विश्वभर आप्रवासनमा भई रहेको कडाईसंगै क्यानडाले पनि एकपछि अर्को गर्दै निकै कडाई गर्दै आएको छ । अबैध आप्रवासनमा रहेका विदेशी निकाल्ने क्रममा क्यानडाबाट सबै भन्दा बढी भारतीय नागरिकहरु परेका छन । गत वर्ष, १ हजार ९९७ भारतीयहरूलाई क्यानाडाका निष्कासन गरेका थिए। ३ हजार ६८३ जना मेक्सिकन नागरिक पनि निकालिएका थिए। यसैगरी, ९८१ कोलम्बियाली नागरिक निष्कासनमा परेको थिए।

क्यानेडियन बोर्डर सर्भिस एजेन्सी सीबीएसएको पछिल्लो तथ्याङ्क अनुसार, सन् २०२५ को जुलाई २८ सम्म निष्कासित भारतीय नागरिकहरूको सङ्ख्या पहिले १ हजार ८९१ पुगिसकेको बताइएको छ । विगतका वर्षहरूमा भारतीयहरूको निष्कासन दर ह्वात्तै बढेको छ। सन् २०१९ मा यो सङ्ख्या केवल ६२५ थियो ।
सम्भावित निष्कासनको सूचीमा भारतीयहरू सबैभन्दा अगाडि छन्। अधिकारीहरुका अनुसार ६ हजार ८३७ जना भारतीय निष्कासन हुने क्रममा छन्।
त्यसपछि ५ हजार १७० मेक्सिकन र १ हजार ७३४ अमेरिकाका नागरिकहरू छन्। कुल ३० हजार ७३३ विचाराधीन निष्कासन सूचीमध्ये २७ हजार १०३ शरणार्थी दाबीकर्ताहरू थिए। शरण खोज्नेमा पनि भारतीयहरू सबैभन्दा बढी छन्। क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले बिहीबार टोरन्टोमा बोल्दै सरकारले विदेशी अपराधीहरूलाई देश निकाला गर्ने कुरामा ध्यान केन्द्रित गर्ने संकेत गरेका थिए।
क्यानाडा सीमा सेवा एजेन्सी क्यानाडाली नागरिकहरूको सुरक्षा र सुरक्षाको सुनिश्चितता गर्दै क्यानाडाको सीमाबाट वैध व्यापार र यात्रालाई सहज बनाउन जिम्मेवार निकाय हो। यस अन्तर्गत अवैध हतियारहरूको क्यानाडा प्रवेश रोक्दै समुदायहरूको सुरक्षाका साथै अबैध आप्रवासन पनि नियन्त्रण गर्दै आएको छ ।





