार नेपालका विपिन जोशीको अवस्था अज्ञात छ ।
शुक्रबार सीएनएनद्वारा जारी सूचीमा बन्धकमध्ये २ जना अज्ञात छन् जसमध्ये एक विपिन जोशी छन् । बन्धक मध्ये २० जनामात्रै जीवित छन् भने २६ जना बन्धकको मृत्यु भइसकेको सीएनएनले दाबी गरेको छ ।

गत बुधबार इजिप्टमा भएको वार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबारबाट बन्धक रिहा हुने बताएका थिए । सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ ट्रम्पले लेखेका छन्, ‘यसको अर्थ अब सबै बन्दीहरू चाँडै मुक्त हुनेछन् । इजरायलले आफ्नो सेना सहमतिको रेखासम्म फिर्ता गर्नेछ ।’
बुधबारको वार्तामा अमेरिकी विशेष दूत र कतारी प्रधानमन्त्री सहितको सहभागिता थियो । अमेरिका, इजिप्ट र कतारका मध्यस्थतामा इजिप्टको शर्म एल–शेखमा भएको वार्तामा गाजामा युद्धविराम गर्ने सहमति भएको हो । केहि दिन अघि विपिन जोशीको पुरानो भिडियो सार्वजनिक भएको थियो ।





